ठाडोभाका प्रतिष्ठानकी कार्यकारी सदस्य मीनालाई मातृ शोक

ठाडोभाका प्रतिष्ठानकी कार्यकारी सदस्य मीनालाई मातृ शोक

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार २५ गते सोमबार ०७:१८

काशीमायाले हालै भएको लमजुङ महोत्सवका साथै गाउँशहरको चैतेदशैं मेलाको समेत अवलोकन गर्नु भएको थियो ।

स्व. काशीमाया ठाडोभाका लगायतका गीत, नाच तथा जात्रा भने पछि हुरुक्क हुने स्वभावकी हुनुहुन्थ्यो ।

लमजुङ– ठाडोभाका लोककला प्रतिष्ठान नेपालका कार्यकारी सदस्य मीना गुरुङ(सुन्दरबजार नगरपालिका– ८ पैह्रे निवासी) मातृ शोकमा पर्नु भएको छ । उहाँकी ममतमयी आमा काशीमाया गुरुङको ७६ वर्षको उमेरमा निधन भएसँग उहाँ शोकमा पर्नु भएको हो ।
दूधपोखरी गाउँपालिकाको वेतिनी गाउँमा कान्छो छोराको नजिक बस्नु हुने उहाँ असार १४ गतेका दिन अचानक स्वर्गे हुनुभएको उहाँको परिवार स्रोतले बताएको छ । सो दिन बिहान समेत काशीमायाले आफै बारीमा गएर घाँस काटेर घाँसको भारी बोकेर घरमा आउनु भएको थियो । खाना खाए पछि केही असहज अनुभव गर्नु भएकी उहाँ अचनक ठल्लु भएको थियो । त्यसपछि उहाँ न आफै उठ्न सक्नु भयो न त अन्यले प्रयास गर्दा उठाउन सकियो पारिवारिक स्रोतको भनाइ छ ।
काशीमाया ठाडोभाका लगायतका गीत, नाच तथा जात्रा भने पछि हुरुक्क हुने स्वभावकी हुनुहुन्थ्यो । उहाँले हालै भएको लमजुङ महोत्सवका साथै गाउँशहरको चैतेदशैं मेलाको समेत अवलोकन गर्नु भएको थियो ।
काशीमायाका हाल एक छोरा र मीना समेत दुई छोरी हुनुहुन्छ ।

प्रकाशित मिति २०८१ असार २४, सोमबार १९:१८ गते
हजुरको प्रतिक्रिया