घलेगाउँ अब अपाङ्ग मैत्री ग्रामीण पर्यटकीय गाउँँ बन्ने

घलेगाउँ अब अपाङ्ग मैत्री ग्रामीण पर्यटकीय गाउँँ बन्ने

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ जेठ २१ गते सोमबार ०७:०९

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोगमा गरिएको उक्त प्रशिक्षण गरिएको हो ।

गण्डकीको सात जिल्लाका शारीरिक अपाङ्गताका अभियन्ताहरू सहितको जमघट

घलेगाउँ(लमजुङ)– लमजुङको ग्रामीण पर्यटनका लागि अग्रणी रहेको सुखी गाउँ घलेगाउँ अपाङ्ग मैत्री बन्ने भएको छ । शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि यहाँ आयोजित तीन दिने तालिमको समापन मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि समेत रहनु भएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिको संस्थापक अध्यक्ष एवम् क्ब्होलासोथार गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रमे घलेले त्यस्तो बताउनु भएको हो ।
घलेले आफ्नो प्रमुखआतिथ्य मन्तव्यमा नेताहरूले भाषणमात्र गर्न जानेका छन् काम गर्दैनन् भन्दै उहाँले निरन्तर रुपमा नेताहरू तथा राजनीतिक दललाई घच्घच्याएर खबरदारी गरिरहनु पर्ने बताउनु भयो । उहाँले एक साता अघिमात्र पनि यहाँहरूले यो कार्यक्रमका बारेमा जानकारी दिएको भए केही संरचना अपाङ्ग मैत्री भइसकेको हुन्थ्यो, अबका दिनमा यो ग्रामीण पर्यटनको हबको रुपमा रहेको घलेगाउँलाई हामी क्रमशः अपाङ्ग मैत्री गाउँ बनाउने छौं भन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोगमा गरिएको उक्त प्रशिक्षणमा गण्डकी प्रदेशको सात जिल्लाका शारीरिक अपाङ्गता भएका व्यक्तिहरू सहभागीहरू भेला भएका थिए । सो कार्यक्रमको समन्वय शारीरिक अपाङ्ग महासंघ गण्डकी प्रदेश र अपाङ्ग संरक्षण समाज लमजुङले गरेको शारीरिक अपाङ्ग महासंघ गण्डकी प्रदेशका महासचिव चन्द्रकान्त पौडेलले बताउनु भयो । उहाँका अनुसार सो तालिमको आयोजना स्वावलम्बन जीवन पद्दति केन्द्र कास्कीले गरेको थियो ।
सो अवसरमा प्रशिक्षकहरूले अपाङ्गताका मुद्दाहरू र तिनको अवस्था, अपाङ्गताका प्रकार र वर्गीकरण, विषयवस्तुको प्रस्तुतिकरण, प्रस्तावना निर्माण आदिका बारेमा प्रकाश पार्ने काम गर्नु भएको थियो ।
शारीरिक अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष जगन्नाथ सुवेदीको अध्यक्षतामा भएको थियो ।
सो प्रशिक्षणमा कास्की, मनाङ, गोरखा, नवलपुर, स्याङ्जा र लमजुङका शारीरिक अपाङ्गता भएका व्यक्तिहरूले भाग लिएका थिए ।
त्यस्तै, प्रशिक्षकहरूमा अपाङ्गता निर्देशन समिति गण्डकी प्रदेशका विज्ञ सदस्य युवराज पराजुली, शारीरिक अपाङ्ग महासंघ गण्डकी प्रदेशका महासचिव चन्द्रकान्त पौडेल, आयोजक संस्थाका अध्यक्ष हेम गुरुङ तथा मेघेन्द्र पोखरेल आदि हुनुहुन्थ्यो । पोखरेलले दिगो विकासको लक्ष्य र अपाङ्गताका सवाल विषयमा प्रकाश पार्नु भएको सयोजनकर्ता पैडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०८१ जेष्ठ २१, सोमबार १९:०९ गते
हजुरको प्रतिक्रिया