सुन्दरबजार(लमजुङ)– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान जिल्ला शाखा लमजुङ÷रुपाकोटद्वारा एकै मञ्चबाट दुई दर्जन बढीलाई सम्मान गरेको छ । प्रतिष्ठानले आफ्नो नवौं जिल्ला भेला तथा सातौं वनभोज कार्यक्रम ९७ वर्षीय वयोबृद्ध देवीप्रसाद अधिकारीको प्रमुख अतिथ्यतामा उक्त सम्मान जेठ १२ गते गरेको हो ।
भानु– ११ को रुपाकोट स्थित अधिकारी टोलको कुलदेवता मन्दिर परिसरमा सञ्चालन भएको सो कार्यक्रमको विशेष अतिथिमा प्रतिष्ठानका केन्द्रीय सदस्य नवराज पहाडी, केन्द्रीय सल्लाहकार दामोदर अधिकारी, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी लगायत हुनुहुन्थ्यो ।
सो अवसरमा गायक द्वय ठाडोभाका अग्रज गायक सुकदेव अधिकारी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्ष एवम् पत्रकार महासंघका उपाध्यक्ष अनुज अधिकारी, युनिभर्सल एकेडेमीका प्रिन्सिपल विमल अधिकारी, ८४ वर्ष उमेर पार गर्नु भएका जेष्ठ नागरिकहरू सावित्रा अधिकारी, डम्बरबहादुर अधिकारी लगायत छ जना हुनुभएको प्रतिष्ठानका जिल्ला सचिव गोविन्दप्रसाद अधिकारीले बताउनु भएको छ ।
उहाँका अनुसार गत वर्षको एसईई परीक्षामा अधिकारी परिवारमा उत्कृष्ठ अंक ल्याउने छात्र किस्मत अधिकारी र छात्रा रिबिका अधिकारी, प्रतिष्ठानको अक्षयकोष दाताहरूमा छात्रबृत्ती कोषमा एक लाख रुपैयाँ प्रदान गर्ने सिर्जनात्मक साकोस (भोटेओडार)का अध्यक्ष रामजी कँडेल, २५ हजार ५ रुपैयाँ प्रदान गर्नु हुने रेडियो भोटेओडारका अध्यक्ष हरिप्रसाद अधिकारी, २० हजार १०५ रुपैयाँ प्रदान गर्नु हुने प्रतिष्ठानका अध्यक्ष तुलसीविकास अधिकारी, १० हजार २५५ रुपैयाँ प्रदान गर्नु हुने सुजनबाबु अधिकारी, १० हजार २४५ रुपैयाँका दरले प्रदान गर्नु हुनेद्वय प्रमोद अधिकारी र सुभासचन्द्र अधिकारी लगायत १९ जना हुनुहुन्थ्यो । प्रतिष्ठानले स्थापना गरेको अक्षयकोषमा कम्तिमा १० हजार रुपैयाँ प्रदान गर्नु हुने वन्धुबान्धवालाई सम्मान गर्ने नीति तय गरी निर्णय गरेको उहाँको भनाइ छ ।
प्रतिष्ठानका जिल्ला अध्यक्ष तुलसीविकास अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सिर्जना अधिकारीले स्वागत तथा सल्लाहकार कृष्णमुरारी अधिकारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने जिल्ला सचिव गोविन्दप्रसाद अधिकारी र जिल्ला सदस्य कमल अधिकारीले सञ्चालन गर्नु भएको थियो । प्रस्तुत छ उक्त कार्यक्रमको फोटो फिचर :

प्रकाशित मिति २०८१ जेष्ठ १२, शनिबार २१:४६ गते