हङकङ रेडक्रसका १२ स्वयम्सेवक युवाहरूद्वारा लमजुङको चार दिने अवलोकन भ्रमण

हङकङ रेडक्रसका १२ स्वयम्सेवक युवाहरूद्वारा लमजुङको चार दिने अवलोकन भ्रमण

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार ३० गते शनिवार ०७:२०

उनीहरूले सुन्दरबजार नगरपालिका– ६ को खहरेस्थित आदर्श बाल माध्यमिक विद्यालय, दोर्दी गाउँपालिका– ८ वन्सार स्थित फलेनी माध्यमिक विद्यालय र दुधपोखरी गाउँपालिका– ६ स्थित ओखरी गाउँका समुदायको अवलोकन गर्नुका साथै अन्तरक्रिया गरेका हुन् ।

हङकङ रेडक्रसका टिम लिडर जेनिसको नेतृत्वमा १२ सदस्यीय टोली अवलोकमा

लमजुङ– हङकङ युनिभर्सिटिमा अध्ययरत हङकङ रेडक्रसका १२ जना स्वयंसेवक युवा विद्यार्थीहरूले लमजुङको चार दिने भ्रमण गर्दै जुनियर रेडक्रस सर्कलक विद्यार्थीहरू र रेडक्रसमार्फत समुदायमा गरिएका कामको अवलोकनका साथ साक्षात्कार गरेका छन् । लमजुङ आएका उनीहरू आफैले कार्यस्थलमा घुमेर समुदायका मानिसहरू र विद्यार्थीहरूसंग अवलोकन र साक्षत्कार अर्थात अन्तरक्रिया गरेका हुन् ।
उनीहरू र रेडक्रसको केन्द्रका कर्मचारीको टोलीले लमजुङको तीन पालिकामा पुगेर साक्षात्कार गरेका हुन् । उनीहरूले सुन्दरबजार नगरपालिका– ६ को खहरेस्थित आदर्श बाल माध्यमिक विद्यालय, दोर्दी गाउँपालिका– ८ वन्सार स्थित फलेनी माध्यमिक विद्यालय र दुधपोखरी गाउँपालिका– ६ स्थित ओखरी गाउँका समुदायको अवलोकन गर्नुका साथै अन्तरक्रिया गरेको रेडक्रस लमजुङका कार्यक्रम अधिकृत गणेश गौलीले जानकारी दिनु भयो । उहाँका अनुसार उक्त टोलीले जिल्लाको तीन वटा पालिकामा रहेका विद्यालय र समुदायको अवलोलनसँगै जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका हुन् ।
उनीहरू सहयोगमा लमजुङमा विशेषतः अपाङ्गता भएका व्यक्तिहरू र बालबालिकाको क्षमता विकासका लागि परियोजना सञ्चालन भइरहेको छ । सोही कार्यक्रम उपलब्धीमूलक भएको ठहर गरेपछि थप विस्तार गर्नका लागि उनीहरूले अन्य दुई पालिका सुन्दरबजार नगरपालिका र दोर्दी गाउँपालिकाको समेत अवलोक गर्दै त्यहाँका विद्यार्थीहरूसँथ साक्षात्कार गरेको रेडक्रस लमजुङका मन्त्री सुशीलचन्द्र अधिकारीले बताउनु भयो । उहाँका अनुसार उनीहरू आफ्नो लगानीको प्रतिफल के कस्तो भएको छ भन्ने आफ्नै आँखाले हेर्न यहाँ आएका हुन् । उहाँले भन्नुभयो, ‘हङकङ र डेनिस रेडक्रसको सहयोगमा दोर्दी गाउँपालिकामा अपाङ्गता समावेसी तथा जुनियर रेडक्रसको परियोजना सन् २०२६ सम्मका लागि सञ्चालन भइरहेको छ, खासमा उनीहरू त्यस कार्यक्रमको अनुगमनका लागि आएका हु्न् ।’
सो अवसरमा दुईवटै विद्यालयमा जुरेसका विद्यार्थीहरूलाई विभिन्न खेलहरू म्युजिकल चेयर, दा–भिन्चि ब्रिज, कोओपोरिटिभ गेम लगायतका खेल खेलाएका रेडक्रस लमजुङका उप– मन्त्री दिपक न्यौपानेले जानकारी दिनु भयो । उहाँका अनुसार अन्तरक्रिया कार्यक्रमको अबसरमा पेयर टु पेयर लर्निङ, हङकङ युनिभर्सिटि रेडक्रस क्लब र नेपाल रेडक्रस सोसाईटी जुनियर युवा सर्कल अन्तर्गत कक्षा– ६ देखि १० का विद्यार्थी बिचमा सिकाई आदान प्रदान गर्ने काम समेत भएको थियो ।
सो अवसरमा स्वंमसेवक हङकङका विद्यार्थीहरूले व्यालेन्स डाईट फुड, पिरामिड, हेल्दि फुड, जंक फुड, पोजेटिभ थिङ्किङ, मेन्टल हेल्थ र फ्युचर करियरको बारेमा विद्यार्थीहरूसंग अन्तरक्रिया गरेको हङकङ रेडक्रसका टिम लिडर जेनिसले बताउनु भयो । उहाँका अनुसार कार्यक्रमले राम्रो उपलब्धी दिएको अनुभव भयो । उनले भने, ‘अब हामीले भोलिका दिनमा के कसरी अघि बढ्ने भन्ने बारेमा हङकङ फर्केपछि रणनीति र कार्यक्रम तयार गर्ने छौं र यहाँ पठाउने छौं ।’
कार्यक्रममा विद्यार्थीहरूको शिक्षण सिकाई क्रियाकलापका वारेमा छलफलसँगै जुनियर रेडक्रस सर्कलको गतिविधि, व्यक्तित्व विकासमा विद्यार्थीको धारणावारे विचार तथा अनुभव आदानप्रदान गरिएको रेडक्रसका निवर्तमान जिल्ला अध्यक्ष दिपक बरालले बताउनु भयो ।
कार्यक्रमहरूमा डेनिस रेडक्रस प्रतिनिधि शुभद्रा देवकोटा, कार्यक्रम संयोजक अनिता अधिकारी, रेडक्रस सोटाइटी लमजुङ शाखाका कार्यक्रम अधिकृत गणेश गौली, विद्यालयका प्रधानाध्यापकहरू, शिक्षकहरू, विद्यार्थीहरूको साथै समुदायका रेडक्रससँग सम्बन्धित गाउँलेहरूको सहभागिता रहेको थियो ।
ती स्वयम्सेवकहरूको भ्रमण दलमा सुरुदेखि विदाईसम्म सहभागी भएकी उक्त कार्यक्रम संयोजक अनिता अधिकारीले उनीहरू खुशी भएका छन् । लमजुङमा अबका दिनमा रेडक्रसको यस्तो थप परियोजना सञ्चालनमा सहज हुने विश्वास जागृत भएको जानकारी दिनुभयो ।
– गणेश गौलीको सहयोगमा ।

प्रकाशित मिति २०८१ असार २९, शनिबार ०७:२० गते
हजुरको प्रतिक्रिया