लमजुङ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका मतदातालाई धन्यवाद ज्ञापन गरेको छ । ‘धन्यवाद बेसीशहर !’को व्यानर सहित बेसीशहरको मेन बजारमा घुमेर सो दलका उम्मेदवार तथा स्थानीय नेताहरूले बेसीशहरबासीलाई कृतज्ञता सहित धन्यवाद ज्ञापन कार्य असार ११ गते गरेका हुन् ।
बेसीशहर नगरपालिका– ७ को मनाङ्गे चौताराबाट सुरु भएको सो धन्यवाद र्याली मुख्य बजार क्षेत्रको पुरानो बैंक चोक, त्रिवेणी टोल, भीमसेनास्थान चोक, नारायणस्थान चोक, मालपोत चोक हुँदै सेरा बजारमा पुगेर त्यहाँको बजार परिक्रमा गरी सेरा चोकमा सो धन्यवाद र्याली विसर्जन गरिएको हो । र्यालीमा रास्वपा समर्थित स्वतन्त्र समूहका अध्यक्षका उम्मेदवार एवम् रास्वपाको वडानं– ७ का सचिव विष्णु घिमिरे सहितका विभिन्न पद तथा सदस्यका उम्मेदवारहरू, बेसीशहर नगर समितिका सभापति कृष्ण राउत, सु्न्दरबजार नगर सभापति श्याम केसी, निर्वाचन क्षेत्र समितिको सदस्य एवम् बेसीशहर नगरपालिका– ६ का अध्यक्ष प्रकाश थापा, रास्वपाका चिन्तक नवराज पहाडी, सो दलका बेसीशहर नगर कमिटिका उपाध्यक्ष हरिकृष्ण बुढाथोकी, रास्वपाको बेसीशहर नगरपालिका– ७ का अध्यक्ष राजकुमार घिमिरे, वडानं– ८ का अध्यक्ष धु्र्रव ढकाल, वडानं– ३ का अध्यक्ष हरि अधिकारी, वडानं– १० का अध्यक्ष सुलभ तामाङ, वडानं– १ का अध्यक्ष बुद्धिलाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । सो अवसरमा र्यालीका सहभागीहरूले धण्टी बजाउँदै मतदाता तता बनारबासीको ध्यानाकर्षण गरेका थिए । 
सो समूहको निर्वाचन परिचालन समितिका संयोवक एवम् रास्वपाका नगर सभापति राउतले मतदाताको उत्साहले हामीलाई थप उर्जा मिलेको छ, त्यसैले हामीले उहाँहरूलाई घरघरमा पुगेर धन्यवाद दिनका लागि यो वर्षातको मौसम भएको हुँदा असम्भव भएकोले र्यालीमार्फत धन्यवाद दिनु पर्छ भन्ने लागेर यो कार्यक्रम गरिएको बताउनु भयो ।
उक्त अवसरमा सहभागी रास्वपाका चिन्तक नवराज पहाडीले भन्नुभयो, ‘अझै पनि धेरै मानिसहरू ठूला भनिने दलहरूको दबाबमा पर्ख र हेरको नीतिमा छन् र जस्ले विभिन्न अवरोधका बीचमा पनि स्वतन्त्र समूहलाई मत दिनुभयो, उहाँहरूप्रति कृतज्ञता व्यक्त गर्न र तपाईहरू नडराउनु होस् भन्ने ढाडस दिन आवश्यक ठानियो र यो र्यालीको आयोजना गरिएको हो ।’
प्रस्तुत छ, उक्त र्यालीको फोटो फिचर :

प्रकाशित मिति २०८१ असार ११, मंगलवार २०:५२ गते