राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेलाको तयारी तिब्र, १४ उपसमिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेलाको तयारी तिब्र, १४ उपसमिति गठन

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ १२ गते बुधबार ०८:०९

पहिलो पटक आयोजना गरिएको सो भेलामा देशभरबाट करिब १३ सय प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ ।

रास्वपाको पहिलो राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौंमा हुने भएको छ ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेलाको तयारी तिब्र पारेको छ । राष्ट्रिय भेला व्यवस्थापनका लागि विभिन्न १४ वटा उपसमिति भदौ ११ गते गठन गरेको हो ।
सो दिनको केन्द्रीय समिति बैठकले प्रतिनिधि, रजिष्ट्रेसन व्यवस्थापन उपसमिति, श्रोत व्यवस्थापन उपसमिति, यातायात तथा आवास उपसमिति, सुरक्षा तथा कानुन उपसमिति, स्वयंसेवक व्यवस्थापन उपसमिति, अडियो भिजुअल व्यवस्थापन उपसमिति, क्याटरिङ व्यवस्थापन उपसमिति गठन गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले बताउन्ु भयो । उहाँका अनुसार स्वास्थ्य क्लिनिक व्यवस्थापन उपसमिति, बुथ व्यवस्थापन उपसमिति, साँस्कृतिक कार्यक्रम तयारी उपसमिति, मिडिया संयोजन उपसमिति, दस्तावेजसम्बन्धी उपसमिति, आइटी व्यवस्थापन उपसमिति, राष्ट्रिय भेला ब्राण्डिङ उपसमिति बनाउने निर्णय बैठकले गरेको छ ।
उहाँले भन्नुभयो, ‘पार्टीले तयार गरेको स्थानीय छाया सरकार सञ्चालन कार्यविधि २०८१ को मस्यौदा केन्द्रीय समितिमा प्रस्तुत गरिएको र त्यसउपर थप सुझाव लिने निर्णय भएको छ ।’
रास्वपा राष्ट्रिय महाधिवेशन पछि देशको शक्तिशाली पार्टी योजनामा रहेको छ । पहिलो पटक आयोजना गरिएको सो भेलामा देशभरबाट करिब १३ सय प्रतिनिधि सहभागी हुने रास्वपाले जनाएको छ ।
रास्वपाको पहिलो राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौंमा हुने भएको छ ।
त्यस्तै, पहिलो महासधिवेशन आउँदो बैशाखको तेस्रो सातामा गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।
यसैबीच, पार्टीको विधानको धारा ५६(३) बमोजिम पार्टी सदस्य डा. मुकुल ढकालको साधारण सदस्यता खारेजी गर्ने निर्णय गरेको पनि झाले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०८१ भाद्र १२, बुधबार २०:०९ गते
हजुरको प्रतिक्रिया