लमजुङ– जिल्ला सदरमुका स्थित बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा मतगणनाको अन्तिम नतिजा प्राप्त भएको छ । असार ९ गते साँझ मतगणनाको अन्तिम परिणम आएको हो ।
सो निर्वाचनमा प्रगतिशील पक्षका अध्यक्ष उम्मेदवार रामबहादुर गुरुङ ५८ मतले विजयी हुनुभएको हो । उपाध्यक्ष पदमा भने लोकतान्त्रिक गठबन्धनकी आशकुमारी गुरुङ ११२ मतको अग्रताका साथ विजयी हुनु भएको छ ।
अध्यक्ष पदमा प्रगतिशील गठबन्धनका रामबहादुर गुरुङले ७३५ मत पाउनु भएको छ भने लोकतान्त्रिक गठबन्धनका लोकन्द्र गुरुङले ६७७ मत पाउनु भएको छ । त्यस्तै स्वतन्त्र समूहका विष्णु घिमिरेले ३१० मत पाउनु भएको छ । उपाध्यक्षमा लोकतान्त्रिक गठबन्धनकी आशकुमारी गुरुङले ७११ मत पाउनु भएको छ भने प्रगतिशील समूहकी श्रद्धा पौडेलले ५९९ मत ल्याउनु भएको छ । त्यस्तै, स्वतन्त्र समूहकी सविता अधिकारी बरालले ३६७ मत पाउनु भएको छ ।
सचिवमा प्रगतिशील गठबन्धनका शम्भुलाल श्रेष्ठले ७३६ मत ल्याई विजयी हुँदा लोकतान्त्रिक गठबन्धनका चन्द्रकान्त पौडेल ५७८ मत ल्याउनु भई १५८ मतले पछि हुनुहुन्छ । त्यस्तै, स्वतन्त्रसमूहका श्याम अर्यालले २२८ मत पाउनु भएको छ । त्यस्तै, कोषाध्यक्ष प्रगतिशील गठबन्धनका नन्दलाल श्रेष्ठ ७०८ मत ल्याई विजयी हुनुुहुँदा लोकतान्त्रिक गठबन्धनका भगवान पियाले ६४५ मत पाउनु भयो भने स्वतन्त्र समूहका मीना खड्काले २८२ मत पाउन सफल हुनु भएको छ ।
कुल खसेको मत १८०१ भनिरहदा अध्यक्ष पदमा १७२४, उपाध्यक्षमा १७७७, सचिवमा १६३८ कोषाध्यक्षमा १६३५ मत मात्र सदर भएको देखिन्छ ।
त्यस्तै, महिला सदस्यहरूमा युक्मी गुरुङ ७०० र सविना रिमालले ६७५ मत पाइ विजयी हुनुभएको छ । सो पदमा लोकतान्त्रिक समूहकी अतिरुपा सेढाईले ६५० मत, अपना खनाल अधिकारीले ५३५ पाउनु भएको छ । यसैगरी, स्वतन्त्रकी भीममाया तामाङ गुरुङले ३१४ मत र वासमाया दुलाल १४६ मत पाउनु भएको छ ।
यसैगरी, दलित सदस्यमा गोपाल परियारले ८१५ मत ल्याई विजयी हुनु भएको छ । उहाँ प्रगतिशील गठबन्धनको हुुनुहुन्छ । सोही सदस्य पदमा लोकतान्त्रिकका गणेश कामी ५६१ मत र स्वतन्त्रका केशव दुलाल २४४ मत पाउनु भएको छ ।
त्यस्तै, खुला सदस्यमा राजन पौडेल ६४१, भीमसेन अधिकारी ६२४, विनोद तामाङ ६१९, अजितबहादुर अधिकारी ५७६ मतका साथ विजयी हुनुभएको छ ।
सो पदमा शान्तिबहादुर बस्नेतले ५६५ मत, नरहरि पौडेल ५५३, टिकाराम वाग्ले ५४९ मत, लोठबहादुर गुरुङ ५३५, दीपेश श्रेष्ठ(दिपु)ले ५१३ मत, भक्तबहादुर अधिकारी २८९ मत, विष्णु सुयल २५३ र अहलदिन मियाले २०९ मत पाउनु भएको घोषणा गरिएको छ ।
केही मतको विभिन्न पदमा खाली राखिएको केहीमा आवश्यक भन्दा बढी संख्यामा मत चिन्ह संकेत गरिएको देखिएको पाइएको छ ।
ऐलेसम्म घोषित परिणाममा प्रगतिशील गठबन्धनका गोपाल परियारले सर्वाधिक पपुलर मत ८१५ पाउनु भएको छ । उहाँले पाउनु भएको मत उहाँकै अध्यक्ष पदका उम्मेदवारभन्दा ८० मत मात्र बढी हो ।
सो मतगणना कार्य विहान ९ः३० बजे सुरु भएको थियो ।
स्वतन्त्र समूहद्वारा मतदाता तथा सहयोगीहरू सबैलाई धन्यवाद ज्ञापन :
यसैबीच, स्वतन्त्र समूहका अध्यक्ष पदका उम्मेदवार विष्णु घिमिरेले आफूलाई अमूल्य मत दिएर सहयोग गर्नु हुने ेमतदातालाई आफू र आफ्नो प्यानलका सबै उम्मेदवारहरूकोतर्फाबाट धन्यवाद ज्ञापन गर्नु भएको छ । घिमिरेले यो निर्वाचनमा आफू र आफ्नो प्यानललाई मत दिएर सहयोग गर्नु हुने, प्रचार प्रसार लगायतका कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सबैप्रति तपाईको सञ्चारमाध्यममार्फत कृतज्ञता ज्ञापन गर्दछु भन्नुभएको छ । उहाँले आफ्नो समूहका उम्मेदवारहरूलाई समेत हिम्मत नहार्न र सदैव परिवर्तनका लागि मुलुकमा सुशासनका पक्षको महाअभियानमा जुटिरहन आह्वान समेत गर्नु भएको छ ।
प्रकाशित मिति २०८१ असार ९, आईतवार २३:०२ गते