लमजुङ– राज्य पत्रपत्रिकाप्रति अनुदार देखिएको प्रतीत भएको छ । प्रेस काउन्सिल नेपालले गरेको आव २०७९ /८० को पत्रपत्रिकाको साउन १८ गते प्रकाशित वर्गीकरण नतिजाले त्यस्तो पुष्टि गरेको हो ।
लमजुङमा एक दैनिक र छ वटा साप्ताहिक पत्रिका प्रकाशन हुने गरेको काउन्सिलको वर्गीकरणको सूचिमा देखिन्छ । तर जिल्लाका बजारमा कतिवटा पत्रपत्रिकाहरू बजारमा आउने गरेका छन् ? पाठक वर्गलाई थाहै छ ।
घोषित नतिजा अनुसार गत वर्षसम्म ख वर्गमा रहेको लमजुङ दर्पण दैनिक क मा पारिएको छ । जिल्लाको यौटामात्र दैनिक क वर्गमा पर्नुलाई नराम्रो रुपमा हेर्न आवश्यक छैन । अन्य साप्ताहिकहरूमा आव २०७२/७३ सालेदखि लगातर क वर्गमा वर्गीकृत हुँदै आएको जिल्लाकै जेठो पत्रिका अन्तरङ्गलाई ‘ख’मा झारेर डल्याउने काम गरी बहादुरीपूर्ण काम गरिएको पाएको छ ।
त्यसैगरी, अन्य साप्ताहिकहरूमा जिल्लाको ठूलो कान्छे साप्ताहिक स्वतन्त्र शक्ति विगत वर्षजस्तै ख वर्गमै रहेको देखिन्छ । तर अन्य विगतका वर्षमा खमा कायम रहेका पत्रिकाहरू भने गमा झरिएको छ । महिलाको आवाज बोक्दै आएको र वर्गीकरणमा पर्न थालेदेखि ख वर्गमा परिआएको लमजुङ रत्नलाई पनि गमा डल्याउने काम गरिएको छ । यसअघिको नतिजामा लमजुङ जागरण मात्र ग वर्गमा वर्गीकृत थियो ।
साप्ताहिक पत्रिका छ पेजमात्र प्रकाशन गरे पनि हुन्छ तर अन्तरङ्गले अपवाद बाहेकका अंक सबै ८ पेज प्रकाशन गर्ने गरेको छ । अनुभवले पनि पत्रिका स्तरीय हुँदै गएको मानिन्छ । त्यस आधारमा पनि पत्रपत्रिकाहरूको बढुवा हुनुपर्नेमा झन् घटुवा गर्नुले दुई वटा अर्थ लागि रहेको छ ।
पहिलो हो– पत्रपत्रिकाप्रति राज्यको अनुदार नीति । दोस्रो– राजनीतिक दुराग्रह । लमजुङ पत्र पनि गत वर्ष ख वर्गमा परेको थियो । अन्तरङ्ग र लमजुङ रत्न तथा लमजुङ पत्रलाई घटुवा गर्नुको अर्थ राजनीतिक दुराग्रह हो भन्ने प्रष्ट भएको छ ।
सुशासनको गुड्डी हाक्ने राज्यका सञ्चालकहरु राज्य पत्रपत्रिका प्रति अनुदार किन ? भइरहेको छन् भन्ने उत्तर पनि जटिल बनिरहेको जानकारहरू बताउँछन् ।
स्मरणीय छ, अन्तरङ्ग आउँदो भदौदेखि ३३ वर्षमा प्रवेश गर्दैछ । यसप्रकार निरन्तर पत्रिका प्रकाशन गर्न सक्नु चानचुने कुरा होइन । अन्तरङ्गले यसअघि विगतमा आव २०७२÷७३ सालमा पनि ख मा डल्याएकै कारणले सर्वोच्चमा मुद्दा लडेर क वर्ग कायम गरेको पाठक वर्गलाई अवगत नै छ । त्यसपछि खमा डल्याइएको यो पहिलो पटक हो ।
काउन्सिलले यो त्रुटी नसच्याएको खण्डमा सर्वोच्चमा जाने आफ्नो बाटो खुलै रहेको सो साप्ताहिकका प्रकाशक÷सम्पादक नवराज पहाडीले बताउनु भएको छ ।
प्रकाशित मिति २०८१ श्रावण १८, शुक्रबार १९:२४ गते