बेसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सञ्चालक समितिको ११ पदमा ३३जनाको उम्मेदवारी

बेसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सञ्चालक समितिको ११ पदमा ३३जनाको उम्मेदवारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार ८ गते शुक्रबार १०:०४

सो निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी समर्थित स्वतन्त्र समूह, कांग्रेस( राप्रपा गठबन्धनबाट लोकतान्त्रिक समूह र एमाले, माओवादी केन्द्र र नेकपा एसको त्रिपक्षीय गठबन्धन को प्रगतिशील उपभोक्ता समूह गरि प्यानलगत प्रतिस्पर्धामा छन् ।

निर्वाचनको तिक्डम तोड्न सके स्वतन्त्र समूहको जीत निश्चित

लमजुङ । जिल्ला सदरमुकाम स्थित वेसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सञ्चालक समितिको भोलि असार ८ गते हुने निर्वाचनमा आज ३३ अनाको उम्मेदवारी परेको छ । १३ सदस्यीय समितिमा पदाधिकारी ४ जना र सदस्य ७ गरी ११ जनाका बीच चुनाव हुन्छ भने २ सदस्य जित्ने समितिले मानोनित गर्ने समितिको विधानमा व्यवस्था छ । समितिको भोलि हुने निर्वाचनमा अध्यक्ष तीनजना, उपाध्यक्ष ९महिला० ३ जना, सचिव ३ जना र कोषाध्यक्ष ३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक हरि रानाभाटले बताउनु भएको छ । उहाँका अनुसार महिला सदस्यको २ पदमा छ जना, दलित सदस्य १ मा तीन जनाको उम्मेदवारी परेको छ ।
सो निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी समर्थित स्वतन्त्र समूह, कांग्रेस( राप्रपा गठबन्धनबाट लोकतान्त्रिक समूह र एमाले, माओवादी केन्द्र र नेकपा एसको त्रिपक्षीय गठबन्धन को प्रगतिशील उपभोक्ता समूह गरि प्यानलगत प्रतिस्पर्धामा छन् ।
स्वतन्त्र समूहबाट महिला सदस्यमा हिजोसम्म प्रचार गरिए भन्दा भिन्न नाम वर्षमाया दुलाल दर्ता गरिएको सो समूहका अध्यक्ष विष्णु घिमिरेले बताउनु भएको छ ।
तीनै पक्षकाबीच कडाप्रतिस्पर्धा जस्तो देखिए पनि स्वतन्त्र समूहको पक्षमा माहोल अर्थात चुनावी लहर देखिएको छ ।
कांग्रेस / एमालेले निर्वाचनको तिक्डमलाई रोक्न सकेमा स्वतन्त्र समूहले बाजि मार्न सक्ने आङ्कलन गरिएको छ ।
सो निर्वाचनका लागि ३ हजार ३ सय धारा वितरण भएकोमा १ सय ३ सरकारी कार्यालय तथा संस्थाहरु रहेको हुदा ती नाम कटाई ३१९७ मतदाता रहेको बताइएको छ । तीमध्ये पनि करिब २ सयको नाऊमा डबल धारा रहेको हुदा त्यस्ता व्यक्तिले पनि एकपटक मात्र मत दिन पाउने छन् । यसरी हेर्दा मतदाता संख्या करिब ३ हजार रहेको निर्वाचन समितिले बताएको छ ।

 मतदाताको एकिन संख्या भन्न नसक्नु निर्वाचन समितिको कमजोरी ठानिएको छ । भोलि जिससको सभाहलमा बिहान ८ बजे निर्धारित समयमै मतदान थालिने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति २०८१ असार ७, शुक्रबार २२:०४ गते
हजुरको प्रतिक्रिया