प्रेस सेन्टर नेपालद्वारा प्रेस काउन्सिलको ध्यानाकर्षण

प्रेस सेन्टर नेपालद्वारा प्रेस काउन्सिलको ध्यानाकर्षण

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ साउन २५ गते शुक्रबार ०९:२१

पत्रपत्रिकाको नियमनकारी एक मात्र निकाय प्रेस काउन्सिल नेपालले २०८१ साउन १८ गते सार्वजनिक गरेको वर्गीकरणको नतिजा अध्ययन गर्दा पूर्वाग्रही र तथ्यहीन देखिएको भन्दै सेन्टरले आपत्ती जनाएको हो ।

अनेक बहाना बनाएर वर्गीकरणमा नपारेको र अन्य केही मापदण्ड पुरा नगरेका तथा प्रकाशन नै नभएका पत्रिकालाई समेत माथिल्लो वर्गमा पारिएका प्रमाण फेला परेका सेन्टरले जनाएको छ ।

काठमाडौं– प्रेस काउन्सिल नेपालले हालै प्रकाशित गरेको पत्रपत्रिकाको वर्गीकरणमा असन्तुष्टि जनाउँदै प्रेस सेन्टर नेपालले ध्यानाकर्षण गराएको  छ । सेन्टरले ध्यानाकर्षण पत्र साउन २५ गते बुझाउँदै सो कार्य गरेको हो ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रेस सेन्टरले वर्गीकरण सच्याउन ध्यानाकर्षण पत्रमा आग्रह गरिएको छ । प्रेस काउन्सिल नेपालले गरेको आर्थिक वर्ष २०७८–७९ को पत्रपत्रिका वर्गीकरण र मूल्याङ्कनको प्रारम्भिक नतिजाप्रति प्रेस सेन्टर नेपालले आपत्ती जनाएको छ । नेपाल सरका, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहत रहेको पत्रपत्रिकाको नियमनकारी एक मात्र निकाय प्रेस काउन्सिल नेपालले २०८१ साउन १८ गते सार्वजनिक गरेको वर्गीकरणको नतिजा अध्ययन गर्दा पूर्वाग्रही र तथ्यहीन देखिएको भन्दै सेन्टरले आपत्ती जनाएको हो ।
प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरी नेतृत्वको टोली काउन्सिलको कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउन पुगेको थियो ।
गिरीले पछिल्लो समय प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिकाहरूको वर्गीकरण, पुरस्कार वितरणलगायतमा पक्षधरता देखिएको गुनासो आएको भन्दै यसबारेमा काउन्सिल नेतृत्वले गम्भीर भएर सोच्नुपर्नेमा जोड दिनु भएको छ ।
महासचिव सन्तोष पौडेलले दस्तखत गरेको पत्र उहाँले पढेर सुनाउनु भएको थियो । बुझाउँदै पछिल्लो पटक पत्रपत्रिकाको वर्गीकरणको विषयमा आफूहरूको असहमति रहेको र त्यसलाई सच्याएर काउन्सिल अघि बढ्नुपर्ने गिरीको भनाइ थियो । कार्यक्रममा उपाध्यक्ष लक्ष्मण खडका, ओपेन्द्र शर्मा, दिपेन्द्र रावल, महासचिव सन्तोष पौडेलले लगायतले पत्रपत्रिका वर्गीकरण न्यायोचित नभएको सच्चाउनुपर्नेमा जोड दिनु भएको थियो ।
काउन्सिलका अध्यक्ष बस्नेतले काउन्सिलको सफलतामा प्रेस सेन्टर जस्ता पत्रकारका संगठनको सहयोग आवश्यक रहेको बताउनु भएको थियो । यसपटकको पत्रपत्रिकाको वर्गीकरणका विषयमा बढी गुनासो आएको उल्लेख गर्दै उहाँले त्यसमा पुनर्विचार गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो । उहाँले त्यसमा चित्त नबुझाएकाहरूबाट पुनरावलोकन निवेदन संकलन कार्य जारी रहेको बताउनु भएको थियो ।
संगठनका वरिष्ठ उपाध्यक्ष कमल गिरीको नेतृत्वमा उपाध्यक्ष लक्ष्मण खड्का, ओपेन्द्र शर्मा, दिपेन्द्र रावल र महासचिव सन्तोष पौडेललगायत करिब २० जनाको टोलीले काउन्सिलको कार्यालयमा नै पुगेर अध्यक्ष बालकृष्ण बस्नेतको ध्यानाकर्षण गराएको हो ।
साना लगानीका मिडिया र स्वरोजगार मूलक मिडियालाई टिकाउन मुख्य आधार बनेको सरकारले प्रदान गर्ने लोक कल्याणकारी विज्ञापनका लागि बनाइएको मापदण्ड पुरा गरेका पत्रपत्रिकामाथि गरिएको व्यवहार राजनीतिक पूर्वाग्रह प्रेरित देखिएको प्रेस सेन्टर नेपालको ठहर रहेको संगठनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
यसअघि प्रेस सेन्टरले प्रेस विज्ञप्ती जारी गर्दै त्यस कार्यमा अपत्ती व्यक्त गरेको थियो । विगतमा क र ख लगायत माथिल्ला वर्गमा परेका र निरन्तर सोही मापदण्ड अनुसार प्रकाशित जन पक्षीय पत्रिकालाई छानी–छानी तल्लो वर्गमा झार्ने काम भएको तथ्य देशभरबाट आइरहेका सेन्टरका महासचिव सन्तोष पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ । त्यसै गरी उस्तै मापदण्ड भएका अन्य पत्रिकालाई माथिल्लो वर्गमा राखिएका प्रमाण पनि आइरहेका विज्ञप्तीमा उल्लेख छ ।
त्यसैगरी मापदण्डमा आवश्यक कागजात र प्रमाण पेस गर्दासमेत हराएको वा अनेक बहाना बनाएर वर्गीकरणमा नपारेको र अन्य केही मापदण्ड पुरा नगरेका तथा प्रकाशन नै नभएका पत्रिकालाई समेत माथिल्लो वर्गमा पारिएका प्रमाण फेला परेका सेन्टरले जनाएको छ ।

प्रकाशित मिति २०८१ श्रावण २५, शुक्रबार २१:२१ गते
हजुरको प्रतिक्रिया