गाेविन्दबस्ती, माडी(चितवन)- ठाडोभाका लाेककला प्रतिष्ठान नेपालका संरक्षक एवम् ठाडाेभाका महानायक बुद्धिमान दुरा धम्पुले ठाडाेभाकाका नाउँमा कसैले जे फलाके पनि त्याे ठाडाेभाका हुदैन, माेैलिकपक्षमा विशेष ध्यान दिन जरुरी छ । हाम्रा पूर्वज देउबहादुर दुराले सिर्जना गरेको र भेडीखर्के साइलाबाट पिछल्ला वर्षमा जनजीवनमा फैलाएको भाका नै माैलिक हाे, हामी प्रतिष्ठान खाेलेर त्यही भाका बचाउने अभियानमा छाैं, त्यसैले यसकाे मर्म बुझ्रमात्र टिकाटिप्पणी गर्नु पर्छ उहाँले भन्नुभयाे ।

उहाँले ठाडाेभाका गीत परिवारका सबै सदस्य एक ठाउँमा सबेर हेर्न, सुन्न सकिने भएको हुदा पनि लाेकप्रिय हुँदै आएको छ भन्नुभयो । उहाँले ठाडाेभाकाकाे उपाधि पाएकाे दिनमा आफूले जन्म दिने बाबू- आमा सम्झेकाे र उहाहरुकाे सम्झनामा प्रतिष्ठानले नै सञ्चालन गर्ने गरि पुरस्कार अक्षयकोष सहित स्थापना गरेको जानकारी दिनुभयो । महानायककाे उपाधिले आफूलाई बढी जिम्मेवार बनाएकाे छ भन्ने ठानेको छु उहाँले सनाउनु भयाे । उहाँले त्याे सम्मान नपाउदा स्वतन्त्र थिए, अब छैन भन्नुभयो । प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले प्रशिक्षणले भाेक जगाउने काम गरेको छ, तीन दिनमा त के हुन्छ र ?

तर पनि गाेरेटाे काेर्ने काम भएको छ, यस्लाई राजमार्ग बनाउने कि डाेबनै मेट्ने सहभागीहरुले अबका दिनमा चाल्ने कदममा निर्भर गर्दछ भन्नु भयो । प्रतिष्ठानले सुदुर भविष्य हेरेर दीगो ढंगबाट कामहरू अघि बढाएको छ, तथापि प्रतिष्ठान गैरनाफामूलक संस्था भएको र काम गर्न पैसाको खाचाे पर्छ नै त्यसैले सहयाेगी मनहरु खाेज्दै कार्यक्रम अघि बढाइरहेको छ भन्ने जानकारी दिनुभयो । ठाडोभाका नयाँ पुस्तामा हस्तान्तरण गर्न याेजनाबध्द रुपमा अघि वढेकाे उहाँले उल्लेख गर्नु भयाे । सहभागी सबैलाई तपाईंको भविष्य छ, क्रियाशील भएर अघि बढ्नु हाेस् भन्ने उदाहरण सहित प्रष्ट्याउनु भएको थियोे । यसैगरी, दुरा सेवा समाज चितवनका अध्यक्ष श्याम दुराले केही उपलब्धि पक्कै भएको छ, आउदा दिनमा गरिने यस्ता कार्यक्रम पर्याप्त साेचबिचार गरि फुर्सदको समय मिलाएर गरिने जानकारी दिनुभयो ।

प्रशिक्षक सावित्री शाहीले ठाडोभागा गाउनलाई लय समात्न सक्नु पर्छ लय रूमाल हो रूमाल भउ पछि जस्तो पनि बुट्टा भर्न सकिन्छ त्यस्तै ठाडोभाकाको लय समाते पछि आफ्ना शब्दहरूमा यो भाका गाउन सकिन्छ भन्नुभयो । आयोजक दुरा सेवा समाजका अध्यक्ष कुलबहादुर दुराकाे अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरु हरिमाया दुरा, टीका दुरा, टेकबहादुर दुराले तालिम फलदायी रहेको बताउनुभयो । आयाेजक दुरा सेवा समाज माडी इकाईका अध्यक्ष कुलबहादुर दुराकाे अध्यक्षतामा भएको समापन कार्यक्रमकाे सञ्चालन अस्मिता दुराले गर्नु भएको थियोे ।