पोखरा– गण्डकी प्रदेशमा दीपक मनाङे सदाबहादर मन्त्री बन्ने भएका छन् । यसअघि पनि जुन दलको नेतृत्व हुँदा पनि मन्त्री बनेका उनी यसपकट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज जेठ २८ गते विस्तार गर्नु हुने मन्त्रीपरिषद्मा पनि फेरि बन्ने तयारीमा जटेको बताइन्छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिजो प्रदेश सभाबाट विश्वासको मत लिएसँगै पाण्डेले पहिलो चरणमा दीपक मनाङेलाई मन्त्री बनाउने हुनु भएको छ । यसअघि एमाले नेता खगराज अधिकारीलाई समर्थन गर्दै सरकारमा गएका दीपक मनाङले पनि सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।
प्रदेश सभाको अघिल्लो कार्यकालमा पनि दीपक मनाङेले यस्तै चरित्र देखाएका थिए । मनाङेले मन्त्री बनेर हिजोको आफ्नो धुमिल छविलाई उजिल्याउन चाहेको कतिपयको भनाइ छ । त्यस्तो पनि सम्भव हुन्छ होला र ? तर यो दृश्यलाई भने लोकतन्त्रको विकृत रुपको उपमा लिने गरिदै आएको छ । पछिल्लो घट्नाले त्यसलाई पुष्टि गर्ने थप आधार मिलेको छ ।
नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेर मत दिएपछि पाण्डेलाई विश्वासको मत प्राप्त भएको हो । माओवादी केन्द्रको चिह्नबाट चुनाव जित्नु भएर देवकोटा सांसद हुनु भएको हो । उहाँलाई पनि सरकारमा ल्याउने मुख्यमन्त्रीको पाण्डको तयारी छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिदै हुनुहुन्छ । उहाँहरूलाई आज २८ गते शपथ गराउने तयारी गरिएको छ ।
पार्टी ह्विप विरुद्ध फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई मत दिनु भएका उहाँको सांसद पदका बारेमा माओवादीमा प्रश्न उठेको छ र सायद माओवादीले देवकोटालाई कारवाहीको सिफारिस गर्ने छ । त्यसपछि त्यो मुद्दा बनेर फेरि सर्वोच्च पुग्ने छ । देवकोटाको पद रहने वा नरहने अब न्यायालयको हातमा पुगेको जानकारहरू बताउँछन् ।
यसअघि तटस्थ बसेको राप्रपाले समेत पाण्डेलाई विश्वासको मत दिएको छ । मुख्यमन्त्री पाण्डेले राप्रपाबाट पञ्चराम तमुलाई मन्त्री बनाउन प्रस्ताव गर्नु भएको छ । तर राप्रपाले तत्काल सरकारमा जाने विषयमा निर्णय गरी नसकेको बताएको छ ।
प्रकाशित मिति २०८१ जेष्ठ २९, मंगलवार ०७:५८ गते