स्वरोजगारका लागि ब्युटिसियन सीप सिक्दै महिलाहरू

स्वरोजगारका लागि ब्युटिसियन सीप सिक्दै महिलाहरू

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार ६ गते बुधबार ०८:२२

थोरै लगानीमा पनि राम्रो आम्दानी गर्न सकिने बिरलै पाइने पेशा मध्येको यो एक हो । यो पेशा जानेपछि बाहिर घाम पानीमा डढ्न, भिज्न पनि पर्दैन । पसिना काडेर, भारी बोकेर हिड्नु पनि पर्दैन एक प्रकारले यो सौखिन पेशा पनि हो व्युटिसियन प्रशिक्षकले अनुभव सुनाउनु भयो ।

ब्युटिसियनको बेसिक तालिमका लागि पनि निजी खर्चले सिक्दा ४० हजार रुपैयाँ खर्च लाग्छ ।

बेसीशहर– स्वरोजगार प्रवर्द्धनका लागि महिलाहरू सीप अर्थात ब्युटीपार्लरको काम सिक्न व्यस्त भएका छन् । उनीहरू न्यू लुक्स ब्यूटीपार्लरमा सञ्चालन भएको तीन महिने आधारभूत ब्यूटिसियन तालिमको अन्तिम चरणको कक्षामा असार ४ गते व्यस्त थिए ।
न्यू लुक्स ब्यूटीपार्लरकी प्रोपाइटर विसु श्रेष्ठको प्रशिक्षणमा १८ जना विवाहित तथा अविवाहित महिलाहरूले सो सीप सिकिरहेका छन् । उनीहरू अधिकांशले भोलि आफूले पनि व्यवसायिक रुपमा ब्युटिसियनको यो पेशा अपनाउने बताएका छन् । तालिममा हेयर कटिङ, थ्रेडिङ, ड्रिपिङ लगायतका तौरतरिका सिकेको सहभागी रविना राई भण्डारीले बताउनु भयो । उहाँले लमजुङ आएदेखि नै दिगो पेशाको खोजीमा रहेको चार वर्ष भयो, अब काम पाउने भएँ भन्ने लागेको बताउनु भयो ।
रञ्जिता परियारले पहिलो पटक यो तालिम लिएको हुँ सुरुका दिनमा त के कस्तो होला ? जस्तो लागेको थियो, ऐले त सिक्न आएर राम्रो गरेछु भन्ने लागेको छ भन्नुभयो । त्यस्तै, अर्की सहभागी दीपा गुरुङले ब्युटी पार्लर सञ्चालन गरेर आत्म निर्भर बन्ने इच्छाले तालिम लिन आएको बताउनु भयो ।
हामीलाई थप तालिम एडभान्स(डिप्लोमा)को आवश्यक छ । त्यो भएपछि मात्र आफै व्यवसाय सञ्चालन गर्न सकिने हुन्छ पुरानकोटकी सुमिना गुरुङले बताउनु भयो । उहाँका अनुसार विभिन्न १० वटा कोर्सहरू तालिमको यो अवधिमा सिकेका छौं ।

भानु स्टेशनरीकी सञ्चालिका रिता गुरुङलाई अब स्टशनरी चलायनु हुन्छ कि व्युटिपार्लर ? भन्दै सोधिएकोमा श्रीमान्ले स्टेशरनी म ब्युटिपार्लर भन्नु भयो । यसैगरी, नेपालमा रोजगारीको समस्या छ, यति सीप भएपछि त विदेशमा गएर पनि जागिर खान सकिने सेराकी ललिता गुरुङले बताउनु भयो ।
सहभागीहरूले निकै चासो र उत्साहका साथ सिकिरहेको प्रशिक्षक बिसुले बताउनु भयो । उहाँका अनुसार कसरी सिक्न सकिन्छ भन्ने चाहना सहभागीमा रहेको छ । उहाँले भन्नुभयो, ‘यो पेशामा प्रति दिन आकर्षण बढी रहेको छ । किनकि, आफू पनि राम्रो हुने र अरुलाई पनि राम्रो बनाउन पाइन्छ ।’ उहाँले थप जानकारी दिदै भन्नुभयो, ‘ब्युटिसियनको बेसिक तालिमका लागि पनि निजी खर्चले सिक्दा ४० हजार रुपैयाँ खर्च लाग्छ ।’
थोरै लगानीमा पनि राम्रो आम्दानी गर्न सकिने बिरलै पाइने पेशा मध्येको यो एक हो । यो पेशा जानेपछि बाहिर घाम पानीमा डढ्न, भिज्न पनि पर्दैन । पसिना काडेर, भारी बोकेर हिड्नु पनि पर्दैन एक प्रकारले यो सौखिन पेशा पनि हो प्रशिक्षक विसु श्रेष्ठले अनुभव सुनाउँदै बताउनु भयो ।

प्रकाशित मिति २०८१ असार ५, बुधबार ०८:२२ गते
हजुरको प्रतिक्रिया