प्रभावकारी रह्यो राष्ट्रिय स्वतन्त्र पार्टीको उदघोषण तालिम

प्रभावकारी रह्यो राष्ट्रिय स्वतन्त्र पार्टीको उदघोषण तालिम

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ १ गते शनिवार ०५:४०

रास्वपाको जिल्ला सल्लाहकार परिषदका संयोजक एवम् वरिष्ठ पत्रकार नवराज पहाडीले सो तालिममा प्रशिक्षकको भूमिका निभाउनु भएको थियो । उहाँले उदघोषण कलाका बारेमा सैद्धान्तिक र प्रयोगात्मक दुवै तरिकाले प्रशिक्षण दिनु भएको थियो ।

कुनै पनि कार्यक्रमलाई आकर्षक रुपमा सम्पन्न गर्नका लागि ५० प्रतिशत भूमिका उदघोषकको रहन्छ भन्ने मान्यता रहेको छ ।

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङद्वारा आयोजना गरिएको उदघोषण तालिम प्रभावकारी रुपमा सम्पन्न भएको छ । रास्वपा, लमजुङको जिल्ला सल्लाहकार परिषद र बेसीशहर नगर समितिको संयुक्त आयोजनामा बेसीशहर नगरस्तरीय सो तालिम जिल्ला स्थित पार्टी कार्यालयको सभाकक्षमा भदौ १ गते सम्पन्न भएको हो ।
रास्वपाका जिल्ला सहसंयोजक अशोक सापकोटाको विशेष उपस्थिति रहेको प्रशिक्षण कार्यक्रम सो दलका बेसीशहर नगरका समापति कृष्ण राउतको अध्यक्षतामा गरिएको थियो । आफ्नो शुभरम्भ मन्तव्यमा रास्वपाका जिल्ला सहसंयोजक अशोक सापकोटाले उदघोषण कलाको यो सीप हुन हामी प्रत्येक समितिका पदाधिकारी तथा सदस्यहरू एवम् कार्यकर्ताहरूमा जरुरी छ भन्दै यो कार्यक्रम अवश्य पनि उपलब्धि पूर्ण हुने छ भन्ने विश्वास व्यक्त गर्नु भयो ।
रास्वपाको जिल्ला सल्लाहकार परिषदका संयोजक एवम् वरिष्ठ पत्रकार नवराज पहाडीले सो तालिममा प्रशिक्षकको भूमिका निभाउनु भएको थियो । उहाँले उदघोषण कलाका बारेमा सैद्धान्तिक र प्रयोगात्मक दुवै तरिकाले प्रशिक्षण दिनु भएको थियो । तालिम सञ्चालनपूर्व उहाँले कुनै पनि विषयवस्तु सिक्नका लागि इ्रच्छा शक्तिको आवश्यकता पर्ने र इ्रच्छा शक्ति भएमा उपायहरू हजार निस्कन्छन् भन्नुभयो । उहाँले महात्मा गान्धी तथा एकलब्यको उदाहरण दिदै सिक्नका लागि नियमित अभ्यास गर्नु अर्को महत्वपूर्ण सुत्र हो भन्नुभयो ।
उहाँले सफल उदघोषकणका लागि आवश्यक पर्ने प्रारम्भिक ज्ञान, सम्बोधनको तारिकाका साथै, प्रभावकारी भाषण कलाको महत्व र उपयोगिता जस्ता विषयमा प्रकाश पार्नु भएको थियो । उहाँले कुनै पनि कार्यक्रमलाई आकर्षक रुपमा सम्पन्न गर्नका लागि ५० प्रतिशत भूमिका उदघोषकको रहन्छ भन्ने मान्यता रहेको छ, त्यसैले पनि उदघोषण कलाको के कति आवश्यकता र महत्व छ भन्ने प्रष्ट हुन्छ भन्नुभयो ।
सो प्रशिक्षण कार्यक्रमको समापनका क्रममा सो दलका गण्डकी प्रदेश सदस्य तैमाया गुरुङले बोल्नु पर्छ भन्ने थाहा थियो, आजसम्म मञ्चमा उभिने मौका पनि पाएको थिएन । जिम्मेवारी पाएपछि गर्नु पर्छ र गर्न सकिन्छ भन्ने जानकारी भयो, तालिम प्रभावकारी भएको पाएँ भन्नुभयो । उहाँले यस्तो तालिम गाउँगाउँमा लग्न आवश्यक छ भन्ने सुझाव समेत दिनु भएको थियो ।
यसैगरी, रास्वपाको नगर समितिको संगठन विभागका प्रमुख होमबहादुर राउतले हिजो वडा सदस्य हुँदा यदा कदा प्रतिनिधि बनेर बोल्ने मौका पाए पनि कार्यक्रम सञ्चालनकै अवसर मिलेको थिएन, यो कार्यक्रमले अब जुनकुनै पनि कार्यक्रम सञ्चालन गर्न सक्ने आत्म विश्वास जागृत भएको छ भन्नुभयो ।
उक्त अवसरमा रास्वपाका वडानं ८ का अध्यक्ष धु्रव ढकालले यो सीपको अति खाँचो थियो । बिना खर्च यो सीव सिक्ने अवसर दिएर जिल्ला सल्लाहकार परिषदबाट राम्रो काम भएको बताउनु भयो ।
सो दलको उद्योग वाणिज्य विभागका प्रमुख सविता अधिकारीले मञ्चमा बोल्न मन थियो तर कसरी भन्ने ज्ञान थिएन । तालिममा सिकाएको व्यवहारिक प्रयोगले आत्म विश्वास जागृत भएको छ भन्नुभयो । यसैगरी, महिला विभागका प्रमुख मीना खड्काले उदघोषण गर्दा सम्बोधनदेखि विषयवस्तुका के कसरी प्रस्तुत गर्ने भन्ने व्यवहारिक ज्ञान पाउँदा खुशी लागेको बताउनु भयो ।
वडानं ६ का उपसभापति राजकुमार राउतले कार्यक्रम यत्तिको राम्रो र उत्साहबद्र्धक होला भन्ने अनुमान गरेको थिइन, अव यस्ता कार्यक्रमलाई निरन्तर गर्नु पर्छ भन्नुभयो ।
सो कार्यक्रममा वडानं– ३ का सभापति हरिप्रसाद अधिकारी, वडानं– १ का सचिव शंकर मिश्र तथा वडानं–
११ का कार्यकारी सदस्यद्वय बुद्धराज सेढाई, रामजी जोशीले समेत तालिमले व्यवहारिक ज्ञान दिएको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति २०८१ भाद्र १, शनिबार १७:४० गते
हजुरको प्रतिक्रिया