सबैलाई जोगाउँदा देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुग्यो : उपप्रधान तथा गृहमन्त्री रवि

सबैलाई जोगाउँदा देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुग्यो : उपप्रधान तथा गृहमन्त्री रवि

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ जेठ ३० गते बुधबार ०७:२४

लामो राजनीतिक आन्दोलनमा सक्रिय भएका नेताहरुले प्रतिवद्धता भुलेका कारण आफूहरू राजनीतिमा आएको स्मरण गर्दै रविले भन्नुभयो, ‘हिजो लड्न घरबाट निस्कदा कुन प्रतिवद्धता थियो, के गर्छु भनेर निस्किएको घरबाट ? त्यो प्रतिवद्धता भुलेपछि कुन व्यवस्था ल्याउनुहुन्छ, जुन ल्याए पनि केही हुन्न । त्यो प्रतिवद्धता सम्झिएर अगाडि बढ्यो भने धेरै गर्न सकिन्छ ।’

रास्वपाका मन्त्रीहरूले राम्रो गरेको थाहा पाउन बाँकी छ तर नराम्रो गरेका छैनन्, मधेसमा जनमत, संघमा रास्वपा सरकारमा छ ।

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सबैलाई जोगाउँदा देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको ठोकुवा गर्नु भएको छ । उहाँले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले स्थापना दिवसका अवसरमा काठमाडौंको प्रज्ञा भवनमा जनताले विश्वास गरेर जनमत, रास्वपा, हर्क साम्पाङ, बालेन शाह र गोपाल हमाललाई भोट दिएको समेत जेठ ३० गते बताउनु भयो ।
केही पनि भएको छैन भन्नेहरूका लागि एउटा सन्देश भन्दै मधेसमा जनमत पार्टीको र संघमा रास्वपा सरकारमा रहेको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहनु भएका रविले भन्नुभयो, ‘सिके राउत जसले मधेसमा नयाँ आवाज उठाउनु भएको उल्लेख गर्नु भयो । कति मानिसले सिके राउतका राजनीतिक आस्था र विश्वासका कारण र उहाँको घोषणा पत्र पढेर भोट गरे मलाई थाहा छैन, तर यो मानिसलाई हेर्दा विश्वास गर्न सकिन्छ है, यो मानिस प्रतिबद्ध छ भनेर विश्वास गरेर मधेसमा उहाँलाई भोट दिएका हुन् ।’ केही पनि भएन भन्नेहरूका लागि सानो सन्देश मात्र बताउन चाहन्छु भन्दै भन्नुभयो, ‘हेर्नुस् त मधेसमा आज जनमतको सरकार भएको छ, आजभन्दा केही वर्ष अगाडि सोच्न सकिन्थ्यो ? विद्रोह त त्यही हो नि !, यो रातो छैन होला तर विद्रोह त भयो । मधेसमा जनमतको सरकार छ, केन्द्रमा हामी अस्ति भर्खर खोलेको रास्वपा सरकारमा सहभागी छ । स्थानीय तहमा हर्क, बालेन र गोपीहरू छन्, बजेन र घन्टी, हर्न बज्यो नि !’
तर यसलाई प्रतिशोध र प्रतिस्पर्धाका रूपमा नहेर्न उहाँको आग्रह थियो । उहाँले भन्नुभयो, ‘रास्वपाका मन्त्रीहरूले तीन महिना सरकारमा बसेर हामीले के राम्रो ग¥यौं मलाई थाहा छैन, तर रास्वपाका मन्त्रीहरूले एउटा पनि नराम्रो काम गरेका छैनन् ।’ उहाँले जोड दिदै भन्नु भयो, हामीहरूलाई नबिग्रिऊन् भनेर खबरदारी गर्नुहोस् ।’
अर्को एक प्रसङ्गमा उहाँले मिलेर वा मोर्चा बनाएर जाने कुरामा आफूलाई आफ्नै अनुभवले त्यतिधेरै विश्वास नलाग्ने उल्लेख गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रविले पार्टी स्थापनाकालीन स्थितिको स्मरण गर्दै मूर्धन्य मानिसहरूसँग मिल्ने चक्करमा तीन महिना नहिँडेको भए थप २० सिट पनि जित्ने थियौं भन्ने दावी रविले गर्नु भयो । उहाँले भट्टराईप्रति लक्षित गर्दै भन्नुभयो, ‘यो मिल्ने भन्ने मेरो अनुभव मीठो छैन ।’
अर्को एक प्रसङ्गमा उहाँले प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने स्थल बनेको उल्लेख गर्नुभयो । उहाँले व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई अँगाल्न नसकेको जिकिर गर्दै उहाँले तेस्रो तहका नेताहरुलाई राख्ने ठाउँ प्रदेश बनेको छ यीे प्रदेशले संविधान र संघीयतालाई बोक्न सक्दैनन् भन्नुभयो । व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई अंगाल्न नसकेको तर्क गर्दै प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने ठाउँ बनेको भन्दै हालको प्रदेशले संविधान र संघीयतालाई बोक्न नसकेको उल्लेख गर्नु भयो । प्रदेश संरचना पार्किङ लटजस्तो भएको उहाँको दावी थियो । ‘प्रदेश जुन ढंगको बनेको छ, के संविधानले परिकल्पना गरेको प्रदेश अहिले जे देखिएको छ त्यही हो ? के त्यसले संविधानले परिकल्पना गरेको, व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई बोकेको छ कि बदनाम गराउने काम गरेको छ ?’ उहाँका जिकिर थियो ।
लामो राजनीतिक आन्दोलनमा सक्रिय भएका नेताहरुले प्रतिवद्धता भुलेका कारण आफूहरू राजनीतिमा आएको स्मरण गर्दै रविले भन्नुभयो, ‘हिजो लड्न घरबाट निस्कदा कुन प्रतिवद्धता थियो, के गर्छु भनेर निस्किएको घरबाट ? त्यो प्रतिवद्धता भुलेपछि कुन व्यवस्था ल्याउनुहुन्छ, जुन ल्याए पनि केही हुन्न । त्यो प्रतिवद्धता सम्झिएर अगाडि बढ्यो भने धेरै गर्न सकिन्छ ।’
रास्वपाले २०७९ को मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा प्रत्यक्ष र समानुपातिक गरी २० सिट र २०८० वैशाखमा भएको उपनिर्वाचनमा एक सिट गरी कुल २१ सिट जितेको थियो। समानुपातिकमा १४ र प्रत्यक्षमा ७ सिट रास्वपाले जितेको थियो ।

प्रकाशित मिति २०८१ जेष्ठ ३०, बुधबार १९:२४ गते
हजुरको प्रतिक्रिया