काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय नेतृत्व दुई दिने ‘बन्द कार्यशाला’मा बसेको छ । विहान ७ बजेबाट सुरु भएको सो दुईदिने बन्द कार्यशाला केन्द्रीय कार्यालय वनस्थलीमा साउन १४ गते सुरु भएको हो ।
आज बिहान ७ बजेदेखि कार्यशाला सुरु गरिएको हो । जारी बन्द कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी रहेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनु भएको छ । उहाँका अनुसार कार्यशालामा विचार, संगठन, मूल्य–मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियानबारे गहन छलफल हुने कार्यतालिका छ । उहाँले भन्नुभयो, ‘कार्यशाला भोलि पनि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म चल्ने छ ।’
यसअघि यही साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने तथा अभियान परिचालन गर्ने उद्देश्यले सघन प्रशिक्षण कार्यशाला (क्लोज क्याम्प) सञ्चालन गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति २०८१ श्रावण १८, शुक्रबार ०९:१३ गते