जनतामा व्याप्त निराश हटाउन एमाले– काँग्रेस बीच गठबन्धन : सञ्चारमन्त्री पिएस गुरुङ

जनतामा व्याप्त निराश हटाउन एमाले– काँग्रेस बीच गठबन्धन : सञ्चारमन्त्री पिएस गुरुङ

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ साउन १२ गते शनिवार ०९:१५

२०४६ सालको पञ्चायत विरुद्धको आन्दोलन, २०६२–०६३ को जनआन्दोलन तथा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुका साथै निरंकुश राजतन्त्र फल्न, संविधान सभा निर्माण गरी संविधान बनाउन एमाले– कांग्रेस मिलेको उल्लेख गर्नुभयो ।

कांग्रेस–कम्युनिष्ट मिलेको महत्वपूर्ण घटनामा मिलेको यो चौँथो हो ।

बेसीशहर— सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जनतामा व्याप्त निराश हटाउन एमाले– काँग्रेस बीच गठबन्धन भएको बताउनु भएको छ । लमजुङको सदरमुकाम यहाँ आयोजना गरिएको एमालेको युवा संगठन राष्ट्रिय युवा संघ गण्डकी प्रदेशको प्रथम अधिवेशनको उदघाटन गर्दै स्थिर सरकारका लागि यसपटक कांग्रेस–एमाले मिलेको दाबी साउन १२ गते गर्नु भएको हो ।
सञ्चारमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला आउनु भएका उहाँले कांग्रेस–एमाले मिल्नु कुनै नौलो नभएको भन्दै राष्ट्रिय घटनाक्रम अनुसार कांग्रेस– एमाले मिलेर समस्याको समाधान गर्दै आएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘कहिले पाहिलो पार्टी र तेस्रो पार्टी मिलेर सरकार बनाउने, कहिले दोस्रो पार्टी र तेस्रो पार्टी मिलेर सरकार बनाउने, यस्तै– यस्तैले सरकार स्थिर भएन । जनतामा निराशा छायो । अहिलेको परिस्थिति अवस्थाले कांग्रेस– एमाले मिल्नुको विकल्प थिएन, त्यसैले हामी मिलेका हौं ।’
यसअघिभन्दा किनै छोटो करिब १५ मिनेट मात्र मन्तव्य दिनु भएका मन्त्री गुरुङले अधिकांश समय कांग्रेस–एमाले गठबन्धनको सरकारको आवश्यकता औचित्यका बारेमा पुष्टि गर्ने प्रयासमा खर्चनु भएको थियो । उहाँले भन्नुभयो, ‘झट्ट हेर्दा कांग्रेस–एमालेको गठबन्धन अप्राकृतिक जस्तो देखिन्छ । तर, नेपालमा जब ठूलो राष्ट्रिय संकट आउँछ, त्यसका लागि कांग्रेस एमाले मिलेकै छन् ।’ यो कुनै नौलो होइन भन्दै उहाँले विगतको इतिहासको स्मरण गर्नु भयो ।
२०४६ सालको पञ्चायत विरुद्धको आन्दोलन, २०६२–०६३ को जनआन्दोलन तथा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुका साथै निरंकुश राजतन्त्र फल्न, संविधान सभा निर्माण गरी संविधान बनाउन एमाले– कांग्रेस मिलेको उल्लेख गर्नुभयो ।
कांग्रेस–कम्युनिष्ट मिल्दा महान उपलब्धिहरू हासिल हुने दावी गर्दै भन्नुभयो, ‘राष्ट्रका लागि निश्चित उद्देश्य लिएर महान उपलब्धि हासिल गर्न कांग्रेस एमाले मिलेकै छन् । यस्ता महत्वपूर्ण घटनामा मिलेको यो चौँथो पटक हो, अन्य घटनाहरूमा पनि मिलेका छौं उहाँको प्रष्टोक्ति थियो ।
उहाँले भन्नुभयो, ‘कांग्रेस एमाले मिलेर सरकार बनेपछि नागरिकमा आशा पलाएको छ । यो सरकार स्थिर हुन्छ भन्नेमा जनतामा आशा पलाएको छ ।’ जनतामाझ स्थायी सरकारको विश्वास दिलाउन कांग्रेस–एमाले मिलेको हो । यसले मुलुकमा देखा परेको समस्याको समाधान गर्छ उहाँले भन्नुभयो । उहाँले राष्ट्रिय स्वाधीनताको मुद्दामा अघि बढ्न समेत कांग्रेस–एमाले गठबन्धनको सरकार आवश्यक रहेको दाबी समेत गर्नु भयोे ।
उहाँले स्थिर सरकार नहुँदा विकास नभएको, पुँजीगत खर्च हुन नसकेको, सुशासन कायम हुन नसकेको, शान्ति सुरक्षा कायम गर्न नसकेको र जनतामा निराश छाएको बताउनु भयो । उहाँले दुई तिहाई सुविधाजनक मतमा रहेको वर्तमान सरकारमा विश्वासको मत बढ्दै जाने र स्थिर सरकार रहनमा थप मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘१८ खर्ब बजेटमा पुँजिगत खर्च ३ खर्ब छ । त्यो पनि खर्च हुन सकेन, देशको अवस्था यस्तो छ ।’ यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरु गरिएका ठूला आयोजनाहरू, विकास निर्माणहरू, पूर्वाधारहरू ठप्प रहेको र तिनलाई वर्तमान सरकारले अघि बढाउने दावी उहाँको थियो ।
‘संसद्को पहिलो र दोस्रो शक्ति मिल्दा सरकार तानाशाही हुन्छ भन्ने टिप्पणीहरू सुनिन्छन् । हामी सुशासन कायम गर्छौं, समृद्धिको अभियानलाई अघि बढाऔं छौं, राष्ट्रिय स्वाधीनताको मुद्दा छ, विकासका लागि निर्वाह गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्छौं’ भन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा एमाले पोलिटव्युरो सदस्य एवम् युवा संघ इन्चार्ज महेश बस्नेत, एमालेका केन्द्रीय सदस्य जमीन्द्रमान घले, युवा संघ पूर्वअध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य राजीव पहारी, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटिका संयोजक पिताम्बर खनालको अध्यक्षतामा सो कार्यक्रम भएको हो । उहाँका अनुसार अधिवेशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका आयोजक कमिटीसहित २ सय ५४ जना प्रतिनिधि छनौट भएर आएका छन् । उहाँका अनुसार अधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि समापन हुनेछ ।

प्रकाशित मिति २०८१ श्रावण १२, शनिबार २१:१५ गते
हजुरको प्रतिक्रिया