घनपोखरा(लमजुङ)– विद्युत प्राधिवकरणको लापरवाहीका कारणले गर्दा साविक घनपोखरा गाविस– १, हालको मस्र्याङ्दी गाउँपालिका– २ को भाँचे गाउँका चार घर विस्तापित हुने स्थितिमा पुगेका छन् । गत असार ११ गते राती आएको भीषण पानीका कारण त्यस्तो स्थिति उत्पन्न भएको हो ।
त्यस्तो स्थिति बेहोर गर्नु हुनेहरूमा सो गाउँका शारीरिक अपाङ्ग समेत रहनु भएका पुतली गुरुङ, उहाँका भाइ चन्द्रलाल गुरुङ, छिमेकी द्वय बुद्धिबहादुर गुरुङ र मनु गुरुङ रहेको पुतली गुरुङले बताउनु भयो । उहाँका अनुसार आफ्ना बाबाले २००३ सालमा निर्माण गरेको धन्सार तथा घर र छिमेकीका घरमा त्यस्तो घट्ना भएको हो । उहाँले भन्नुभयो, ‘धन्सारमा ऐले पनि भाइ चन्द्रलाल सुत्ने गर्दछन् भने भैंसी, भेडा, बाख्रा बाध्ने गरेको छ ।’ त्यो दिन(असार १२ गते)मा विहान २ बजेतिर पोल ढलेर दुर्दशा बनाएको उहाँको भनाइ छ ।
प्राधिकारणका कर्मचारीहरूले २०६३ सालमा गोठ बनाइएको पर्खालसँगै जोडेर पोल गाड्ने काम गर्नुमा नै खराब नियत राखेको प्रत्यक्षदर्शीले बताए । त्यसरी घर धन्सारमा विद्युतको तार पर्ने परी विजुलीको पोल गाडेर तार तान्ने काम काम गर्न नै नहुने प्राविधिकको भनाइ छ । विजुलीको तारको मुनी वा छेउँछाउँमा बस्ने मानिसहरू होउन् या पुश चौपाय– सबैलाई विद्युत प्रवाहले शारीरिक नोक्सान पु¥याउने(बाझोपन हुने, अपाङ्ग बच्चा जन्मने, शरिर कमजोर हुने आदि) काम गर्दछ । त्यतिमात्र नभई आगलागीको समेत भय रहने हुन्छ ।
यस्तो कुरा पहिले आफूहरूलाई कसैले नभनेको र थाहा नभएको तर थाहा भएपछि पोल सारी दिन अनुरोध गर्दा प्राविकरणले नटेरेको भन्ने पीडितहरूको भनाइ छ । उहाँका अनुसार घरको वरपर सबै आफ्नो जग्गा हो, हामी पोल सार्नका लागि जग्गा दिन तयार छौं ।
त्यस घट्ना(असार ११ गते राति) पछि पटक पटक अनुरोध गर्दा पनि विजुली अफिसका मानिसले टेरेका छैनन् । एक जना कर्मचारी आएर तार काटेर जाने काम मात्र ग¥यो, ऐले अर्काको घरबाट विद्युत तार तानेर विजुली बाल्ने गरेको पुलती गुरुङले बताउनु भएको छ । ती को र कस्ता प्रविधिक हुन् जस्ले यस्तो काम गरे ? उनको खोजी भइरहेको छ ।
त्यसरी गाडिएको पोल पनि हाल ठलेका कारण चार घर विस्तापित हुने अवस्थामा छन् ।
प्रकाशित मिति २०८१ श्रावण १७, बिहीबार १०:३३ गते