याङ्गुन– जेल जीवन बिताइरहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान घर दोस्रोपटक लिलामीका लागि राखिएको छ । सकीलाई वर्षौंसम्म नजरबन्दमा राखेको सो घरको लिलामी साउन ३० गते निकालिएको हो ।
नोबेल पुरस्कार विजेता नोबेल पुरस्कार विजेता सुकी र उनका भाइबीच सो घरमा दसकौं लामो विवाद थियो । दुईतले घर र १ दशमलव ९ एकड जमिन बिक्रीका लागि लिलाममा राखिएको थियो । लेकसाइडस्थित सन् २०२१ को सैन्य ’कु’ पछि हिरासतमा लिइएकी सुकीद्वारा लिलामीका लागि न्यूनतम ३०० अर्ब क्याट (१४ करोड अमेरिकी डलर) तोकिएको थियो ।
मिन किनबेचको काम गर्ने एक स्थानीय दलालले मार्चमा एएफपीलाई बताएअनुसार याङ्गुन आसपासका क्षेत्रमा पनि यो जमिन र यस्तै आकारका घरको मूल्य १० देखि २० लाख अमेरिकी डलरभित्र पाइन्छ ।
लिलामीअघि म्यान्माका लागि अमेरिकी दूताबासनजिकै युनिभर्सिटी एभिन्युमा रहेको औपनिवेशिक कालको घरबाहिर पत्रकारको सानो भीड जम्मा भएको थियो ।
गेटमाथि सुकीका पिता, स्वतन्त्रताका नायक आङ सानको चित्र राखिएको छ भने घरलाई सशस्त्र प्रहरीले पहरा दिइरहेको छ । स्थानीय अदालतले ढोकामा टाँसेको सूचनामा घर, घरभित्र रहेको सम्पत्ति र जग्गा सुकीकी आमा ‘दाउ खिन की’को नाममा रहेको उल्लेख छ ।
सन् १९८८ मा तत्कालीन जुन्ताविरुद्ध भएको विशाल प्रदर्शनका क्रममा सुकीलाई गोली हानेपछि सेनाले करिब १५ वर्षसम्म घरको भत्किएको पर्खालभित्र थुनेर राखेको थियो । इंग्ल्यान्डमा आफ्ना पति र छोराछोरीबाट अलग्गिएकी सुकीले एक प्रजातन्त्रवादी नेताका रूपमा आफ्नो हैसियत बढ्दै जाँदा घरमा पियानो बजाउँदै, जासुसी उपन्यास पढ्दै र ध्यान गर्दै सो घरमा समय बिताएकी थिइन् । प्रजातन्त्र र अहिंसाको माध्यमबाट सैन्य शासनविरुद्ध लड्ने उनको भाषण सुन्न सयौं मानिस नियमित रूपमा घरबाहिरको फुटपाथमा भेला हुने गर्थे । सन् २०१० मा रिहा भएपछि पनि उनले त्यही घरमा बसी विदेशी नेता, पत्रकार र कूटनीतिज्ञहरूसँग भेटवार्ता गरेकी थिइन् ।
सन् २०१२ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले सुकीको घरको अवलोकन गरेका थिए । ओबामाले सुकीलाई ‘लोकतन्त्रको प्रतीक’को संज्ञा दिएका थिए । सुकीले सन् २०१२ मा याङ्गुन छाडेकी थिइन् र सेनासँग सत्ता साझेदारी गर्दै राजधानी न्यापित गएकी थिइन् ।
सन् २०२१ को १ फेब्रुअरीमा सेनाले पुनः सत्ता कब्जा गरेपछि उनलाई हिरासतमा लिइएको थियो र १० वर्ष लामो प्रजातन्त्रको प्रयोग अन्त्य गरेको थियो । उनको गिरफ्तारीले दक्षिणपूर्वी एसियाली राष्ट्र म्यान्मामा रक्तपातपूर्ण उथलपुथल निम्त्याएको छ भने उनको निर्वाचित सरकार लाई कू गरी सेनाप्रति बफादार (जुन्टा सरकार) ले सत्ता चलाइरहेको छ ।
प्रकाशित मिति २०८१ श्रावण ३२, शुक्रबार १०:०८ गते