लमजुङका तीन विद्यार्थीले ल्याए ४ जिपिए, दुई विद्यालय निल, शतप्रतिशत नतिजा प्राप्त गर्ने एकमात्र

लमजुङका तीन विद्यार्थीले ल्याए ४ जिपिए, दुई विद्यालय निल, शतप्रतिशत नतिजा प्राप्त गर्ने एकमात्र

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार १५ गते शुक्रबार ०६:३०

लमजुङमा शतप्रतिशत विद्यार्थी उतीर्ण गराउने विद्यालय एक मात्र ग्लोवल भिजन रहेको छ । त्यस्तै दुई विद्यालय निल भएका छन् । निलमा कीर्तिमान कायम गर्ने विद्यालय वनस्थली मावि चरागाउँ, भोजे(क्ब्होलासोथर गाउँपालिका– ७) र बालज्योति मावि बाँग्रे (मध्यनेपाल नगरपालिका– ९) रहेको शिक्षा विकास तथा समन्वय इकाई लमजुङले जनाएको छ ।

सामुदायिक विद्यालयका विश्वास घिमिरे र यूनिभर्सल एकेडेमीका आयुष र आयुष्मा ४ जिपिए ल्याउन सफल

लमजुङ । लमजुङमा यो वर्ष तीन जना विद्यार्थीहरूले ल्याए ४ जिपिए ल्याउन सफल भएका छन् । सामुदायिकतर्फ कुसुमाकर माध्यामिक विद्यालय, मध्यनेपालका विश्वास घिमिरे र संस्थागत विद्यालयतर्फ बेसीशहरको यूनिभर्सल एकेडेमीका आयुष केसी र आयुष्मा गुरुङले ४ जिपिए ल्याउन सफल भएको असार १३ गते घोषित नतिजाबाट पुष्टि भएको हो ।
लमजुङको सदरमुकाम बेसीशहरमा रहेको यूनिभर्सल बोर्डिङ स्कुलका दुई जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् ।
स्कूलबाट सहभागी भएका ६३ जना विद्यार्थी मध्ये दुई जनाले उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयका प्रिन्सिपल बिमल अधिकारीले बताउनु भयो । उहाँका अनुसार बेसीशहर नगरपालिका– ७ का आयुष केसी र वडा नं. ८ का आयुष्मा गुरुङले ४ जिपिए सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन् । उहाँले भन्नुभयो, ‘आफ्नो विद्यालयका ३.६ देखि ४ जिपिए प्राप्त गर्ने ३० जना, ३.२ जिपिए देखि ३.६ जिपिए प्राप्त गर्ने २३ जना र २.८ जिपिए देखि ३.२ जिपिए प्राप्त गर्ने ९ जना रहेका छन् ।’ सो विद्यालयका एकजना विद्यार्थी मात्र अबर्गिकृतमा परेको विद्यालय प्रशासनले जनाएको छ ।
सामुदायिक विद्यालयतर्फ मध्यनेपाल नगरपालिका– ७ को रामबजार स्थित कुसुमाकर माध्यामिक विद्यालयका विश्वास घिमिरेले ४ जिपिए ल्याएका छन् । जिल्लाभरका सामुदायिक विद्यालयबाट ४ जिपिए ल्याउन सफल विद्यार्थीमा घिमिरेले मात्र हुन् ।
कुसुमाकर माविबाट परीक्षामा ५४ जनाले परीक्षा दिएका थिए । तीमध्येमा ३.६ जिपए माथि ल्याउनेमा ३.९ सुशील भट्टराई, ३.८२ जिपिए ल्याउनेमा श्रद्धा पौडेल र प्रिति भट्टराई रहेको सो माविका प्रअ धुर्वराज घिमिरेले बताउनु भयो । उहाँका अनुसार ३.२ देखि ३ंं.६ सम्म जिपिए ल्याउने ७ जना, २.८ देखि ३.२ सम्म ल्याउने १३ जना, २.४ देखि २.८ ल्याउने ५ जना र २ देखि २.४ एक जना रहेका छन् । उहाँले भन्नुभयो, ‘एक र दुई विषय लाग्नेको संख्या ८/८ रहेको छ ।’ त्यस्तै, तीन र चार विषय लागेर कक्षा ११ पढ्न नपाउने अवस्थाका विद्यार्थी संख्या क्रमशः ६ र २ जना छन् प्रअ घिमिरेले जानकारी दिनु भयो ।

दुई विद्यालय निल : एकद्वारा सतप्रतिशत नतिजा प्राप्त : 
यसैगरी, लमजुङमा शतप्रतिशत विद्यार्थी उतीर्ण गराउने विद्यालय एक मात्र ग्लोवल भिजन आमावि( फूलबारी(सुन्दरबजार नगरपालिका– ८) रहेको छ । त्यस्तै दुई विद्यालय निल भएका छन् । निलमा कीर्तिमान कायम गर्ने विद्यालय वनस्थली मावि चरागाउँ, भोजे(क्ब्होलासोथर गाउँपालिका– ७) र बालज्योति मावि बाँग्रे (मध्यनेपाल नगरपालिका– ९) रहेको शिक्षा विकास तथा समन्वय इकाई लमजुङले जनाएको छ ।

प्रकाशित मिति २०८१ असार १४, शुक्रबार ०६:३० गते
हजुरको प्रतिक्रिया