काठमाडौ- लमजुङको पहिचानको रुपमा रहेको ठाडाेभाकाले अवार्ड पाउन सफल भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालकाे प्रमुख आतिथ्यतामा भएकाे साे कार्यक्रम सारेगम म्युजिकले जेठ २३ गते आयाेजना गरेकाे हाे । अवार्ड वितरण गर्दै प्रमुख अतिथि दाहालले माैलिक लाेकसंस्कृतिकाे संरक्षणमा आमनागरिक लाग्नु पर्छ भन्नुभयो । उहाँले गीत संगीतले देशलाई विश्वमा चिनाएकाे बताउनु भयो । उहाँले हरेक विधाका कलाले विभिन्न भाषाभाषीलाई एक सुत्रमा बाधेकाे बताउनु भयो । उहाँले सारेगम भन्ने शब्दनै संगीतकाे मुख्य खुड्किलाे मानिदै आएको छ।
प्रमुख अतिथि दाहालले संस्कृतिले कुनै जातिलाई विभेद गर्दैन र एकापसमा जाेडेकाे बताउनु भयो । राष्ट्रिय नाचघरमा सञ्चालन भएको साे कार्यक्रममा ठाडाेभाकालाई प्रदान गरिएको अवार्ड ठाडाेभाका लाेककला प्रतिष्ठान नेपालका उपाध्यक्ष एवम् ठाडाेभाकाकी बहुचर्चित गायिका सीतादेवी दुराले ग्रहण गर्नुभएको थियोे । साेही समारोहमा ठाडाेभाका सहित अन्य २९ विधामा अवार्ड वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष तृप्ती खड्का गुरुङले बताउनुभयो । उहाँले आउदो वर्ष पनि याे कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो । साे समारोहकाे अध्यक्ष खड्काले याे पहिलो संस्करण भएको जानकारी दिनुभयाे । सो अवसरमा पत्रकारिता सम्मानबाट साैर्यकर्मी तथा राष्ट्रिय लाेक सञ्चारकर्मी नेपालका केन्द्रीय सदस्य बाबुराम सिग्देल र दशक साधना डायस्पाेरा सम्मानबाट हरि उप्रेतीलाई सम्मान गरिएको थियाे । अन्य सम्मानित हुनेहरुमा मिमा छिरिङ शेर्पा, चेतन सापकोटा, सुरेश अधिकारी, नायक सविन श्रेष्ठ, पूर्ण रावल लगायत हुनुहुन्थ्यो । साे अवसरमा विभिन्न पत्रकारहरुलाई कदरपत्र प्रदान गरिएकाे थियोे ।
प्रकाशित मिति २०८१ जेष्ठ २६, शनिबार १९:५५ गते