लमजुङ समाज पोर्तुगलको चौथो अधिवेशन र तीज कार्यक्रम एकसाथ सम्पन्न

लमजुङ समाज पोर्तुगलको चौथो अधिवेशन र तीज कार्यक्रम एकसाथ सम्पन्न

विश्वविनोद

@antaranganews

२०८१ भदौ ११ गते मङ्गलबार ०२:२७

सो अवसरमा राष्ट्रिय कलाकार मिलन लामा तथा स्थानीय कलाकार सूर्यमान गुरुङ र अनु गुरुङको एकल प्रस्तुति तथा मिलन र अनुको दोहोरी समेत निकै जमेको थियो ।

समाजको २१ सदस्यीय समितिको अध्यक्षमा गम्भीरजंग गुरुङ तथा अन्तरङ्ग न्यूज डटकमका सम्पादक एवम् साप्ताहिकका स्तम्भकार विश्वविनोद सहसचिव चयन

लिस्बन(पोर्तुगल)– लमजुङ समाज पोर्तुगलको चौथो अधिवेशनको घोषणा सभा तथा तीज कार्यक्रम एकसाथ भएको छ । गैह्र आवासीय नेपाली संघ पोर्चुगलका पूर्वअध्यक्ष तथा पूर्वपर्यटनदूत रमेश कुमार गुरुङको प्रमुख आतिथ्यता भदौ ९ गते सम्पन्न भएको हो ।

नेपाली हिन्दू नारीहरूको विशेष पर्व हरितालिका तीजको पुनीत अवसरमा आयोजित अधिवेशन सहितका कार्यक्रममा विभिन्न सांगीति प्रस्तुति बीच मनोरञ्जनात्मक रुपमा सम्पन्न भएको हो । प्रमुख अतिथि, विशिष्ट अतिथि र सभाध्यक्षबाट संयुक्त रुपमा दीप प्रज्वलित गरी उदघाटन गरिएको उक्त कार्यक्रममा तीज विशेष कार्यक्रमको केक काट्ने काम पनि गरिएको थियो ।
गुरुङले आफ्नो प्रमुख आतिथ्यता मन्तव्य व्यक्त गर्र्दै पोर्तुगलमा राजदूत सेवा नहुँदा कन्सुलर सेवा बन्द भएकोप्रति गुनासो गर्नु भयो । उहाँले वाणिज्य दूतको अभावमा त्यो काम समेत यो समाजले गरिआएको र गत महिनामात्र पाँच हजार तीन सयलाई त्यस्तो सेवा दिएको जानकारी दिनुभयो ।
यसैगरी, नेप्लिज वुमन एसोसिएसन अध्यक्ष तथा NRNA ICC शान्ति अर्याल अधिकारीले शुभकामना मन्तव्यका क्रममा महिलाहरू देश विदेश जहाँ पनि सुरक्षित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले समाजले नेपाली संस्कृतिको संरक्षणमा खेलेको भूमिकाको मुक्त कण्ठले प्रशंसा गर्नु भएको थियो ।
विशेष अतिथि पूर्व अध्यक्ष उमेशकुमार खड्का, विशेषअतिथि राजकुमार थापा सदस्य NRNA ICC, विनु वस्नेत सदस्यहरू NRNA ICC विशेष अतिथि चोपकुमार मगर, अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगल तथा अतिथिहरू युवराज पन्थी जनसम्पर्क समिति सभापति, दिपक खत्री अध्यक्ष प्रवासी नेपाली मञ्च, गोविन्द बुढाथोकी महासचिव तथा अध्यक्ष प्रतिनिधी नेपाली जन प्रगतिशील मञ्च, पोर्तुगलका अध्यक्ष नेपाली समाज कुमार योञ्जन लगायतले आ–आफ्ना धारणा सहित शुभकामना व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा राष्ट्रिय कलाकार मिलन लामा तथा स्थानीय कलाकार सूर्यमान गुरुङ र अनु गुरुङको एकल प्रस्तुति तथा मिलन र अनुको दोहोरी समेत निकै जमेको थियो ।
लमजुङ्ग समाज पोर्तुगलको नवनिर्वाचित पदाधिकारीहरू :
चौथो अधिवेशनबाट सर्वसम्मत छनोट हुनु भएका कार्यसमितिका पदाधिकारीहरूमा २१ सदस्यीय समितिको अध्यक्षमा गम्भीरजंग गुरुङ चयन हुनुभएको छ । वरिष्ठ उपाध्यक्ष देवी घिमिरे, उपाध्यक्ष त्रयमा कुमार घले, समीर गुरुङ र सुरेश कुँवर, सचिव सुधीर भट्ट, कोषाध्यक्ष  लक्ष्मी गुरुङ, सहसचिव विश्वविनोद घिमिरे, सहकोषाध्यक्ष हरी गुरुङ चयन हुनु भएको लमजुङ समाजको चौथो अधिवेशन निर्वाचन समितिका संयोजक संतोषबहादुर क्षेत्रीले घोषणा गर्नु भएको हो । सहसचिवमा निर्वाचित विश्वविनोद अन्तरङ्ग न्यूज डटकमका सम्पादक तथा अन्तरङ्ग साप्ताहिकका स्तम्भकार हुनुहुन्छ ।
निर्वाचन समितिका संयोजक क्षेत्रीका अनुसार समाजको युवा तथा खेलकुद संयोजक चोकप्रसाद गुरुङ, संस्कृतिक संयोजक सूर्यमान गुरुङ चयन हुनु भएको छ ।
सो समितिको नवनिर्वाचित सदस्यहरूमा काशी तामाङ, मीन गुरुङ, राज गुरुङ, शोभित पोख्रेल, सुरज गुरुङ, हरी अधिकारी, संकल्प गुरुङ, बबिता तामाङ, धनबहादुर तमाङ र सपना रानाभाट हुनुहुन्छ निर्वाचन संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।
यसैगरी, सल्लाहकार समितिका संयोजकका सफल व्यवसायीको रुपमा पहिचान बनाउन सफल हुनु भएका व्यक्तित्व गुमानसिंह कार्की चयन भएको छ भने सदस्यहरूमा लोकेन्द्र गुरुङ, संतोषबहादुर क्षेत्री, लक्षिन घले, कुमरास गुरुङ, बौद्धप्रसाद गुरुङ, राजकुमार गुरुङ, विवस दवाडी, विकास, सौगात विष्ट र किरण गुरुङ रहनु भएको छ ।
लमजुङ समाजका अध्यक्ष गम्भीरजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समाजका उपाध्यक्ष देवी घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने सञ्चालन विश्वविनोद घिमिरेले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ भाद्र ११, मंगलवार १४:२७ गते
हजुरको प्रतिक्रिया