नेपाली राष्ट्रियताका हिमायति एवम् कला संस्कृतिका पारखी कर्णेल जेपि क्रसलाई एक सयौं शुभ जन्मोत्सवमा अभिनन्दन

नेपाली राष्ट्रियताका हिमायति एवम् कला संस्कृतिका पारखी कर्णेल जेपि क्रसलाई एक सयौं शुभ जन्मोत्सवमा अभिनन्दन

नवराज पहाडी

@antaranganews

२०८१ असार ९ गते शनिवार १०:२९

यस्ता अतुलनीय व्यक्तित्वलाई अभिभावकका रुपमा पाउनु प्रतिष्ठानको पनि गौरवको विषय रहेको हुँदा अभिनन्दन गरिएको प्रतिष्ठानका अध्यक्ष पहाडीले उल्लेख गर्नुभयो ।

अभिनन्दन समारोहमा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले कर्णेल जेपि क्रसको जीवनीमा आधारित एक छन्द कविताको वाचन गर्नु भएको थियो ।

पोखरा– नेपाली राष्ट्रियताका हिमायति एवम् कला संस्कृतिका पारखी(संरक्षक) कर्णेल जेपि क्रस एक सय वर्षमा प्रवेश गरेको उपलक्ष्यमा एक विशेष कार्यक्रमका बीच अभिनन्दन गरिएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङले अभिनन्दन गरेको हो भने ब्रिटिश सेनाका कर्णेल उनलाई ब्रिटिश वेलफर, हिमाली सांस्कृति परिवार, लमजुङ समाज, दुरा सेवा समाज लगायतका आधा दर्जन बढी संस्थाले उनलाई मायाको चिनोका साथ असार ८ गते सम्मान अर्पण गरेका हुन् ।
नेपाल पैतृक थलो भई नेपाली हुँ भन्नेहरूले धमाधम नेपाली नागरिकता त्यागी विदेशको नागरिक बन्ने होड चलिरहेको बेलामा बेलायती नागरिक र ब्रिटिश सेनाको कर्णेल भएर पनि जिपिले उताको नागरिकता त्याग गरी नेपाली नागरिकता ग्रहण गर्नु आफैमा गर्वको विषय हो ।
कर्णेल जिपिको संरक्षकत्व र प्रेरणा नभएको भए सायद ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आजका दिनमा धम्पुलाई संरक्षकका रुपमा पाउन र संस्थाको आजको गौरवपूर्ण अवस्था पनि हुन सक्दैन्थ्यो, उहाँ हाम्रो पनि अभिभावक भएको हुँदा आजको यो पावन अवसरमा अभिनन्दन गर्नु कर्तव्य ठानेर अभिनन्दन गरिएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘लोक कला संस्कृतिको संरक्षण एवम् प्रवद्र्धनका कार्यमा गर्नु भएको अतुलनीय कार्यको उच्च कदरका गर्दै यहाँलाई कृतज्ञताका लागि अभिनन्दन गर्नु आफ्नो कर्तव्य ठानेका छौं ।’
सो अभिनन्द पत्रमा जेपीले नेपाललाई कर्मभूमिका रुपमा रोजेर यहाँ बस्न थालेपछि २२ कृतिहरू प्रकाशित गरेका छन् भने तीन वटा कृतिहरू प्रेसमा जाने तयारीमा छन् । उहाँले नेपालको स्वास्थ्य, शिक्षा, सचेतनाका साथ कला संस्कृति साहित्यका क्षेत्रमा पनि विशेष योगदान रहिआएको छ ।
यस्ता अतुलनीय व्यक्तित्वलाई अभिभावकका रुपमा पाउनु प्रतिष्ठानको पनि गौरवको विषय रहेको हुँदा अभिनन्दन गरिएको प्रतिष्ठानका अध्यक्ष पहाडीले उल्लेख गर्नुभयो ।
जेजि क्रसलाई दोसल्ला ओढाई अभिनन्दन पत्र हस्तान्तरण गर्नेहरूमा प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी, वरिष्ठ उपाध्यक्ष युवराज घिमिरे, उपाध्यक्ष शोभा थापा, महिला उपाध्यक्ष सीता दुरा, कोषाध्यक्ष सीता गुरुङ, उपमहासचिव आशबहादुर विक लगायतका पदाधिकारी, कार्यकारी सदस्यहरू प्रतिष्ठानका वरिष्ठ आजीवन सदस्य, आजीवन सदस्यहरूले संयुक्त रुपमा खदा लगाएर उनलाई अभिनन्दन गरेको थिए ।
अभिनन्दन समारोहमा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले कर्णेल जेपि क्रसको जीवनीमा आधारित एक छन्द कविताको वाचन गर्नु भएको थियो ।
उक्त अवसरमा प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ र उहाँकी सहधर्मिणी भीमसारा दुरालाई पनि संयुक्त रुपमा दोसल्ला ओढाएर प्रतिष्ठानद्वारा सम्मान गरिएको थियो ।
जेपि क्रस २०३२ सालदेखि नेपालमा स्थायी रुपमा बसोबास गर्न गरिआउनु भएको व्यक्तित्व हो ।
सो अवसरमा हिमाली सांस्कृति परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले जेपि क्रसकै कारणले आफ्नो संस्था यो स्थापनामा पुगेको बताउनु भयो । उहाँले आफ्नो संस्थाको अक्षयकोष राख्ने कार्यमा जेपि क्रस र बुद्धिमान दुरा ‘धम्पु’को सम्बन्ध जोडिएको रजत वर्षका अवसमार २०५७ सालमा एकलाख २५ हजार रुपैया प्रदान गरेर अक्षयकोषको थालनी गरेको स्मरण गर्दै जेपिका बाबु– छोराले अतुलनीय गुण लगाएको बताउनु भयो ।
कार्यक्रममा सो परिवारका कलाकारहरूले जेपि क्रसको मन पर्ने गीत वारी जमूना पारी जमुना गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
त्यस्तै, लमजुङ समाजका अध्यक्ष देवबहादुर गुरुङसहित सो समाजका सदस्यहरूले पनि मायाको चिनो सहितको सम्मान अर्पण गर्नु भएको थियो । समाजका कलाकरहरूलाई पनि जेपिलाई मन पर्ने अर्को कौरा गीत र नृत्य प्रस्तुत गरेका थिए ।
यसैगरी, दुरा सेवा समाज पोखराका अध्यक्ष सुवे दिनेश दुराले शुभकामना व्यक्त गर्नु भएको थियो । सो समाजका कलाकारहरूले गोरखाको डाँडैमा हावा सरर ….. तथा मेरो माया छाडेर काँ जाला बोलको गीतमा नृत्य प्रस्तुत गरेको थिए ।
सो अवसरमा जेपि क्रसलाई एकसयौं जन्म दिनको शुभकामना दिनेहरूमा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, पोखरा प्रज्ञा प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाल, वरिष्ठ कवि तीर्थ श्रेष्ठ दम्पती, प्राज्ञ गजेन्द्र गुरुङ, मुनाल फिल्म टेलिभिजका प्रोपाइटर भोज गुरुङ, रोधिं टेलिभिजनका संरक्षक गमबहादुर गुरुङका विभिन्न कलाकार तथा साहित्यका एवम् राजनीतिकर्मीहरू सयौंको संख्यामा उपस्थित थिए ।
सो अवसरमा स्व. राजा वीरेन्द्रको निगाहले आफू नेपालको नागरिक हुन पाएको भन्दै खुशी व्यक्त गर्नु भएका थियो । उहाँले आफ्ना धर्म छोरा बुद्धिमान दुरा ‘धम्पु’सँग अघिल्लो जन्म देखिकै सम्बन्ध भएकै कारणले यो जन्ममा पनि सँगै हुन पाएको बताउनुभयो । उहाँले आफूलाई शुभकामना दिन आउने संघसंस्था तथा अन्य शुभचिन्तकहरूले शुभ आशीर्वाद दिनु भएको थियो ।

प्रकाशित मिति २०८१ असार ८, शनिबार २२:२९ गते
हजुरको प्रतिक्रिया