सो टोली बेसीशहर र मस्र्याङदी गाउँपालिकाका धार्मिक तथा पर्यटकीय स्थलको परिक्रम गर्ने योजना छ ।
तीन जना महिला समेत ८० जना सहभागी
बेसीशहर : लमजुङ साईक्लिङ संघको आयोजनामा गरिएको दोस्रो कोरा साइकल दौड सुरु भएको छ । फूलबारी मञ्चबाट सुरु भएको सो दौडको बेसीशहर नगरपालिकाका उपमेयर पदमा गुरुङको साउन ५ गते विहान एक कार्यक्रमका बीच उदघाटन गर्नु भयो ।
लमजुङको पर्यटन प्रवद्र्धनको उद्देश्यसहित kora cycling challenge 2024 को शुभारम्भ भएको लमजुङ साईक्लिङ संघले जनाएको छ । सो दौडमा तीनजना महिला सहित ८० जना धावकले भाग लिएका छन् । सो टोली बेसीशहर र मर्स्याङदी गाउँपालिकाका धार्मिक तथा पर्यटकीय स्थलको परिक्रम गर्ने योजना रहेको अयोजक संघका अध्यक्ष धुर्वराम प्रधानले बताउनु भयो । प्रस्तुत छ सोको फोटो फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..