ओली मुलुकको ४५औँ प्रधानमन्त्री : यस्तो छ नयाँ मन्त्रिपरिषद् (सूचीसहित)

ओली मुलुकको ४५औँ प्रधानमन्त्री : यस्तो छ नयाँ मन्त्रिपरिषद् (सूचीसहित)

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार ३२ गते सोमबार ०८:१९

ओलीलाई प्रधानमन्त्रीमा आजै नियुक्त हुनु भएको हो भने उहाँले तत्कालै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको छ ।

मन्त्रीहरूको वरियता क्रम : सरकारका प्रवक्ता पृथ्वीसुब्बा :

काठमाडौँ– एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् गठन गर्नु भएको छ । प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्नु भएको थियो । सिफारिस अनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गर्नु भयो । त्यसपछि मन्त्रीहरूको समेत पद तथा गोपनीयताको शपथ आज असार ३१ गते लिएका छन् ।
ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १०, एमालेबाट ८, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ गरी २१ जनालाई मन्त्रीको जिम्मेवारी दिइएको छ । २५ सदस्यीय मन्त्रिपरिषदमा अब तीन जना राज्यमन्त्री मात्र नियुक्त हुन बाँकी छ ।
प्रमुख सत्ता साझेदार कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी भएको छ । साना पार्टी जसपा र लोसपाले मात्र सरकारमा गएका छन् । तर नागरिक उन्मुक्ति पार्टी, जसपा र जनमतले सरकारमा स्थान पाउन सकेनन् ।
मन्त्रीहरूको वरीयता : सरकारका प्रवक्ता पृथ्वीसुब्बा :
नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरूलाई महाराजगन्जस्थित राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ गराइएको हो ।
ओलीलाई प्रधानमन्त्रीमा आजै नियुक्त हुनु भएको हो भने उहाँले तत्कालै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको छ ।
मन्त्रिपरिषद्को दोस्रो वरीयतामा नेपाली कांग्रेसका तर्फबाट नेतृत्व गर्नु भएका उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह हुनुहुन्छ । वरीयताको तेस्रो नम्बरमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल रहनु भएको छ ।
क्रमशः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्रमन्त्री आरजु राणा, खानेपानीमन्त्री प्रदीप यादव हुनुहुन्छ ।
सूची अनुसार वरीयता :
१. केपी शर्मा ओली– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. प्रकाशमान सिंह– उपप्रधान तथा सहरी विकास
३. विष्णु पौडेल– उपप्रधान तथा अर्थ
४. पृथ्वीसुब्बा गुरुङ– सञ्चार तथा सूचना प्रविधि
५. रमेश लेखक– गृह
६. शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा
७. आरजु राणा– परराष्ट्र
८. प्रदीप यादव– खानेपानी
९. बलराम अधिकारी– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१०. दामोदार भण्डारी– उद्योग, वाणिज्य तथा आपूर्ति
११. नवलकिशोर साह सुडी– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१२. देवेन्द्र दाहाल– भौतिक पूर्वाधार तथा यातायात
१३. तेजुलाल चौधरी– युवा तथा खेलकुद
१४. प्रदीप पौडेल– स्वास्थ्य तथा जनसंख्या
८१५. अजय चौरसिया– कानुन, न्याय तथा संसदीय मामिला
१६. बद्री पाण्डे– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१७. रामनाथ अधिकारी– कृषि तथा पशुपन्छी विकास
१८. विद्या भट्टराई– शिक्षा, विज्ञान तथा प्रविधि
१९. मानवीर राई– रक्षा
२०. दीपक खड्का– ऊर्जा, जलस्रोत तथा सिँचाइ
२१. राजकुमार गुप्ता– संघीय मामिला तथा सामान्य प्रशासन
२२. ऐनबहादुर शाही– वन तथा वातावरण हुनुहुन्छ ।

सरकारका प्रवक्ता पृथ्वीसुब्बा :
सरकारका प्रवक्तका रुपमा पृथ्वीसुब्बा गुरूङ (लमनुङ) चयन हुनु भएको छ । यसअघि संस्कृति मन्त्ती हुनुका साथै गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्रीको अनुभव हासिल गरी सक्नु भएको छ । उहाँले एमालेको उपमहासचिव समेत हुनुहुन्छ ।
एक महिनाभित्र परिणाममुखी काम :
यसैबीच, प्रधानमन्त्री ओलीले एक महिनाभित्र परिणाममुखी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिनु भएको छ । मन्त्रिपरिषद्को पहिलो बैठकमा ओलीले केही न केही फरक काम गरेर देखाउन निर्देशन दिनु भएको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भन्नुभयो, ‘प्रधानमन्त्रीज्युल क्याबिनेटका प्रत्येक मन्त्रीलाई एक महिनाभित्र केही न केही गरेर देखाउन निर्देशन दिनुभएको छ । उहाँले परिणाममुखी काम गरेर देखाउन मन्त्रीहरूलाई निर्देशन दिनुभएको हो ।’

प्रकाशित मिति २०८१ असार ३१, सोमबार २०:१९ गते
हजुरको प्रतिक्रिया