प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीद्वारा दाबी पेस, राष्ट्रपतिको भूमिका फेरि विवादमा पर्ने

प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीद्वारा दाबी पेस, राष्ट्रपतिको भूमिका फेरि विवादमा पर्ने

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार ३० गते शनिवार ०६:५३

संविधान वा कानुनलाई धोती लगाउने र आफू अनुकुल व्याख्या गर्ने कार्यमा मुलुकका ठूला भनिने काँग्रेस, एमाले तथा माओवादीसमेतले गर्र्दै आएकाका कारण कानुनी बल मिच्याइँ आम प्रवृत्ती जस्तो बन्ने गरेको छ । त्यस्तो ‘प्रवृत्ती विरुद्ध’ बेलाबखत मुद्दाको रुप लिने गरेको छ । यो प्रकरण पनि त्यस्तो हुने बलियो सम्भावना छ ।

संविधानका संरक्षकको भूमिकामा शंका उत्पन्न, सरकार गठन प्रक्रिया फेरि सर्वोच्च पुग्ने

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी पेस गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले संसादमा विश्वासको मत नपाउनु भएसँगै उहाँ पद मुक्त भएको पनि सो पदका लागि असार २८ गते साँझ शीतलनिवास पुगेर ओलीले दाबी पेस गर्नु भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेसँगै ओलीले सो दावी पेश गर्नु भएको हो । तर यो संविधान सम्वत् नहुने धेरैको आंकलन छ । यसले संविधानका रक्षक राष्ट्रपति रामचन्द्र पौडेलको भूमिका फेरि विवादमा पर्ने भएको छ ।
संसदमा प्रधानमन्त्रीले विश्वासका मत पाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेश गर्न आह्वान गर्नु पर्नेमा (२) बमोजित आह्वान गरेपछि विवाद उत्पन्न हुने भएको हो । त्यसको लागि सो प्रसङ्ग मुद्दा बनेर आज विदा भएको हुँदा भोलि असार ३० गते आइतबार सर्वोच्च पुग्ने भएको तयारीमा केही कानुनव्यवसायी लागि रहेको जानकारीमा आएको छ ।
आफूलाई सहज हुने भएपछि संविधान वा कानुनलाई धोती लगाउने र आफू अनुकुल व्याख्या गर्ने कार्यमा मुलुकका ठूला भनिने काँग्रेस, एमाले तथा माओवादीसमेतले गर्र्दै आएकाका कारण कानुनी बल मिच्याइँ आम प्रवृत्ती जस्तो बन्ने गरेको छ । त्यस्तो ‘प्रवृत्ती विरुद्ध’ बेलाबखत मुद्दाको रुप लिने गरेको छ । यो प्रकरण पनि त्यस्तो हुने बलियो सम्भावना छ । यसअघि संधिवानको ७२ (३) अनुसार सरकार गठन गर्नु पर्छ भन्ने वकालत गर्नेहरू अवश्य पनि चुप बस्ने छैनन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष ओलीसहित दुई दलका नेताहरू शीतलनिवास पुगेर दाबी पेस गर्नु भएको हो ।
एमाले अध्यक्ष ओलीले एमाले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनु भयो ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले नयाँ सरकार गठनका लागि भोलि आइतबार बेलुकासम्मको समय दिनु भएको हुँदा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरे पनि आज नियुक्ति हुनु हुने छैन । तथापि, राष्ट्रपतिले दिएको समयसीमाभित्रै प्रधानमन्त्री नियुक्त हुने स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८१ असार २९, शनिबार ०६:५३ गते
हजुरको प्रतिक्रिया