काठमाडौँ– श्यामदास वैष्णवको विशेष कार्यक्रमका बीच शतवार्षिकी मनाइएको छ । नइ प्रकाशनको संयोजनमा वानीरा फाउन्डेसनले राजधानी काठमाडौँमा गणेशकवि श्यामदास वैष्णवको शतवार्षिकी साउन ११ गते मनाइएको हो ।
सो अवसरमा नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘गणेशकवि श्यामदास वैष्णव’नामक जीवनीकृतिको समेतको लोकार्पण गरिएको थियो । प्रमुख अतिथि लोकमानसिंह कार्की लगायत नीर शाह र ई. शङ्कर गिरीबाट उक्त कृतिको लोकार्पण गरिएको हो । सो कृतिमा वैष्णवको जीवनका सम्पूर्ण दस्तावेजलाई सङ्क्क्षेपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
लोकार्पित कृतिका बारेमा वानीरा फाउन्डेसनका अध्यक्ष वरिष्ठ साहित्यकार इन्दिरा प्रसाई, प्रमुख अतिथि लोकमानसिंह कार्की, वरिष्ठ ई.शङ्कर गिरी, नीर शाह, मदनदास श्रेष्ठ, भगवती बस्नेत र नरेन्द्रराज प्रसाईले वैष्णवको जीवन र कृतिकाबारेमा आफ्ना गहन मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा नीर शाह, मदनदास श्रेष्ठ, भगवती बस्नेत र नरेन्द्रराज प्रसाईले वैष्णवको जीवन र कृतिकाबारे मन्तव्य व्यक्त गर्नु भएको वानीरा फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार ‘गणेशकवि श्यामदास वैष्णव’नामक जीवनीकृतिमा वैष्णवको बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, पारिजात, उत्तम कुँवर र वानीरा गिरीसँगको अन्तरसम्बन्ध पनि सविस्तार खुलाइएको छ ।
प्रकाशित मिति २०८१ श्रावण ११, शुक्रबार २०:०० गते