११ औं बिष्णु एण्ड मञ्जा गुरुङ खुला रनिङ शिल्ड फुटबल प्रतियोगिता शुरु, ४२ टिम सहभागी

११ औं बिष्णु एण्ड मञ्जा गुरुङ खुला रनिङ शिल्ड फुटबल प्रतियोगिता शुरु, ४२ टिम सहभागी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ साउन ४ गते शुक्रबार ०७:३७

जिताकोटमा विगत पाँच दशकदेखि साउने सक्रान्तिको अवसरमा आयोजना हुने गरेकोमा कोरोना संकक्रमण जोखिमका कारण दुई वर्ष प्रतियोगिता प्रभावित भई रोकिएको थियो ।

लमजुङमा सञ्चालन हुने फुटबल प्रतियोगितामा सय तोला बराबरको चाँदीको शिल्ड पुरस्कार प्रदान गर्ने यो पहिलो क्लब हो ।

जिता(लमजुङ)– लमजुङमा ११ औं बिष्णु एण्ड मञ्जा गुरुङ रनिङ शिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ । मध्यनेपाल नगरपालिका– १ जिताकोटमा साउने संक्रान्तिको उपलक्ष्यमा सो रनिङ् शिल्ड राष्ट्रव्यापी खुला फूटबल प्रतियोगिता स्थानीय जितोकोट फ्युचर स्टार युवा क्लबले आयोजना गरेको हो ।
मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेको प्रमुख अतिथ्यतामा एक औपचारिक कार्यक्रम गरी फुटवल प्रतियोगिताको उद्घाटन भएको हो । कार्यक्रमका प्रमुख अतिथि मेयर पाण्डेले रेफ्रिहरूलाई बल हस्तान्तरण गर्दै उद्घाटन गनुभएको हो । आफ्नो उदघाटन मन्तव्यमा उहाँले फूटबल प्रतियोगिताको शान्ति र सौहार्द पूर्ण बातावरणमा सम्पन्न गर्न आग्रह गर्दै सफलताको शुभकामना दिनुभयो । उहाँले फूटबल खेलमा युवाहरूले अलिक बढी चासो लिन पर्नेमा जोड दिँदै त्यसका निम्ति आफूले आर्थिक, भौतिक लगायतका हरेक समस्याको समाधान गर्न तत्पर रहेको बताउनु भयो । उहाँले सो खेल सम्पन्न गर्नका लागि नगरपालिकाको तर्फबाट प्रतियोगिताको पहिलो पुरस्कार वापतको खर्च १ लाख ५० हजार उपलब्ध गराउने घोषणा गर्नुभयो ।
सोही वडाका वडा अध्यक्ष सुदिप थापाले यस खेल मैदानलाई ११ साइजको बनाउनका लागि थप सात लाख रुपैया बजेट विनियोजन गर्ने प्रतिवद्धता प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
क्लबको सल्लाहकार हेमलाल खवासले स्वागत मन्तव्य राख्दै जिताकोटको ऐतिहासिक थलोको रुपमा चिनिने यस साउने सक्रान्ती मेलाले हाम्रो संस्कार संस्कृति जोडिएको भन्दै त्यसलाई जोगाउन थप पहल गर्नु पर्ने बताउनु भयो । उहाँले बिगतको स्मरण गर्दै घाँटु, चुड्का लगायतका विभिन्न कार्यक्रम बसाई सराइएसँगै लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाँले हाम्रो संस्कार संस्कृतिलाई जोगाउन पर्नेमा नयाँ ढंगले सोच्ने बेला आएको उल्लेख गर्नुभयो ।
पहिलो खेल गत बर्षका शिल्ड बिजेता टिम गन्ने एफ सि पोखरा र आयोजक टिम गोल्डेन फ्युचर युवा क्लब बिच भएको थियो जसमा गन्नेले ९– ० गोलले आयोजक टिमलाई पराजित गरेको छ । त्यस्तै, दोस्रो खेल विवाईसी खहरे जिताबेसी र एनभीवाई क्लब तान्द्राङ टक्सारबीच भएकोमा १– ० गोलले जिताबेसी टिम अघि बढेको आयोजकको भनाइ छ । आयोजकका अनुसार चौथो लेख नारी पानी भोर्लेटार अण्डर १६ र छत्रेढुंगा बाँग्रे अण्डर १६ बीचको खेलमा २– ० गोल अन्तरले भोर्लेटार टिम अघि बढेको छ ।
७ ए साइजको खेल मैदानमा सचालिन सो प्रतियोगितामा लमजुङका अतिरिक्त तनहुँ, कास्की, गोरखा र चितवनका गरी ४२ टिमले भाग लिएको क्लबका अध्यक्ष भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिताकोटमा विगत पाँच दशकदेखि साउने सक्रान्तिको अवसरमा आयोजना हुने गरेकोमा कोरोना संकक्रमण जोखिमका कारण दुई वर्ष प्रतियोगिता प्रभावित भई रोकिएको थियो ।
सो प्रतियोगिामा पहिलो पुरस्कारमा सय तोला बराबरको चाँदीको शिल्ड, नगद १ लाख ५१ हजार ट्रफी मेडल र प्रमाण पत्र, दास्रो पुरस्कार नगद ८१ हजार रुपैयाँ, कप, ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ । यसैगरी, सेमी फाइनलमा पुग्ने दुईवटा उत्कृष्ट टिमलाई १५÷१५ हजार नगद कप, ट्रफी, मेडल र प्रमाण पत्र साथै उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनाही नगद ५ हजार रुपैयाँ, कप, मेडल र प्रमाण पत्र रहेको आयोजकको भनाइ छ ।
आयोजक जितोकोट फ्युचर स्टार युवाक्लबका अध्यक्ष रामकृष्ण भुजेलको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सोही क्लबका भोज थापा मगरले गर्नु भएको थियो । उहाँका अनुसार साउने संक्रान्तिका अवसरमा फुटवल प्रतियोगितासँगै विविध सांगीतिक तथा साँस्कृतिक कार्यक्रम समेत भएको थियो ।
लमजुङमा सञ्चालन हुने फुटबल प्रतियोगितामा सय तोला बराबरको चाँदीको शिल्ड पुरस्कार प्रदान गर्ने यो पहिलो क्लब हो ।

प्रकाशित मिति २०८१ श्रावण ४, शुक्रबार ०७:३७ गते
हजुरको प्रतिक्रिया