११ औं रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधि लगातार दोस्रो वर्ष पनि गन्नी फुटबल क्लब पोखरालाई

११ औं रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधि लगातार दोस्रो वर्ष पनि गन्नी फुटबल क्लब पोखरालाई

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ साउन १० गते बिहिबार ०८:२५

समापन कार्यक्रमको अन्त्यमा चन्दा दाता सहयोगीदाताहरूलाई सहयोग राशि अनुसार सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

सो प्रतियोगिता जितामा सञ्चालन भएको ४१ औं हो रनिङ शिल्डको प्रतियोगिता मात्र ११ औं हो ।

जिता(लमजुङ)– लमजुङमा सञ्चालित ११ औं बिष्णुबहादुर गुरुङ एन्ड मन्जाबहादुर एण्ड मन्जाबहादुर गुरुङ खुला रनिङ शिल्ड प्रतियोगिताको पहिलो उपाधि गन्नी फुटबल क्लब पोखराले हातमा परेको छ । सो प्रतियोगिता मध्यनेपाल नगरपालिका– १ को जिताकोटमा सोही स्थान स्थित जितोकोट फ्युचर स्टार युवा क्लबले साउने संक्रान्तिको उपलक्ष्यमा आयोजना गरेको हो ।
प्रतियोगिताको साउन ९ गते भएको फाइनल खेल खमारी बोट फुटबल क्लब कुन्छा बजार लमजुङ र गन्नी फुटबल क्लब पोखरा कास्कीका बीचमा भएको थियो । अत्यन्तै प्रतिष्पर्धात्मक रहेको सो प्रतियोगिताको खेल अवधिमा दुवैतर्फबाट एक एक गोल भएको थियो । शुरुमा खमारी बोट फुटबल क्लबले गोल गर्न सफल भएको गन्नी फुटबल क्लब पोखराले तुरुन्तै गोल फिर्ता गरेको थियो । थप समयावधि पनि गोल रहित वित्यो । अन्ततः पेनाल्टी सुट आउटमा लगतार ६ गोल गरेर पोखरा टिम ७– १ गोत अन्तरले बिजयी भएको हो ।
यस प्रकार साउने सक्रान्तिको अवसरमा खेलाइएको सो प्रतियोगिताको पहिलो उपाधि गत बर्ष पनि गन्नी फुटबल क्लबले नै हात पार्न सफल भएको हो । लगातार दोस्रो बर्ष पनि रनिङ शिल्ड जिते पश्चात उसले शिल्ड पचाउन सक्ने सम्भावना बढेको छ । सो क्लबले पहिलो उपाधिका साथमा प्रथम पुरस्कार सय तोला चाँदीको रनिङ शिल्ड १ लाख ५१ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । सेभेन ए साइडमा सञ्चालन गरिएको प्रतियोगितामा जम्मा ३८ टिमले भाग लिएका थिए ।
द्वितीय हुने खमारी बोट फुटबल क्लबले पुरस्कार स्वरुप ८१ हजार नगद, सय तोला बराबरको चाँदीको कप, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । प्रतियोगिताको समापनका अवसरमा मध्यनेपाल नगरपालिका उपप्रमुख सीता गुरुङले सो पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गर्नु भयो । उहाँले पुरस्कार रकम, ट्रफी, मेडल र प्रमाण पत्र हस्तान्तरण गर्दै बधाई दिनु भएको थियो । यसैगरी, सेमी फाइनलमा पुगेका मानचौका फुटबल क्लब भानु– ११, तनहूँ र करापुटार फुटबल क्लब रामबजार, लमजुङले २५÷२५ सय नगद कप, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजक क्लबका सचिव रामबाबु खवासले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगितामा उत्कृष्ट खेलाडिमा खमारी बोट फुटबल क्लबका बिक्की चामलिङ् राइ, उत्कृष्ट गोलकिपर गन्नी फुटबल क्लबका आकाश रानाभाट र सर्वाधिक गोल कर्ताको उपाधि गन्नी फुटबल क्लबका अनुज भन्डारीले प्राप्त गर्न सफल भए । उनीहरू तीनै जनालाई जनही नगद ५ सय मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
यसैगरी, उत्कृष्ट टिम करापुटार फुटबल क्लब रामबजारलाई १० हजार र प्रमाण पत्र दिएको आयोजक क्ल्बका क्लबका अध्यक्ष रामकृष्ण भुजेलले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगिता जितामा सञ्चालन भएको ४१ औं हो रनिङ शिल्डको प्रतियोगिता मात्र ११ औं हो । उहाँले भन्नुभयो, ‘साउन २ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा लमजुङ् तनहुँ कास्की र चितवन लगायतका जिल्लाका ३८ टिमले भाग लिएका थिए ।’
समापन कार्यक्रमको अन्त्यमा चन्दा दाता सहयोगीदाताहरूलाई सहयोग राशि अनुसार सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

प्रकाशित मिति २०८१ श्रावण १०, बिहीबार २०:२५ गते
हजुरको प्रतिक्रिया