रास्वपाको गण्डकी प्रदेश स्थापना दिवस साउन ७ गते, तयारी पुरा

रास्वपाको गण्डकी प्रदेश स्थापना दिवस साउन ७ गते, तयारी पुरा

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ साउन ६ गते आईतबार ०९:३७

सो प्रयोजनका लागि लमजुङबाट जिल्ला सहसंयोजक अशोक सापकोटाको नेतृत्वमा एक टोली पोखराका लागि भोलि बिहानै पोखरा प्रस्थान गर्ने तयारीमा रहेको छ । जसमा बेसीशहर नगरसमिति, सुन्दरबजार नगर समिति, मध्यनेपाल नगर समिति तथा मस्र्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका तथा राइनास नगर समितिबाट विशेष प्रतिनिधित्वका साथ सहभागिता रहने सापकोटाले जानकारी दिनु भएको छ ।

विशेष अन्तरक्रियाका साथमा विधान शंसोधनका लागि सुझाव संकलन गरिने

पोखरा– राष्ट्यि स्वतन्त्र पार्टी (रास्वपा)को गण्डकी प्रदेशस्तरीय स्थापना दिवस भोलि साउन ७ गते यहाँ मनाउने तयारी भएको छ । पार्टीका उपसभापति डिपि अर्यालको विशेष उपस्थितिमा सो कार्यक्रम हुने भएको हो ।
सो अवसरमा पार्टीको गण्डकी प्रदेश भित्रका सबै जिल्ला समिति, निर्वाचन क्षेत्र समिति, पालिका समितिका पदाधिकारीहरूको सहभागिताका लागि आह्वान गरिएको आयोजकको भनाइ छ । कार्यक्रममा सहभागी कार्यकर्ताहरू र केन्द्रीय नेतृत्वका बीच अन्तरक्रिया सहित विशेष छलफल गरिने भएको सो दलका गण्डकी प्रदेश सभापति राजन गौतमले बताउनुभयो । उहाँका अनुसार पार्टीको समसामयिक गतिविधिमा प्रकाश पारिने, कार्यकर्ताका गुनासा सुन्ने र सम्बोधन गरिने तथा मुख्यतः पार्टीको विधान शंसोधनका लागि सुझाव संकलनको कार्यलाई प्राथमिकता दिइने भएको छ ।
स्थापना दिवसको उक्त कार्यक्रम प्रदेशको यहाँ स्थित घण्टीघरमा सञ्चालन गर्ने तयारी रहेको आयोजकको भनाइ छ ।
सो प्रयोजनका लागि लमजुङबाट जिल्ला सहसंयोजक अशोक सापकोटाको नेतृत्वमा एक टोली पोखराका लागि भोलि बिहानै पोखरा प्रस्थान गर्ने तयारीमा रहेको छ ।
जसमा बेसीशहर नगरसमिति, सुन्दरबजार नगर समिति, मध्यनेपाल नगर समिति तथा मस्र्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका तथा राइनास नगर समितिबाट विशेष प्रतिनिधित्वका साथ सहभागिता रहने सापकोटाले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २०८१ श्रावण ६, आईतवार २१:३७ गते
हजुरको प्रतिक्रिया