लमजुङ– जिल्ला सदरमुका स्थित बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनको हालसम्म ५७९ मतको नतिजा प्राप्त भएको छ । असार ९ गते जारी मतगणनाको परिणममा प्रगतिशील पक्षका उम्मेदवार रामबहादुर गुरुङ २६ मतले अघि हुनुुहन्छ ।
५७९ मत गणना हुँदा अध्यक्ष पदमा प्रगतिशील गठबन्धनका रामबहादुर गुरुङले १९९ मत पाउनु भएको छ भने लोकतान्त्रिक गठबन्धनका लोकन्द्र गुरुङले १७३ मत पाउनु भएको छ । त्यस्तै स्वतन्त्र समूहका विष्णु घिमिरेले १०१ मत पाउनु भएको छ । उपाध्यक्षमा श्रद्धा पौडेल ४ मतले पछि देखिनु भएको छ । उहाँले १७६ मत ल्याउनु हुँदा लोकतान्त्रिक गठबन्धनकी आशकुमारी गुरुङ १७० मत पाउनु भएको छ भने स्वतन्त्र समूहकी सविता अधिकारी बरालले १०७ मत पाउनु भएको छ ।
सचिवमा प्रगतिशील गठबन्धनका शम्भुलाल श्रेष्ठले १५३ मतका ल्याउँदा लोकतान्त्रिक गठबन्धनका चन्द्रकान्त पौडेल १४९ मत ल्याउनु भई चार मतले पछि हुनुहुन्छ । त्यस्तै, स्वतन्त्रसमूहका श्याम अर्यालले १३७ मत पाउनु भएको छ । त्यस्तै, कोषाध्यक्ष प्रगतिशील गठबन्धनका नन्दलाल श्रेष्ठ १९६ मत, लोकतान्त्रिक गठबन्धनका भगवान पिया १६९ मत र स्वतन्त्र समूहका मीना खड्काले ९० मत पाउनु भएको छ ।
महिला सदस्यहरूमा लोकतान्त्रिक समूहकी अतिरुपा सेढाईले १९१ मत, युक्मी गुरुङ १८८, अपना खनाल अधिकारीले १५५, भीममाया तामाङ गुरुङ ८५, वासमाया दुलाल ९८ र सविना रिमालले १७८ मत पाउनु भएको छ ।
यसैगरी, दलित सदस्यमा गोपाल परियारले २८८ मत ल्याउनु भएको छ । उहाँ प्रगतिशील गठबन्धनको हुुनुहुन्छ । सोही सदस्य पदमा स्वतन्त्रका केशव दुलाल ८७ मत र लोकतान्त्रिकका गणेश कामी १३५ मत पाउनु भएको छ ।
त्यस्तै, खुला सदस्यमा अजितबहादुर अधिकारी १०९, अहलदिन मिया ६१, टिकाराम वाग्लेले १२६ मत पाउनु भएको छ भने दीपेश श्रेष्ठ(दिपु)ले १५५ मत, नरहरि पौडेल १६३, भक्तबहादुर अधिकारी ८९, भीमसेन अधिकारी १७४, राजन पौडेल १८१, विनोद तामाङ १२६, विष्णु सुयल १०१ र शान्तिबहादुर अधिकारीले १५८ मत पाउनु भएको निर्वाचन समितिका संयोजक हरि रानाभाटले बताउनु भएको छ ।
केही मतको विभिन्न पदमा खाली राखिएको केहीमा आवश्यक भन्दा बढी संख्यामा मत चिन्ह संकेत गरिएको देखिएको पाइएको छ ।
मतगणना कार्य तीन ठाउँमा भएको छ तर पनि एक सय मत गणना गर्न करिब सवाघण्टाको समय लागेको छ । यसप्रकार अन्तिम नतिजा आउन छ बज्ने संकेत देखिएको छ ।
मतगणना कार्य विहान ९ः३० बजे सुरु भएको हो ।
प्रकाशित मिति २०८१ असार ९, आईतवार १४:१४ गते