आयो कवि मिश्रको गाईजात्रे कटुसत्य व्यङ्ग्य

आयो कवि मिश्रको गाईजात्रे कटुसत्य व्यङ्ग्य

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ ४ गते मङ्गलबार ०१:५०

प्रत्यरोपण अंगले सरकार चला छ– पात झर रुखलाई मल हाल्या छ, बन्दुकले नतर्साको– घण्टीले नै तर्सायो, ग्रहण लागेको सूर्यले सरकार चलायो, संसदमा बज्ने घण्टी भगायो भन्ने समेत आफ्नो प्रस्तुतिमा उल्लेख गर्नु भएको छ ।

‘पश्चिमेली रानीको फाइल खोल्न थालेको, रानी भाउजु बचाउन सत्ता फेरेको’

पाउँदी(लमजुङ)– लमजुङका कवि लक्ष्मीप्रसाद मिश्रले गाईजात्राको पावन अवसरमा शुभकामना सहितको गाइजात्रे व्यङ्ग्य प्रकाशमा ल्याउनु भएको छ । गाईजात्रा पर्व– २०८१ को शुभ अवसरमा उहाँले गीतिलयमा सो व्यङ्ग्य आफ्नो स्वर र शैलीमा प्रकाशमा ल्याउनु भएको हो ।
कर्मदा सिर्जना मञ्च लमजुङका उपाध्यक्ष समेत रहनु भएका कवि मिश्रले चप्पल ला’र आ’काले दरबार बनाए– भ्रष्टाचार र कमिसनले आफै गन्हाए भन्ने आफ्नो रचनामा समेट्नु भएको छ । त्यस्तै, प्रत्यरोपण अंगले सरकार चला छ– पात झर रुखलाई मल हाल्या छ, बन्दुकले नतर्साको– घण्टीले नै तर्सायो, ग्रहण लागेको सूर्यले सरकार चलायो, संसदमा बज्ने घण्टी भगायो भन्ने समेत आफ्नो प्रस्तुतिमा उल्लेख गर्नु भएको छ ।

लमजुङको सुन्दरबजार नगरपालिका– ७, पाउँदी बजारमा स्थायी बसोबास गर्नु हुने कवि आफ्नो निवृत्त जीवन क्रियाशील साहित्कयकर्मीका रुपमा बिताउँदै आउनु भएको छ ।
व्यङ्ग्य र साहित्यभावले पूर्ण छोटो सो गाईजात्रे कटुुसत्य व्यङ्ग्यमा कवि मिश्रले ‘पश्चिमेली रानीको फाइल खोल्न थालेको, रानी भाउजु बचाउन सत्ता फेरेको’ भन्दै विद्यमान सत्ता समिकरणको गुह्य समेट सटिक रुपमा खोलिदिनु भएको छ । सो व्यङ्ग्य गीत कविको फेसबुक पेजमा उहाँकै स्वर र शैलीमा सुन्न सकिन्छ ।

प्रकाशित मिति २०८१ भाद्र ४, मंगलवार १३:५० गते
हजुरको प्रतिक्रिया