सुन्दरबजार सामुदायिक सिकाई केन्द्रको ११ औं बार्षिक साधरण सभा सम्पन्न

सुन्दरबजार सामुदायिक सिकाई केन्द्रको ११ औं बार्षिक साधरण सभा सम्पन्न

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ १२ गते बुधबार १०:२७

सो सिकाई केन्द्र २०६८ मा स्थापना गरी संस्थाको क्षमता र विविध क्षेत्रको सहयोग लिएर महिलाहरूको सीप विकासका लागि तालिम लगायतका कार्य गरिआएको छ ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका सिकाई केन्द्रका अध्यक्ष रामकृष्ण भण्डारीले बार्षिक प्रगती प्रतिवेदन पेश गर्नु भएको थियो ।

सुन्दरबजार– लमजुङको यहाँ स्थित सुन्दरबजार सामुदायिक सिकाई केन्द्रको ११ औं बार्षिक साधरण सभा सम्पन्न भएको छ । सो सभा भदौ १२ गते सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि रहनु भएको सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले सामुदायिक केन्द्रको स्वरुपमा परिवर्तन गरी व्यवहारिक शिक्षामा ध्यान दिनु पर्ने बताउदै आफू केन्द्र प्रति सदैव सकारात्मक रहेको बताउनु भयो ।
कार्यक्रमका बिशेष अतिथि सुन्दरबजार नगरपालिका– ६ का वडा अध्यक्ष दिनेशबाबु कोइरालाले सिकाइ केन्द्रबाट आफूले जानेका सीप ज्ञान आफैले फैलाउनु पर्नेमा बताउनु भयो ।
कार्र्यक्रमको अध्यक्षता गर्नु भएका सिकाई केन्द्रका अध्यक्ष रामकृष्ण भण्डारीले बार्षिक प्रगती प्रतिवेदन पेश गर्नु भएको थियो । सो सभामा केन्द्रका संस्थापक अध्यक्ष राधादेवी श्रेष्ठले महिलाहरूलाई आय आर्जन वृद्धि गरी जीवनस्तर वृद्धिमा सुधारमा केन्द्र लाग्नु पर्ने सुझाब दिनु भयो । उहाँले सो संस्था २०६८ मा स्थापना गरी संस्थाको क्षमता र विविध क्षेत्रको सहयोग लिएर महिलाहरूको सीप विकासका लागि तालिम लगायतका कार्य गरिआएको जानकारी दिनु भयो ।
सो सभामा आदर्श बाल माविका प्रधानाध्यापक नवराज केसी, सुन्दरबजार अस्पतालका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, केन्द्रका सदस्यहरू स्यामका घिमिरे, सावित्री खडका लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
संस्थाका उपाध्यक्ष प्रभा काफ्ले रेग्मीले स्वागत गर्नु भएको साधरण सभाको सञ्चालन गर्नुका साथै केन्द्रका सचिव रश्मी पौडेलले संस्थाको आयव्यय समेत प्रस्तुत गर्नु भएको थियोे ।

प्रकाशित मिति २०८१ भाद्र १२, बुधबार २२:२७ गते
हजुरको प्रतिक्रिया