लमजुङ– जिल्ला सदरमुका स्थित बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनको मत गणना ऐले विहान गरिने भएको छ । मतदान गणना कार्य असार ९ गते विहान ९ः१५ बजेबाट सुरु गरिने भएको छ ।
त्यसका लागि निर्वाचन आचार संहिता बनाई एक समूहबाट ६ जना प्रतिनिधि र अध्यक्षका उम्मेदवार राखी गणना तीन ठाउँमा गरिने तयारी रहेको निर्वाचन समितिका संयोजक हरि रानाभाटले बताउनु भयो । उहाँका अनुसार तीन बाकसमा रहेका मतपत्र एक स्थानमा एक बाकसका दरले गणना हुनेछ । उहाँले भन्नुभयो, ‘प्रत्येक बाकसबाट एक सय गणना गरेपछि परिणाम सार्वजनिक गरिने छ ।’
गणनाका लागि निर्वाचन समिति बाहेक तीन जना नासुलाई आमन्त्रण गरिएको छ । कुल मतदान १८०१ मानिएको छ । मतगणनाको अन्तिम परिणाम दिउँसो १ बजेसम्म आउने आंकलन छ ।
प्रकाशित मिति २०८१ असार ९, आईतवार ०९:०३ गते