अन्तरङ्ग समाचार प्रभाव : सहसम्पादक पौडेलद्वारा अप्सराकी कान्छी छोरी लक्ष्मीलाई प्लसटुसम्म पढाउने प्रतिवद्धता

अन्तरङ्ग समाचार प्रभाव : सहसम्पादक पौडेलद्वारा अप्सराकी कान्छी छोरी लक्ष्मीलाई प्लसटुसम्म पढाउने प्रतिवद्धता

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ साउन १ गते मङ्गलबार ०२:३८

अप्सराको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी सुन्दरबजार नगर समिति, चेम्बर अफ कमर्श सुन्दरबजार, लमजुङ– कतार समाजबाट पनि सहयोको प्रतिवद्धता आएको छ । ती संस्थाका अध्यक्षाहरू क्रमशः श्याम केसी, विष्णुकुमार श्रेष्ठ, विनोदप्रसाद बसौलाले आ– आफ्नो समितिकोतर्फबाट सक्दो सहयोगको प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

अप्सराको परिवारमा पनि अपाङ्ग सदस्य समेत रहेको भन्ने जानकारी पाएपछि आफू्लाई त्यो सहयोग गर्ने इच्छा जागृत भएको अपाङ्ग अभियन्ता पौडेलले बताउनु भएको छ ।

अन्तरङ्ग समाचार प्रभाव :

बेसीशहर– अन्तरङ्ग न्यूजडटकममा प्रकाशित ‘गरीबीको पीडा झेल्न नसकी आत्महत्या गरेकी अप्सराको काजक्रिया गर्ने खर्चको पनि अभाव’ शीर्षकको आज विहान प्रकाशित समाचार पढेर अन्तरङ्ग राष्ट्रिय साप्ताहिकका सहसम्पादक चन्द्रकान्त पौडेलले अप्सराकी कान्छी छोरी लक्ष्मीलाई प्लसटुसम्म पढाई दिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । लक्ष्मी अहिले विद्याज्योति माविमा कक्षा– ६ मा अध्ययनरत छिन् । यसैगरी अन्यत्रबाट पनि अप्सराको काजक्रियाका साथ अन्य सहयोग समेत प्राप्त हुने संकेत यो समाचार तयार गर्दै गर्दा साउन १ गते २ बजेसम्म देखिएको छ ।
जिल्लामा रहेर डेढ दशक बढी लामो समयदेखि अपाङ्गता अभियन्ताको भूमिका समेत निभाउँदै आउनु भएका पौडेल २०६२ सालको असोजमा स्थापित अपाङ्ग संरक्षण समाज, लमजुङका संस्थापक अध्यक्ष हुनुहुन्छ भने उहाँ राष्ट्रिय अपाङ्ग महासंघको निवर्तमान केन्द्रीय सदस्य तथा राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकी प्रदेशको महासचिव समेत हुनुहुन्छ । समाजसेवीको रुपमा समेत परिचित पौडेल यहाँ स्थित लक्ष्मीनारायण पुस्तकालय निवर्तमान सचिव, ठाडोभाका लोककला प्रतिष्ठान नेपालको निवर्तमान कार्यकारी सदस्य, बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सदस्य रहेर लामो अनुभव हासिल गर्नु भएको छ भने जिल्ला सदरमुकाममै रहेको जन विकास माविको व्यवस्थापन समितिको सदस्यकोसमेत अनुभव हासिल गर्नु भएको छ ।

विभिन्न स्थानबाट संस्थागत सहयोगको प्रतिवद्धता :
यसैगरी अप्सराको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी सुन्दरबजार नगर समिति, चेम्बर अफ कमर्श सुन्दरबजार, लमजुङ– कतार समाजबाट पनि सहयोगको प्रतिवद्धता आएको छ । ती संस्थाका अध्यक्षाहरू क्रमशः श्याम केसी, विष्णुकुमार श्रेष्ठ, विनोदप्रसाद बसौलाले आ– आफ्नो समितिकोतर्फबाट सक्दो सहयोगको प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
अप्सराको परिवारमा पनि अपाङ्ग सदस्य समेत रहेको भन्ने जानकारी पाएपछि आफू्रलाई त्यो सहयोग गर्ने इच्छा जागृत भएको अपाङ्ग अभियन्ता पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो । उहाँका अनुसार मेरो अपाङ्ग भत्ता मासिक दुई हजार रुपैयाँ आउँछ म त्यो रकम त्यो परिवारको कान्छी छोरीको पढाईमा खर्च गर्छु । उहाँले भन्नुभयो, ‘ती नानीलाई सुन्दरबजारको आदर्श बाल माविमा पढ्ने वातावरण मिलाउनु होला, त्यो विद्यालयमा उनका लागि यो शैक्षिक सत्रदेखि प्सलटु पढ्दासम्म लाग्ने विद्यालयको खर्च (फि, किताव, स्टेशनरी, ड्रेस समेत) खाजा बाहेक सबै सहयोग गर्दछु ।’

प्रकाशित मिति २०८१ श्रावण १, मंगलवार १४:३८ गते
हजुरको प्रतिक्रिया