नयाँदिल्ली– भारतमा लोक सभा निर्वाचनको मतगणना आज जेठ २२ गते विहानदेखि सुरु भएकोमा जारी रहेको छ । चुनावको मतगणना बिहान सवा ८ बजेदेखि सुरू भएको हो । हालसम्म आधाभन्दा बढी तीन सय बढी सिटको परिणाम घोषणा भइसकेको छ । कुल ५४३ मध्ये सुरतको एक सिटमा भाजपा उम्मेदवार मतगणनाअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।्
सो अनुसार भाजपा नेतृत्वको एनडिएले अग्रता लिइरहेको छ । घोषित दुई ३२८ क्षेत्रको मत परिणाम अनुसार अहिलेसम्म घोषित परिणाम अनुसार भाजपा नेतृत्वको एनडिए गठबन्धनले १८४ सिट जितेको छ । त्यस्तै कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनले १३१ सिट जितेको छ । १३ सिटमा अन्य दलका उम्मेदवार निर्वाचित भएका छन् ।
मतगणना जारी रहेकोमध्ये १११ सिटमा एनडिए र १०० सिटमा इन्डिया गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । ४ सिटमा अन्य दलका उम्मेदवार अगाडि छन् ।
सन् २०१९ मा ३५२ सिट एनडिए गठबन्धनले जितेको थियो । त्यतिबेला कंग्रेस नेतृत्वको गठबन्धनले ९४ र अन्य विभिन्न दलले ९७ सिट जितेको थियो ।
लोकसभामा कुल ५४३ सिट छ । सरकार बनाउनका लागि २७२ सांसदको आवश्यकता हुन्छ ।
यी हुन् प्रमुख १० दल :
सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ७३ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले हालसम्म ३३ सिटमा विजय प्राप्त गरेको छ । तेस्रोमा समाजवादी पार्टीले ३५ सिटमा अग्रता लिएको छ । यस्तै, चौथोमा तृणमूल कांग्रेस ३० सिटमा अगाडि छ । पाचौँमा द्रविड मुनेत्र कझगमले २१ टिमा अग्रता लिइरहँदा छैंटौँमा तेलुगु देशमको १६ सिटमा अग्रता छ ।
सातौँमा जनता दल १४, आठौँमा शिव सेना (उद्धव बालासाहेब ठाकरे) १० सिट, नवौँमा राष्ट्रवादी कांग्रेस पार्टी ७ सिट र दशौंमा शिव सेनाले ६ सिटमा अग्रता लिएको छ ।
प्रकाशित मिति २०८१ जेष्ठ २२, मंगलवार २१:५५ गते