अक्षरयात्राको २११ औँ शृङ्खला

अक्षरयात्राको २११ औँ शृङ्खला

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ जेठ १९ गते शनिवार ०४:५३

पोखरा, जेठ १९ गते । पोखराबाट सञ्चालित पर्यटन साहित्यिक अभियान अक्षरयात्राको २११ औँ शृङ्खला शनिवार पोखराको शान्तिवन क्षेत्रमा सम्पन्न भएको छ । गजल सन्ध्या, पोखरा र नवनीत साहित्य सागरले हरेक महिनाको तेस्रो शनिवार सञ्चालन गर्दै...

पोखरा, जेठ १९ गते । पोखराबाट सञ्चालित पर्यटन साहित्यिक अभियान अक्षरयात्राको २११ औँ शृङ्खला शनिवार पोखराको शान्तिवन क्षेत्रमा सम्पन्न भएको छ ।

गजल सन्ध्या, पोखरा र नवनीत साहित्य सागरले हरेक महिनाको तेस्रो शनिवार सञ्चालन गर्दै आएको अक्षरयात्रामा कवि, लेखकले कुनै स्थानमा पुगेर तत्स्थानीय रचना प्रस्ततु गर्ने गर्दछन् । गजल सन्ध्याका उपाध्यक्ष कपिल शर्माको अध्यक्षतामा सम्पन्न भएको २११ औँ शृङ्खलामा सन्ध्याका पूर्व अध्यक्ष रुपिन्द्र प्रभावी, मुक्तक मञ्चका केन्द्रीय अध्यक्ष रामजीप्रसाद आचार्य, विष्णु सुवेदी, करणकपुर खनाल, नितिन कुँवर, माधव खतिवडालगायतले रचना वाचन गरेका थिए ।

साहित्यकारहरूले समाज, राजनीति र जीवनसँग सम्बन्धित रचना प्रस्तुत गरेका थिए । उनीहरूले अक्षरयात्राले नयाँ पुस्तालाई पुराना पुस्तासँग नजिक हुने र साहित्यिक सङ्गतले गर्ने अवसर प्रदान गर्ने भएकाले यसले निरन्तरता पाउनुपर्नेमा जोड दिए । सन्ध्याका उपाध्यक्ष कपिल शर्माले अक्षरयात्रालाई थप व्यवस्थित बनाउनका लागि गजल सन्ध्याको वर्तमान कार्यसमितिमा विशेष छलफल गरिने जानकारी दिए ।

प्रकाशित मिति २०८१ जेष्ठ १९, शनिबार १६:५३ गते
हजुरको प्रतिक्रिया