सिमलताल दुर्घटना : थप दुई जनाको शव भेटियो, पहिचान खुल्न बाँकी

सिमलताल दुर्घटना : थप दुई जनाको शव भेटियो, पहिचान खुल्न बाँकी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार ३० गते शनिवार ०७:५०

गैँडाकोटमा भेटिएको शव पनि चितवन ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले बताउनु भयो । उहाँका अनुसार भरतपुरस्थित जिल्ला अस्पतालमा शव राखेर पहिचानको प्रयास गर्छौं ।
यतिबेला चितवन जिल्ला अस्पतालमा त्रिशूलीमा बेपत्ता भएकाहरूको आफन्तहरू उपस्थित छन् । उनीहरूबाट शवको पहिचानका लागि प्रक्रिया अगाडि बढ्ने डिएसपी रिजालको भनाइ छ ।

एउटा शव बालुवामा पुरिएको अवस्थामा र र अर्को शव तैरिएको अवस्थामा भेटिएको हो ।

नारयणगढ(चितवन)– हिजो बिहानै त्रिशुली नदीमा खसेका दुई बसको अझै पत्तो छैन । तर नारायणी नदी किनारमा थप दुई पुरुषको शव फेला परेको छ । नवलपुरको गैंडाकोट– ७ गैरीस्थित नारायणी नदी किनारमा दुई पुरुषको शव असार २९ गते दिउँसो फेला परेको हो ।
ती शव नारायणगढ– मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका बसका यात्रुको हुनसक्ने आशंका छ । एक शव तैरिएको अवस्थामा र अर्को शव त्यही नजिकै बालुवामा पुरिएको अवस्थामा भेटिएको हो ।
शवको पहिचान भइनसकेकोले उक्त शव त्रिशूलीमा बेपत्ता यात्रुकै हो कि होइन भन्ने यकीन भइसकेको छैन ।
यसअघि आज बिहान भरतपुर महानगरपालिका– २८ गोलाघाटमा एक जना बसका यात्रु भारतीय नागरिकको शव फेला परेको थियो । ती पुरुषको शव सनाखत भइसकेको छ । उनी भारत बिहारको सितामणी बर्गिनिया जमुवा बस्ने २८ वर्षीय ऋषि पल साह रहेको पुष्टि भएको रिजालले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘सनाखत भएको शव पोस्ट मर्टमपछि आवश्यक प्रक्रिया पूरा गरी परिवारलाई बुझाउने तयारी छ ।’
गैँडाकोटमा भेटिएको शव पनि चितवन ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले बताउनु भयो । उहाँका अनुसार भरतपुरस्थित जिल्ला अस्पतालमा शव राखेर पहिचानको प्रयास गर्छौं ।
यतिबेला चितवन जिल्ला अस्पतालमा त्रिशूलीमा बेपत्ता भएकाहरूको आफन्तहरू उपस्थित छन् । उनीहरूबाट शवको पहिचानका लागि प्रक्रिया अगाडि बढ्ने डिएसपी रिजालको भनाइ छ ।
गोलाघाटस्थित नारायणी नदी किनारमा एक पुरूषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले बताउनु भयो । उहाँका अनुसार मृत भेटिएका युवक ऋषिपाल साह रहेको खुलेको छ । मृतक घोप्टो परेको र आधा शरीर बालुवामा पुरिएको अवस्थामा भेटिएका हुन् ।
डिएसपी रिजालले भन्नुभयो, ‘उनको साथमा भेटिएको ग्लोबल आइएमई बैंकको भिसा डेविट कार्डबाट नाम खुलेको तर उनी कुन गाडीमा सवार थिए भन्ने खुल्न सकेको छैन ।’
मुग्लिन–नारायणघाट सडकमा पहिरोले बस बगाउँदा कम्तिमा ४८ जना यात्रु बेपत्ता भएको आंकलन छ ।
बस खोज्न ठूलो चुम्बक प्रयोग साथ चितवनको गोलाघाटसम्म खोजिने :
हिजो त्रिशुलीमा खसेको बस खोज्न ठूलो चुम्बक (म्याग्नेट) को प्रयोग गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी अब ठूलो म्याग्नेटको सहायताले खोजी गरिने जानकारी दिएको हो । प्रशासनले खोजी तथा उद्दारका लागि सबै खालका प्रयासहरू जारी राखेको जनाएको छ ।
वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस हिजो २८ गते बिहान भरतपुर महानगरपालिका– २९ को सिमलतालमा पहिरोमा परी त्रिशुली नदीमा खसेका थिए । उक्त दुर्घटनामा परेका तीन यात्रु पौडी खेलेर बाँच्न सफल भएका थिए ।

प्रकाशित मिति २०८१ असार २९, शनिबार १९:५० गते
हजुरको प्रतिक्रिया