प्रधानमन्त्री प्रचण्ड नेतृत्व सरकारको भोलि अन्तिम दिन, अब सरकारमा को ?

प्रधानमन्त्री प्रचण्ड नेतृत्व सरकारको भोलि अन्तिम दिन, अब सरकारमा को ?

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार २८ गते बिहिबार ०६:४०

नक्कली भुटानी शर्णार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि एमाले र कांग्रेस मिलेको दावी समेत प्रधानमन्त्री प्रचण्डको छ । अब संविधानको धारा ७६ (३) को सरकारगठन हुने अन्यथा फेरि न्यायालय गुहारिने आंकलन ।

हामीलाई राजनीतिक रूपमा नोक्सानी भएको छैन : प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको भोलि असार २८ गते अन्तिम दिन । नयाँ सरकार संविधानको धारा ७६ (३) मा सरकार बन्ने खुलासा ।
प्रधानमन्त्रीले माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रचण्डले त्यही संवैधानिक विश्वासका साथ विश्वासको मत फेस गर्ने असार २६ गते बताउनु भएसँगै त्यस्तो स्थिति बनेको बताइएको हो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले दलको बैठकलाई सम्बोधन गर्दै भन्नुभयो, ‘हामी विश्वासको मत लिन्छौँ । विश्वासको मत नपाए ७६ (३)को सरकार बन्ने बाटोमा जान्छ, त्यसैले राजीनामा नदिने, विश्वासको मत फेस गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्रीले पनि बैठकमा सोही खालको विश्वास व्यक्त गर्नुभएको छ ।’
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा असार २८ गते विश्वासको मत लिने हुनु र हालसम्म विकसित राजनीतिक घटनाक्रमले विश्वासका मत नआउने स्थिति भएपछि भोलि उहाँ नेतृत्वको सरकारको अन्तिम दिन हुने भएको हो ।
विश्वासको मत पाउनका लागि माओवादीले दलको तर्फबाट ह्विप जारी गरेको छ । अरु राजनीतिक दल र स्वतन्त्र सांसदलाई पनि विश्वासको मत दिन आह्वान गर्ने निर्णय गरिएको प्रमुख सचेतक हितराज पाण्डेले बताउनु भयो । उहाँका अनुसार आफूहरूबाट संसद्मा संविधानको रक्षाका कुरा राखिरहेको छ । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको व्यवस्था अनुसार अघि बढ्नु हुनेछ ।’
सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे सिलसिलेबार रूपमा जानकारी समेत दिनु भएको थियो । पछिल्लो प्रकरणबाट एमाले अध्यक्ष ओलीबारेको ‘ठूलो भ्रम’ चिरिएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘ठूलो भ्रम साफ भयो, एमालेहरूले कांग्रेससँग मिल्नेलाई दक्षिणपन्थी भन्थे । त्यसकारण हामीलाई राजनीतिक रूपमा नोक्सानी भएको छैन, उनले वामपन्थीहरूलाई एकतावद्ध बनाउने उद्देश्यले नै आफूहरू एमालेसँग मिलेको भएता पनि एमाले अध्यक्ष ओलीले झुक्याए ।’
बैठकमा प्रधानमन्त्री प्रचण्डले थप भन्नुभयो, ‘केपी ओलीलाई नबुझेका त थिएनौं तर मान्छे हो, हण्डर खाएर रूपान्तरित भए कि भन्ने भ्रम प¥यो, यस्तो गरी धोका दिन्छन् जस्तो लागेको थिएन । तर केपीले एक घण्टा नेपाली कांग्रेसको भण्डाफोर गरे। अपराधीसम्म भने, त्यसपछि ०८४ सम्मसँगै जाने र पार्टी एकता गर्ने कुरा ओलीले नै गरेका थिएँ, धोका दिए ।’
त्यो बेला ओलीले नै ‘स्वर्ग गए पनि सँगै जाने नर्क गए पनि सँगै’ जाने भनेपछि आफू ढुक्क भएको प्रधानमन्त्री प्रचण्डको ब्रिफिङ छ ।
नक्कली भुटानी शर्णार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि एमाले र कांग्रेस मिलेको दावी समेत प्रधानमन्त्री प्रचण्डको छ ।
प्रधानमन्त्री प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री बन्नु् भएको हो । उक्त धारा अन्तर्गत बनेका प्रधानमन्त्रीले विश्वासको मत नपाएमा उपधारा ३ अनुसार सरकार बन्नुपर्ने दाबी माओवादी केन्द्रका नेताहरूको सहित केही कानुनव्यवसायीले समेत गरिआएका छन् । यदि त्यसो नभएमा यो विषयले मुद्दाको रुपमा फेरि सर्बोच्च गुहार्न सक्ने आंकलन गरिएको छ ।
उनीहरू भन्छन्, ७६ (३) मा संसद्को सबैभन्दा ठूलो दलका नेता प्रधानमन्त्री बन्ने व्यवस्था छ ।
संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो । कांग्रेस र एमालेबीच असार १७ गते नयाँ सत्ता समीकरणको सहमति भएको थियो । उक्त सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली पहिला प्रधानमन्त्री बन्ने उल्लेख रहेको नेताहरूको दाबी छ । दुई ठूला दलबीच सत्ता सहकार्यको सहमति भएपछि उनीहरूले प्रधानमन्त्रीको राजीनामा मागिरहेका छन् ।
एमाले, जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूले राजीनामा दिएर समर्थन फिर्ता गरिसकेका छन् ।
उता सरकारको नेतृत्वका लागि तयार भएको एमालेले संविधानको धारा ७६ को २ कि ३ भनेर चलाइएको चर्चा–परिचर्चा उचित नभएको दावी गरिरहेको छ ।
यो प्रकरणले राष्ट्रपति रामचन्द्र पौडेललाई फेरि विवादमा तान्न सक्ने देखिएको छ ।

प्रकाशित मिति २०८१ असार २७, बिहीबार ०६:४० गते
हजुरको प्रतिक्रिया