मर्मतका लागि पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको जहाजमा २२ जना रहेको पुष्टि

मर्मतका लागि पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको जहाजमा २२ जना रहेको पुष्टि

एजेन्सी

@antaranganews

२०८१ साउन ९ गते बुधबार १२:५०

दुर्घटना खबर पाएपछि गृहमन्त्री रमेश लेखक घटनास्थल पुग्नु भएको छ । दुर्घटना स्थलबाट १३ जनाको शव दुर्घटनास्थलबाट निकालिएको छ । शवहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि पठाइएको छ ।

दुर्घटनापछि विमानमा आगलागी भएको थियो ।

काठमाडौँ– मर्मतका लागि पोखरा जादै गरेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले २२ जनाको मृत्यु भएको पुष्टि गरे ।
सो जहाज मर्मतका लागि पोखराका लागि उडेको एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले बताउनु भयो । उहाँका अनुसार दुर्घटनामा चालक मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पठाइएको छ ।
२२ जनामध्ये १८ जना विमानमा सवार रहेको र बाँकी ४ जना बाहिरको मानिस हुनसक्ने पोख्रेलको भनाइ छ । ‘यसको पुष्टि गर्दै छौँ,’ पोख्रेलदले भन्नुभयो । मर्मतका लागि पठाइएको जहाजमा यात्रुलाई किन राखिएको हो भन्ने खोजीको विषय बनेको छ ।
सौर्य एअरलाइन्सको ९ एन एएमई जहाज दुर्घटना स्थलबाट १३ जनाको शव दुर्घटनास्थलबाट निकालिएको छ । जहाजमा यात्रुहरु १९ जना भनिए पनि २२ जना रहेको र चार जना बाहिरिया हुन सक्ने अड्कल छ ।
दुर्घटना खबर पाएपछि गृहमन्त्री रमेश लेखक घटनास्थल पुग्नु भएको छ । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
विमानस्थलबाट उड्ने बित्तिकै जहाज एकाएक खसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले जानकारी दिए । उनका अनुसार दुर्घटनापछि विमानमा आगलागी भएको थियो ।
मृतकहरूको सनाखत हुन बाँकी रहेको जानकारी दिँदै शवहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि पठाइएको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।
एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जहाज ममर्तका लागि पोखरा पठाइएको पुष्टि गर्नु भएको छ ।

प्रकाशित मिति २०८१ श्रावण ९, बुधबार १२:५० गते
हजुरको प्रतिक्रिया