लमजुङका अधिकारी नेकपा (एकीकृत समाजवादी)काे केन्द्रीय सदस्य निर्वाचित

लमजुङका अधिकारी नेकपा (एकीकृत समाजवादी)काे केन्द्रीय सदस्य निर्वाचित

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ साउन २१ गते सोमबार ०९:२५

पार्टीको आन्तरिक जीवनका बारेमा जिल्लामा आएका भ्रमपूर्ण समाचारप्रति उहाँले दु:ख व्यक्त गर्दै वद्निययत पूर्वक आएका र आउनसक्ने त्यस्ता समाचारमा विश्वास नगर्न आग्रह गर्नु भएको छ ।

साे दलको काठमाडौमा हालै सम्पन्न १० औं महाधिवेशनबाट उहाँ पहिलोपटक केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हाे ।

बेसिशहर- लमजुङका एक जुझारु व्यक्तित्व नेकपा (एकीकृत समाजवादी)काे केन्द्रीय सदस्य निर्वाचित हुनु भएको छ । दुराडाँडा जन्म थलो हुनु भएका रामबाबु अधिकारी साे दलको हालै संघीय राजधानी काठमाडौमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य चयन हुनुहुने जिल्लाकाे एक मात्र नेता हुनुहुन्छ । साे दलको जिल्ला अध्यक्ष समेत रहनु भएका नेता अधिकारी केन्द्रीय सदस्य निर्वाचित हुनु भएको याे पहिलो पटक हाे ।

जिल्लाकाे भाैतिक विकासका साथै कला, संस्कृति, साहित्य, खेलकुद, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रकाे समविकास हुनुपर्छ भन्ने साेच, दृष्टिकोण राख्दै व्यवहारिक रुपमै तिनको खाेज, संरक्षण र प्रवर्द्धनमा जुट्ने जिल्लाका अपवाद नेतामा उहाँ पर्नु हुन्छ । २०५१ सालमा पार्टीको संगठित सदस्य हुदै अनेरास्ववियुकाे त्रिभुवन उमावि मानेचाैका, तनहुँकाे संस्थापक सचिव बनेर नेपालकाे कम्युनिष्ट आन्दोलनमा जाेडिनु भएका उहाँ आजका दिनसम्म अविश्रान्त उक्त आन्दोलनमा क्रियाशील रहनु भएको छ । कुशल संगठनकर्ता समेत रहनु भएका उहाँ साे दलका सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री हुनुहुदा उहाँको स्वकीय सचिव समेत हुनुभई सफल समन्वयकर्ताकाे छवि निर्माण गर्नुभएको थियो ।

राजनीतिसंगै सामाजिक, सांस्कृतिक र साहित्यक विकास हुनुपर्छ भन्ने भावनाबाटले आेतप्राेत उहाँ कार्यरत रहदै आउनु भएको छ । मक्षा १२ पढ्नका लागि काठमाडौं जानु भएका उहाँ लमजुङ काठमाडौं सम्पर्क मञ्चकाे पाँचौ महाधिवेशनमा सचिव तथा छैटौं र साताैं अधिवेशनबाट अध्यक्ष चयन हुनु भएको हाे । २०५५ सालदेखि अविछिन्न रुपमा पार्टीकाे केन्द्रीय सम्पर्क विभागकाे कार्यालय सिचवकाे भूमिकामा रहनु भयो । पार्टीको आठौं र नवाैं महाधिवेशनमा झलनाथ खनाल महासचिव निर्वाचित हुनुभएसंगै केन्द्रीय समावेशी तथा सामाजिक सुरक्षा विभागकाे सदस्य, ९आै महाधिवेशनमा नेपाल बुद्धिजीवी परिषदकाे केन्द्रीय सचिवालय सदस्य हुनु भएको हाे ।

२०७७ पुसदेखि लमजुङ फर्कनु भएका उहाँ चैत २१ गते एमालेमा विद्राेह गरी समानान्तर समितिकाे जिल्ला संयाेजक हुनु भई ०७८ भदौ ९ गतेबाट जिल्ला अध्यक्षका रुपमा हुनुहुन्छ । ०६२/६३ काे सफल १९ दिने आन्दोलनमा १४ दिनसम्म प्रहरी कष्टडीमा बिताउनु भएका उहाँले चीन, भारत, अमेरिका, मलेसिया, सिंगापुर, थाइल्यान्ड, दुबई, कतार आदि देशकाे भ्रमण अनुभव संगाल्दै ती देशको विकासलाई नजिकबाट नियाल्नु भएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अमेरिका जानू हुदा सन् २०१३ मा वानकी मुनसंग भेट्ने माैका पाउनु भएका उहाँको वातावरणमा पनि उत्तिकै चासो र चिन्ता छ । उहाँले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (काेप २८)मा राष्ट्रिय प्रतिनिधिका रुपमा भाग लिनु भएको छ । पार्टीको आन्तरिक जीवनलाई सशक्त बनाउन लागि पर्नुभएका उहाँले पार्टीकाे महाधिवेशन बारेमा लमजुङमा आएका भ्रमपूर्ण समाचारप्रति दु:ख व्यक्त गर्नु भएको छ । त्यस्ता भ्रमपूर्ण समाचारमा विश्वास नगर्न र आफ्नो आस्थाबाट विचलित नहुन सम्वन्धित सबैमा आग्रह गर्नु भएको छ ।

यसैबीच, साे दलको महाधिवेशन बारेमा जिज्ञासा राख्दा आफुले केन्द्रीय सदस्य हुन रुचि नराखेको, कतै कसैलाई भन्न नगएको र रामबाबु केन्द्रीय सदस्य भएकोमा कुनै गुनासो नभएको डा बालकृष्ण बरालले बताउनु भएकाे छ । ३४४ सदस्यीय समितिमा त एक जिल्लाबाट सरदर ३/४ जना पर्नुपर्ने हैन र ? भन्ने जिज्ञासामा त्यस्तो पनि छैन, कति जिल्ला खाली छन् उहाँले भन्नुभयो । त्यसैगरी इजन बरालले रामबाबु केन्द्रीय सदस्य भएकोमा आफुले कतै दु;ख वा गुनासो व्यक्त नगरेको र त्यसमा नमीठो मान्नु पर्ने कारण नभएको बताउनु भएको छ । साे दलको केन्द्रीय समितिमा गण्डकी प्रदेशबाट अधिकारी समेत १५ जना पर्नु भएको उहाँले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति २०८१ श्रावण २१, सोमबार ०९:२५ गते
हजुरको प्रतिक्रिया