बेसीशहर खानेपानी उपभोक्ता समितिको निर्वाचन : स्वतन्त्र समूहको घरदैलोले ल्याएको नयाँ रौनकको फोटो फिचर :

बेसीशहर खानेपानी उपभोक्ता समितिको निर्वाचन : स्वतन्त्र समूहको घरदैलोले ल्याएको नयाँ रौनकको फोटो फिचर :

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार ७ गते बिहिबार १०:४२

धेरै वर्षदेखि एउटै चरित्र अर्थात ‘तँ पनि काले म पनि काले काले काले मिलेर खाउँ भाले’को सीप, शैली र व्यवहार गरिआएका दललाई मत दिँदादिँदा वाक्क भएका मतदाताहरूले ‘हामीलाई गल्ती गर्ने छुट छैन, गल्ती गर्दैनौं, सबै पारदर्शी गरी सुशासन स्थापित गर्छौं’ भन्ने उदघोष गर्दै आएको रास्वपाको समर्थनमा एकलौटी रुपमा उठेका उम्मेदवारलाई मत दिनुको स्वाद निकै मीठो हुने मतदाताले बताएका छन् ।

स्वतन्त्र समूहको चुनाव प्रचार शैलीले मतदातामा समेत नयाँ उत्साह जागृत भएको छ, ओभर सियर विष्णु अध्यक्ष उम्मेदवार ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम स्तित बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा नयाँ रौनकका दृश्यहरू देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) समर्थक स्वतन्त्र समूहको घरदैलोले खानेपानी समितिमो सुशासन सहितको शुद्धता र भरपर्दो सेवा गर्ने प्रतिवद्धताले नयाँ एवम् उत्साहजनक रौनक असार ६ गते ल्याएको हो ।
स्वतन्त्र समूहको चुनाव प्रचार शैलीले मतदातामा समेत नयाँ उत्साह जागृत भएको छ । धेरै वर्षदेखि एउटै चरित्र अर्थात ‘तँ पनि काले म पनि काले काले काले मिलेर खाउँ भाले’को सीप, शैली र व्यवहार गरिआएका दललाई मत दिँदादिँदा वाक्क भएका मतदाताहरूले ‘हामीलाई गल्ती गर्ने छुट छैन, गल्ती गर्दैनौं, सबै पारदर्शी गरी सुशासन स्थापित गर्छौं’ भन्ने उदघोष गर्दै आएको रास्वपाको समर्थनमा एकलौटी रुपमा उठेका उम्मेदवारलाई मत दिनुको स्वाद निकै मीठो हुने मतदाताले बताएका छन् ।
अरु दलले एक्ले उठ्ने हिम्मत नगर्नुले पनि उनीहरूले मिलेर खाने नियत हो भन्ने प्रष्ट भएको आम मतदाताको धारणा रहेको पाइएको छ । आज स्वतन्त्र समूहले विहान सहजीदेखि मनाङे चौतारा हुँदै हाइस्कूल चोकसम्म र दिउँसो भीमसेन स्थान टोल, त्रिवेणी टोल, पुरानो बैंक चोक, बुद्धचोक, विद्याविकास मावि पछाििडको चक्रपथ क्षेत्र, सेरा निस्कने विनायक मार्ग क्षेत्र, सेरा बजार, दनाई फाँट, झ्याङ खोला, ठाडोलाईन, प्रकाशन चोक तथा क्याम्पस रोड लगायतका क्षेत्रमा घरदैलो गरेको हो ।
उक्त घरदैलो कार्यक्रममा उमेदवारका साथमा दिउँसो २ वजेदेखि रास्वपाका जिल्ला संयोवक धर्म केसी, सो दलका लमजुङ– काठमाडौं सम्पर्क समितिका संयोजक एवम् निर्वाचन क्षेत्र समितिका सदस्य भोला शर्मा समेत सहभागी हुनुहुन्थ्यो । त्यसअघि जिल्ला उपसंयोजक अशोक सापकोटा, निर्वाचन क्षेत्र समितिका अर्का सदस्य एवम् बेसीशहर नगरपालिका– ६ का अध्यक्ष प्रकाश थापा, बेसीशहर नगरसमितिका अध्यक्ष कृष्ण राउत, बेसीशहर नगरपालिका– ७ का अध्यक्ष राजकुमार घिमिरे, वडानं– ८ का अध्यक्ष ध्रुव ढकाल, वरिष्ठ पत्रकार नवराज पहाडी लगायत सहभागी हुनु हुन्थ्यो ।
स्वतन्त्र समूहमा ओभरसियर अध्ययन गर्नु भएका युवा समजसेवा विष्णु घिमिरे अध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ भने समाजसेवी एवम् सफल व्यवसायी सविता अधिकार िबराल हुनुहुन्छ । सचिवमा समाजसेवी भावनाका धनी श्याम अर्याल हुनुहुन्छ भने कोषाध्यक्षमा विद्यावारिधि समेत गर्नु भएको सफल व्यवसायी एवम् कलाकारको समेत पहिचान बनाउनु भएकी मीना खड्का हुनुहुन्छ ।

अध्यक्ष उम्मेदवार ओभर सियर विष्णु घिमिरे :
स्वतन्त्र समूहका अध्इक्षका उम्मेदजार विष्णु घिमिरे बेसीशहर नगरपालिका– ७, निवासी निवृत्त शिक्षक अमरबहादुर घिमिरे र रामप्यारी घिमिरेका सुपुत्र हुनुहुन्छ । सिभिल ओभरसियर उहाँले विविएस अध्ययन गर्नु भएको छ । सहयोगी एवम् समाजसेवी भावनाले ओतप्रोत उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको सो वडाको सचिव समेत हुनुहुन्छ । खानेपानीमा सुशासनका साथ शुद्ध खानेपानी सेवालाई २४ घण्टा नियमित गर्ने लगायतको १३ बुँदे प्रतिवद्धता पत्रकार साथ उहाँ र उहाँको प्यानल चुनावी मैदानमा उत्रिएको हो ।
यसैगरी सदस्यहरूमा दीपेश श्रेष्ठ(दिपु), भक्तबहादुर अधिकारी, विष्णु सुयल, भीममाया तामाङ गुरुङ, रत्नकुमारी गुरुङ र केशब दुलाललाई उम्मेदवारका रुपमा अघि सारेको छ । उक्त टोलीद्वारा गरिएको घरदैलो कार्यक्रमको फोटो फिचर :

प्रकाशित मिति २०८१ असार ६, बिहीबार २२:४२ गते
हजुरको प्रतिक्रिया