राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेलाद्वारा सल्लाहकार परिषद गठन, फोटो फिचर सहित

राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेलाद्वारा सल्लाहकार परिषद गठन, फोटो फिचर सहित

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ साउन २६ गते शनिवार ०४:४३

जिल्ला संयोजक धर्म केसीको अध्यक्षतामा भएको उक्त भेलामा स्वागत मन्तव्यका साथमा कार्यक्रमको उद्देश्यमा सहसंयोजक अशोक सापकोटाले प्रकाश पार्नु भएको थियो भने सञ्चालन निर्वाचन क्षेत्र समितिको सदस्य एवम् बेसीशहर नगरपालिका– ६ का अध्यक्ष प्रकाश थापाले गर्नु भएको थियो ।

वरिष्ठ पत्रकार नवराज पहाडी जिल्ला सल्लाहकार परिषदको संयोजक चयन

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लमजुङको जिल्ला भेलाद्वारा सल्लाहकार परिषदको तदर्थ समिति गठन गरेको छ । रास्वपाको यहाँ स्थित पार्टी कार्यालयमा भएको भेलाले वरिष्ठ पत्रकार नवराज पहाडीको संयोजकत्वमा जिल्ला सल्लाहकार समिति साउन २६ गते गठन गरेको हो ।
सो दलका जिल्ला संयोजक धर्म केसीको विशेष उपस्थितिमा भएको सो भेलाको उदघाटन उहाँले नै गर्नु भएको थियो । राष्ट्रिय गानबाट सुरु गरिएको जिल्ला भेलाको कार्यक्रममा विभिन्न पालिका तथा वडाबाट आएका पदाधिकारी तथा सदस्य एवम् शुभचिन्तकहरूले सर्वसम्मत रुपमा जिल्ला सल्लाहकार परिषद गठन गरेको हो । परिषदको जिल्ला संयोजकमा नवराज पहाडी, सहसंयोजकमा ठाकुरप्रसाद सुवेदी, सचिवमा बाबुराम अधिकारी चयन हुनु भएको छ । त्यस्तै सदस्यहरूमा लक्ष्मीप्रसाद तिमिल्सिना, माधव थापा, नन्दबहादुर गुरुङ, कुशबहादुर गुरुङ र सेतीमाया तामाङ हुनुहुन्छ । जिल्ला सल्लाहकार परिषद २१ सदस्यीयसम्म हुन सक्ने विधानमा व्यवस्था छ । तर तत्काल तदर्थ रुपमा ११ सदस्यीय बनाउने र बाँकी तीन जना सदस्य पछि पूर्ति गरिने भएको सो पार्टीका जिल्ला संयोजक धर्म केसीले जनाकारी दिनु भएको छ ।
सोही भेलाले बेसीशहर नगरपालिकास्तरीय विभिन्न विभाग समेत गठन गरेको छ । संगठन विभाग प्रमुख होमबहादुर राउत, जनसम्पर्क विभाग प्रमुख बेलबहादुर घिमिरे, महिला तथा सामाजिक सेवा विभाग प्रमुख मीना खड्का, उद्योग तथा वाणिज्य विभाग प्रमुख सविता अधिकारी बराल र अभियान तथा प्रचारप्रसार विभाग प्रमुख भरत थापा चयन हुनु भएको बेसीशहर नगर सभापति कृष्ण राउतले जानकारी दिनुभएको छ । विभागहरू सात सदस्यीय हुने र सदस्य अन्य पदाधिकारी तथा सदस्यको चयन विभाग प्रमुखले गर्न सक्ने बताइएको छ ।
उहाँका अनुसार सो भेलामा विभिन्न पालिकाबाट आएका इच्छुक प्रतिनिधिहरूलाई आ–आफ्ना जिज्ञासा, पार्टीप्रतिको धारणा तथा अनुभव व्यक्त गर्न लगाइएको थियो । भेलामा मध्यनेपाल नगरपालिकाबाट तीर्थराज पराजुली, दोर्दी गाउँपालिकाबाट विश्व अधिकारी, सुन्दरबजार नगरका संयोजक श्याम केसी लगायत आधा दर्जन बढीले आआफ्नो धारणा राख्नु भएको थियो ।
यसैबीच, महिला तथा सामाजिक सेवा विभागको उपप्रमुखमा विष्णुमाया राउत, सचिवमा भीममाया तामाङ गुरुङलाई चयन गरिएको सो विभागका प्रमुख मीना खड्काले जानकारी दिनु भएको छ ।
जिल्ला संयोजक धर्म केसीको अध्यक्षतामा भएको उक्त भेलामा स्वागत मन्तव्यका साथमा कार्यक्रमको उद्देश्यमा जिल्ला सहसंयोजक अशोक सापकोटाले प्रकाश पार्नु भएको थियो भने सञ्चालन निर्वाचन क्षेत्र समितिका सदस्य एवम् बेसीशहर नगरपालिका– ६ का वडा अध्यक्ष प्रकाश थापाले गर्नु भएको थियो ।
सहभागीहरूले राखेका प्रश्नहरूको जवाफ दिदै जिल्ला संयोजक केसीले केन्द्रीय एवम् समसामयिक राजनीति, पार्टीका राष्ट्रिय, प्रदेश र जिल्ला गतिविधिका बारेमा प्रकाश पार्दै केही कमीकमजोरीलाई आउँदा दिनमा सच्याएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रमको फोटो फिचर सहित ।

प्रकाशित मिति २०८१ श्रावण २६, शनिबार १६:४३ गते
हजुरको प्रतिक्रिया