स्व. तेजबहादुरको घरमा पुगेर रास्वपाद्वारा श्रद्धाञ्जली अर्पण

स्व. तेजबहादुरको घरमा पुगेर रास्वपाद्वारा श्रद्धाञ्जली अर्पण

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ साउन ३१ गते बिहिबार ०९:४१

रास्वपाको जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडीले स्व. अधिकारीकी ममतामयी आमा सीता अधिकारीलाई समवेदना पत्र हस्तान्तरण गर्नु भएको हो । त्यसअघि रास्वपाको सोही वडाका सभापति अर्यालले स्व. अधिकारीले जीवनीमा प्रकाश पार्दै श्रद्धाञ्जली र शोकाकुल परिवारजनामा समवेदना व्यक्त गर्नु भएको थियो ।

स्व. तेजबहादुरको २७ वर्षको अल्प उमेरमै ९ दिन अघि निधन भएको थियो ।

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बेसीशहर नगरपालिका– ९ को डिहीथोक निवासी नारायणबहादुर अधिकारीका सुपुत्र स्व. तेजबहादुरप्रति घरमै पुगेर श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ । रास्वपाले साउने ३० गते साँझ श्रद्धाञ्जली एवम् समवेदना व्यक्त गरेको हो ।
रास्वपाको सोही वडाका सभापति भागवतसिंह अर्यालको नेतृत्वमा गएको एक टोल स्व. अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनामा समवेदना व्यक्त गरेको हो । स्व. तेजबहादुरको २७ वर्षको अल्प उमेरमै ९ दिन अघि निधन भएको थियो ।
रास्वपाको जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडीले स्व. अधिकारीकी ममतामयी आमा सीता अधिकारीलाई समवेदना पत्र हस्तान्तरण गर्नु भएको थियो । त्यसअघि रास्वपाको सोही वडाका सभापति भागवतसिंह अर्यालले स्व. अधिकारीले जीवनीमा प्रकाश पार्दै श्रद्धाञ्जली र शोकाकुल परिवारजनामा समवेदना व्यक्त गर्नु भएको थियो । समवेदना पत्र पनि अर्यालले वाचन गरी सुनाउनु भएको थियो ।
स्व. अधिकारीका बुबा– आमा, एक जना भाइ र दुई बहिनी हुनुहुन्छ ।

प्रकाशित मिति २०८१ श्रावण ३१, बिहीबार ०९:४१ गते
हजुरको प्रतिक्रिया