बेसीशहर खानेपानी निर्वाचन : १२२७ मतको नतिजा प्राप्त, अध्यक्षमा प्रगतिशील गठबन्धन र उपाध्यक्षमा लोकतान्त्रिक गठबन्धनको अग्रता कायमै

बेसीशहर खानेपानी निर्वाचन : १२२७ मतको नतिजा प्राप्त, अध्यक्षमा प्रगतिशील गठबन्धन र उपाध्यक्षमा लोकतान्त्रिक गठबन्धनको अग्रता कायमै

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार १० गते आईतबार ०६:३०

ऐलेसम्म घोषित परिणाममा प्रगतिशील गठबन्धनका गोपाल परियारले सर्वाधिक पपुलर मत ५६१ पाउनु भएको छ । उहाँले उहाँकै अध्यक्ष पदका उम्मेदवारभन्दा ५१ मत बढी हो ।

६६ मतले प्रगतिशील गठबन्धनका अध्यक्ष उम्मेदवार रामबहादुर अघि, उपाध्यक्ष पदमा लोकतान्त्रिक गठबन्धका आशकुमारी ७९ मतले उछिन्दै

लमजुङ– जिल्ला सदरमुका स्थित बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनको हालसम्म १२२७ मतको नतिजा प्राप्त भएको छ । असार ९ गते जारी मतगणनाको परिणममा प्रगतिशील पक्षका उम्मेदवार रामबहादुर गुरुङ ६६ मतले अघि हुनुुहन्छ ।
१२२७ मत गणना हुँदा अध्यक्ष पदमा प्रगतिशील गठबन्धनका रामबहादुर गुरुङले ५१० मत पाउनु भएको छ भने लोकतान्त्रिक गठबन्धनका लोकन्द्र गुरुङले ४४४ मत पाउनु भएको छ । त्यस्तै स्वतन्त्र समूहका विष्णु घिमिरेले २१३ मत पाउनु भएको छ । उपाध्यक्षमा श्रद्धा पौडेल ७९ मतले पछि देखिनु भएको छ । उहाँले ४१३ मत ल्याउनु हुँदा लोकतान्त्रिक गठबन्धनकी आशकुमारी गुरुङ ४९२ मत पाउनु भएको छ भने स्वतन्त्र समूहकी सविता अधिकारी बरालले सो समूहका अध्यक्षकै बराबर २१३ मत पाउनु भएको छ ।
सचिवमा प्रगतिशील गठबन्धनका शम्भुलाल श्रेष्ठले ५१३ मतका ल्याउँदा लोकतान्त्रिक गठबन्धनका चन्द्रकान्त पौडेल ४४९ मत ल्याउनु भई १२२ मतले पछि हुनुहुन्छ । त्यस्तै, स्वतन्त्रसमूहका श्याम अर्यालले २२८ मत पाउनु भएको छ । त्यस्तै, कोषाध्यक्ष प्रगतिशील गठबन्धनका नन्दलाल श्रेष्ठ ४८६ मत, लोकतान्त्रिक गठबन्धनका भगवान पिया ४३० मत र स्वतन्त्र समूहका मीना खड्काले २०४ मत पाउनु भएको छ ।
महिला सदस्यहरूमा लोकतान्त्रिक समूहकी अतिरुपा सेढाईले ४४१ मत, युक्मी गुरुङ ४८०, अपना खनाल अधिकारीले ३६७, भीममाया तामाङ गुरुङ २१३, वासमाया दुलाल १०६ र सविना रिमालले ४५४ मत पाउनु भएको छ ।
यसैगरी, दलित सदस्यमा गोपाल परियारले ५६१ मत ल्याउनु भएको छ । उहाँ प्रगतिशील गठबन्धनको हुुनुहुन्छ । सोही सदस्य पदमा स्वतन्त्रका केशव दुलाल १७२ मत र लोकतान्त्रिकका गणेश कामी ३७७ मत पाउनु भएको छ ।
त्यस्तै, खुला सदस्यमा अजितबहादुर अधिकारी ३८५, अहलदिन मिया १३८, टिकाराम वाग्लेले ३६२ मत पाउनु भएको छ भने दीपेश श्रेष्ठ(दिपु)ले ३५३ मत, नरहरि पौडेल ३६९, भक्तबहादुर अधिकारी १९८, भीमसेन अधिकारी ४२७, राजन पौडेल ४३७, विनोद तामाङ ४२८, विष्णु सुयल २३२ र शान्तिबहादुर बस्नेतले ३८९ मत पाउनु भएको निर्वाचन समितिका संयोजक हरि रानाभाटले बताउनु भएको छ ।
केही मतको विभिन्न पदमा खाली राखिएको केहीमा आवश्यक भन्दा बढी संख्यामा मत चिन्ह संकेत गरिएको देखिएको पाइएको छ ।
ऐलेसम्म घोषित परिणाममा प्रगतिशील गठबन्धनका गोपाल परियारले सर्वाधिक पपुलर मत ५६१ पाउनु भएको छ । उहाँले उहाँकै अध्यक्ष पदका उम्मेदवारभन्दा ५१ मत बढी हो ।
सो मतगणना कार्य विहान ९ः३० बजे सुरु भएको थियो ।

प्रकाशित मिति २०८१ असार ९, आईतवार १८:३० गते
हजुरको प्रतिक्रिया