बेसीशहर खानेपानी निर्वाचन : प्रारम्भिक नतिजा प्राप्त, प्रगतिशील गठबन्धन अघि

बेसीशहर खानेपानी निर्वाचन : प्रारम्भिक नतिजा प्राप्त, प्रगतिशील गठबन्धन अघि

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार १० गते आईतबार १२:१३

मतगणना कार्य तीन ठाउँमा भएको छ तर पनि एक सय मत गणना गर्न करिब सवाघण्टाको समय लागेको छ । यसप्रकार अन्तिम नतिजा आउन छ बज्ने संकेत देखिएको छ । यसपछि अनुभवका आधारमा केही छिटो हुन सक्ने पनि आंकलन छ ।

तीन ठाउँमा मतगणना, एक सय मत गणना गर्न करिब सवाघण्टा, तीन सय मत गणना हुँदा अध्यक्ष पदमा रामबहादुर गुरुङलाई ९६ मत

लमजुङ– जिल्ला सदरमुका स्थित बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनको मत गणना असार ९ गते विहान ९ः३० बजे सुरु भएको छ । मतदान गणनाको प्रारम्भिक नतिजा प्राप्त भएको छ । तीन सय मत गणना गर्दा प्रगतिशील पक्षका उम्मेदवार रामबहादुर गुरुङको समूह अधिकांश पदमा अघि देखिएको छ ।
तीन सय मत गणना हुँदा अध्यक्ष पदमा रामबहादुर गुरुङले ९६ मत, लोकन्द्र गुरुङले ६८ मत र विष्णु घिमिरेले ३९ म पाउनु भएको छ । त्यस्तै, उपाध्यक्षमा श्रद्धा पौडेलले ८४, आशकुमारी गुरुङ ५९ मत र सविता अधिकारी बरालले ४७ मत पाउनु भएको छ ।
सचिव शम्भुलाल श्रेष्ठ ७३, चन्द्रकान्त पौडेल ६५ र श्याम अर्यालले ३८ मत पाउनु भएको छ । त्यस्तै, कोषाध्यक्ष नन्दलाल श्रेष्ठ ९३ मत, भगवान पिया ६५ मत र मीना खड्काले ३८ मत पाउनु भएको छ ।
महिला सदस्यहरूमा अपना खनाल अधिकारी र अतिरुपा सेढाईले ६४÷६४ मत, भीममाया तामाङ गुरुङ ३३, युक्मी गुरुङ ८७, वासमाया दुलाल १९ र रविना रिमालले ८५ मत पाउनु भएको छ ।
यसैगरी, दलित सदस्यमा केशब दुलाल ४१, गणेश कामी ५१, गोपाल परियारले १०६ मत पाउनु भएको छ ।
त्यस्तै, खुला सदस्यमा अजितबहादुर अधिकारी ७३, अहलदिन मिया २१, टिकाराम वाग्लेले ५० मत पाउनु भएको छ भने दीपेश श्रेष्ठ(दिपु)ले ५९ मत, नरहरि पौडेल ७८, भक्तबहादुर अधिकारी ४०, भीमसेन अधिकारी ८८, राजन पौडेल ४३, विनोद तामाङ ७७, विष्णु सुयल ४१ र शान्तिबहादुर अधिकारीले ७३ मत पाउनु भएको निर्वाचन समितिका संयोजक हरि रानाभाटले बताउनु भएको छ ।
केही मतको विभिन्न पदमा खाली राखिएको केहीमा आवश्यक भन्दा बढी संख्यामा मत चिन्ह संकेत गरिएको देखिएको छ भने मत गणनाका क्रममा यौटा यस्तो पनि मत फेला परेको छ ।
मतगणना कार्य तीन ठाउँमा भएको छ तर पनि एक सय मत गणना गर्न करिब सवाघण्टाको समय लागेको छ । यसप्रकार अन्तिम नतिजा आउन छ बज्ने संकेत देखिएको छ । यसपछि अनुभवका आधारमा केही छिटो हुन सक्ने पनि आंकलन छ ।

प्रकाशित मिति २०८१ असार ९, आईतवार १२:१३ गते
हजुरको प्रतिक्रिया