युवा संघ गण्डकीको अध्यक्षमा स्याङ्जाका खनाल निर्विरोध

युवा संघ गण्डकीको अध्यक्षमा स्याङ्जाका खनाल निर्विरोध

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ साउन १४ गते सोमबार ०८:०७

सम्पन्न अधिवेशनले उपाध्यक्षमा लमजुङका रोशन तामाङ तथा सचिवमा नवलपुरका आशा गैरेलाई चयन गरेको छ । त्यस्तै, उपसचिवमा गोरखाका किरण ढकाल र पर्वतका सन्तोष शर्मा र कोषाध्यक्षमा तनहुँका जीवन क्षेत्रीलाई चयन गरेको सो समितिका नवनिर्वाचित सचवि आशा गैरेले बताउनु भयो ।

सो अधिवेशनको सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले उदघाटन गर्नु भएको थियो ।

बेसीशहर– नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको दुई दिने प्रथम अधिवेशनले स्याङ्जाका पिताम्बर खनाल (सुनिल) लाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । सो अधिवेशन लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा साउन १३ गते सम्पन्न भएको हो ।
सम्पन्न अधिवेशनले उपाध्यक्षमा लमजुङका रोशन तामाङ तथा सचिवमा नवलपुरका आशा गैरेलाई चयन गरेको छ । त्यस्तै, उपसचिवमा गोरखाका किरण ढकाल र पर्वतका सन्तोष शर्मा र कोषाध्यक्षमा तनहुँका जीवन क्षेत्रीलाई चयन गरेको सो समितिका नवनिर्वाचित सचवि आशा गैरेले बताउनु भयो ।
उहाँका अनुसार ३३ सदस्यीय समितिको सदस्यहरूमा गोरखाका दिलिप कोइराला, ठाकुर गोतामे र रसिया मिया, लमजुङका सन्तोष श्रेष्ठ, विजय तामाङ र लक्ष्मी खड्का, तनहुँका मनिषा विक र अनुप श्रेष्ठ, स्याङ्जाका अब्बु मिया, प्रकाश अधिकारी, उत्तम परियार र सिमी खनाल, कास्कीका मिलन गुरुङ, मिरा खत्री, एकनारयण पैडेल र सन्तोष थापा चयन भएका छन् ।
उहाँले भन्नुभयो, ‘अन्य सदस्यमा मनाङका दीर्घराज गुरुङ, सुमन्त गुरुङ र भूमिका गुरुङ, म्याग्दीका डेनिल फगामी, नारायण राई (रोमन) र गौरी गर्वुजा, पर्वतका रजनी श्रेष्ठ र जगत लमिछाने, बागलुङका सन्तोष रेम्मी र सुन्दर श्रीस्, नवलपुरका विजय श्रेष्ठ, सहिल श्रेष्ठ र रेनु गैरे थारु सदस्यमा चयन भएका छन् ।’ खुलातर्फ ५ जना महिला चयन भएको सचवि गैरेले जानकारी दिनु भयो ।
सो अधिवेशनको सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले उदघाटन गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ श्रावण १४, सोमबार २०:०७ गते
हजुरको प्रतिक्रिया