लमजुङ । लमजुङको दोर्दी गाउँपालिका– ९ धैरेनीटोल स्थित सुनार गाउँमा गएरातिको पहिरोले घर पुरिदा १ जनाको मृत्यु भएको छ । यसअघिको समाचारमा सो घट्ना बेसीशहर नगरपालिका– ११ को चिति स्याउत गाउँमा भनिएकोमा सो नभई दोर्दी– ९ धैरेनीटोलको सुनार गाउँमा सो घट्ना भएकोले सो गल्ती सुधार गरिएको छ ।
मृत्यु हुनेमा १६ वर्षीय विकल सुनार रहेको सो गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीका स्वकीय सचिव हरि घिमिरेले बताउनु भएको छ । उहाँका अनुसार पहिरोमा परि उनका दाइ १८ वर्षीय बिमल सुनार घाईते भएका छन् । घाईते दुबै जनालाई उपचारका लागि लमजुङ जिल्ला अस्पताल ल्याउँदै गर्दा विकलको बाटोमै मृत्यु भएको हो । उहाँका अनुसार घाइते बिमलको लमजुङ अस्पतालमा उपचार भइरहेको छ । उहाँले भन्नुभयो, ‘मृत्यु हुनेमा १६ वर्षीय विकल सुनार रहेका छन् ।’ पहिरोमा परि उनका दाइ १८ वर्षीय मिलन सुनार घाईते भएका छन् । घाईते दुबै जनालाई उपचारका लागि जिल्ला सदरमुकाम स्थित लमजुङ अस्पताल ल्याउँदै गर्दा विकलको बाटोमै मृत्यु भएको प्रनाउ घलेले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति २०८१ असार १२, बुधबार ०९:५८ गते