रास्वपालाई मुलुकको एक नंबर पार्टी बनाउँछु : रास्वपा सभापति रवि

रास्वपालाई मुलुकको एक नंबर पार्टी बनाउँछु : रास्वपा सभापति रवि

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ भदौ २५ गते मङ्गलबार ०९:२६

पूर्वउपप्रधान तथा गृहमन्त्री रमेत रहनु भएका रवि लामिछानेले वर्तमान सत्ता गठबन्धन वास्तविक रुपमा सुशासन, संविधान संशोधन, स्थिरता आदि जेजेका लागिथ भन्ने संज्ञा दिइए पनि त्यस्तो हुने अवस्था देखिदैन । अन्यथा, अनुसन्धानमा खटिएका प्रहरी अघिकृतलाई साता दिन नवित्दै सरुवा गरिने थिएन उहाँले उल्लेख गर्नु भयो ।

दुई कार्यकालमा मुलुकको १ नंबर पार्टी बनाउने रास्वपा सभापति रविको उदघोष

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का समापति रवि लामेछानेले शान्तिपूर्ण आन्दोलनबाट नेपालको राजकीय सत्ता परिवर्तन हुने ठोकुवा गर्नु भएको छ । उहाँले गण्डकी प्रदेशस्तरी पार्टीको विस्तारित वैठकको उदघाटन गर्दै भदौ २५ गते त्यस्तो बताउनु भएको हो ।
सो बैठकको पार्टीका सभापति रविले घण्टी बजाएर उदघाटन गर्नु भएको हो । आफ्नो उदघाटन सम्बोधनका क्रममा उहाँले आफ्नो पार्टी अहिंसा, शान्ति र सदभावमा विश्वास राख्छ, हामी बिना रक्तपात मतपत्रको माध्यमद्वारा २०८४ मा त्यो परिवर्तन गरेर देखाउने अभियानमा छौं र त्यो अवश्य पुरा हुने छ भन्ने दृढता व्यक्त गर्नु भयो । आफ्नो त्यो अभियान वा आन्दोलनमा रक्तपात नहुने, कुनै पनि बालबालिका टुहुरो नहुने, कुनै दिदी बहिनीको सिंउदो नपुछिने, कोही घाइते, अपाङ्ग वा वेपत्ता हुने छैन हामी त्यसको तयारीमा छौं उहाँले भन्नुभयो । त्यसका लागि आफूले दुई कार्यकालमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई मुलुकको एक नंबर पार्टी बनाउने संकल्प दिएको र त्यो प्रतिवद्धता यहाँ फेरि दोहर्याउन चाहन्छु कार्यकर्ताहरुको गडगडाहट तालीका बीच प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
उहाँले अबको तीन वर्ष जाँगर चलाउन कार्यकर्तालाई निर्देशन दिदै ०८४ को युद्ध जित्नु पर्ने उल्लेख गर्नु भयो । त्यसको संकेत ०७९ सालको निर्वाचनले दिइसकेको दावी गर्दै उहाँले विरोधीहरुले चलाएको हल्लाका पछि नलाग्न कार्यकर्तालाई आग्रह गर्नु भयो । कतिपयले युद्ध शुरु नहुँदै रास्वपाले हारिसकेको प्रचार गर्न थालेका छन् तर जसले त्यस्तो हल्ला गरेका छन् उनीहरुनै पत्तासाफ हुनेछन् त्यसैले हिम्मतका साथ अघि बढ्न सबैमा आग्रह गर्दछु भन्नुभयो ।
पूर्वउपप्रधान तथा गृहमन्त्री रमेत रहनु भएका रवि लामिछानेले वर्तमान सत्ता गठबन्धन वास्तविक रुपमा सुशासन, संविधान संशोधन, स्थिरता आदि जे जेका लागि भन्ने संज्ञा दिइए पनि त्यस्तो हुने अवस्था देखिदैन । अन्यथा, अनुसन्धानमा खटिएका प्रहरी अघिकृतलाई साता दिन नवित्दै सरुवा गरिने थिएन उहाँले उल्लेख गर्नु भयो । बरु यो सरकार सयौं बालबालिकाको उद्दार गरेर तिनीहरुका समेत आमा बनेकी एक चेलीलाई पद मुक्त गर्न र महाअभियोग लगाउने समेतको गृहकार्यमा लागेको सुन्नमा आएको छ, त्यसो भयो भने त्यो कार्य वर्तमान सत्तासिन दलहरुका लागि निकै महंगो हुनेछ र त्यो आँसुको मूल्य निकै महंगो पर्ने छ हेका रहोस् चेतावनीपूर्ण शैलीमा रविले भन्नुभयो ।
उहाँले केही तथाकथित सहकारी पीडितले सो बैठक सुरु हुनु पूर्व गरेको विरोध प्रदर्शनप्रति संकेत गर्दै पार्टीको राष्ट्रिय भेला पछि आफू पीडितको घरघरमा पुग्ने बताउँदै हामीलाई विना आधार प्रमाण दुई महिनासम्म संसद अबरुद्ध गर्नेदेखि प्रमाण छ हामीसँग भनियो तर आजका दिनसम्म त्यो देखाइएको पनि छैन भने तिनका पार्टीको उपसभापतिले १५ करोड खाएको त प्रमाणित नै भइसकेको छ भने त्यसबारेमा उनीहरु किन मौन छन् ? भन्ने प्रति प्रश्न समेत गर्नु भयो ।
आफ्नो बचाउ गर्दै रास्वपाका सभापति लामिछानेले कसैले नाम टागिदिएको भरमा कोही सहकारीको ऋणी हुन सक्छ ? भन्ने प्रश्न गर्दै ऋण लिनका लागि उसले ल्याप्चे सहितको निवेदन, नागरिकता, केका लागि ऋण लिन लागेको हो त्यसको स्किम पेश गरेको, घितो राखेको, ल्याप्चे सहितको तमसुक सही गरेको आदि चाहिने होला नि ? भन्दै आफ्ना त्यस्ता कुनै कुरा कुनै पनि सहकारीमा नभएको प्रष्टोक्ति दिनु भयो । सहकारी आन्दोलनकारीलाई संकेत गर्दै थप भन्नुभयो, ‘मिडिया लाइभ गर्नका लागि र आम्ने साम्ने भएर कुरा गर्न आउनु होस् म सदैव तयार छु ।’ समाचारको खेती गर्नेहरुले छानविन समितिका सभापतिले भनेको भन्दै नभनेको कुरालाई हेडिङ बनाएर विहान छापेर साँझ कुनामा खण्डन हिजोमात्रै छापिएको पनि तपाईहरुले देखेको हुनुपर्छ उहाँले स्मरण गराउनु भयो ।
सो अवसरमा सहभागी हुन आएका कार्यकर्ताहरुले राखेका प्रश्नको जवाफ दिदै पार्टीलाई नीतिगत रुपमा के कसरी बलियो बनाउन सकिन्छ भन्ने आजको माग र आफ्नो चाहना भएको उल्लेख गर्दै ससाना व्यक्तिगत मनोमालिन्यका कुरामा बहकिने छु्ट रास्वपालाई छैन उहाँले भन्नुभयो । राष्ट्रिय भेलामा पेश हुने विधान र विभिन्न छ प्रकारका पार्टीका दस्तावेज तथा पार्टी संरचनाहरूका लागि प्राप्त सुझावहरू ग्राह्य हुने उहाँको भनाइ थियो ।
उहाँले आफूलाई किस्तिमा राखेर ल्याएर दिएको प्रधानमन्त्रीको पद ऐले केपि बाले खाएको स्मरण गर्दै कुनै बिचौलियाको घरमा बसेर मध्यरातमा दस्तखत गर्न तयार भएको भए सरकारबाट बाहिरिनु पर्दैनथ्यो भन्दै उहाँले तपाईको सभापतिले नेपाल आमा र तपाईहरुको शिर झुक्ने गरी कुनै काम गरेको छैन र गर्ने छैन ढुक्क हुनुहोस् भन्नुभयो ।
सो पार्टीका कावा प्रवक्ता एवम् सांसद मनिष झाले कार्यकर्ताहरूलाई राजनीतिमा अवश्य पनि वर्तमान निरासालाई चिरेर परिवर्तनका लागि लाग्नु भएको हो र राष्ट्रिय स्वतन्त्र पार्टीले त्यो काम गर्न सक्छ भन्ने विश्वास भएर नै यो पार्टीमा लाग्नु भएको हुनुपर्छ भने किन निरासा र द्विविधाका कुरा गर्नु हुन्छ ? भन्ने प्रश्न राख्नु भयो । उहाँले भाषणले देश बन्ने भए ३४ वर्षमा कति भाषण सु्ुन्नुभयो किन देश बनेन ? भन्ने प्रश्न गर्दै अब त्यो ऐतिहासिक जिम्मेवारी रास्वपाले लिने गरी तयारी हुनका लाग आह्वान गर्दछु भन्ने उल्लेख गर्नु भयो । उहाँले महिला न्यायमूर्ति सुशीला कार्कीलाई शेरबहादुर देउवा आदिले लगाउन खोजेको महाअभियोगका कारण त्यो पछिका चुनावमा काँग्रेस ओह्रालो लागि रहेको र थप ओह्रालो लाग्ने दिन चलिरहेको समेत उल्लेख गर्नु भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश सभापति राजन गौतमको सभापतित्वमा भएको उक्त बैठकमा सांसद तथा केन्द्रीय सदस्य शिव नेपालीले पनि शुभकामना मन्तव्य राख्दै पार्टीका सभापति व्यक्तिबाट संस्थामा परिणत भएको उल्लेख गर्नु भएको थियो । सो दलका प्रदेश उपसभापति मीना शर्मा आचार्यले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन महामन्त्री नवीन त्रिपाठीले गर्नु भएका थियो ।

सो अवसरमा भानु नगरका सभापतिले पार्टीका सभापति रविलाई भानुभक्त आचार्यलाई सम्झाउने बिर्खे टोपी पहिराउनु भई सम्मान गर्नु भएको थियोे ।
राष्ट्रिय स्वतन्त्र पार्टीको आउँदो असोज १ र २ गते काठमाडौंमा हुने राष्ट्रिय भेलाका लागि विधान र दस्तावेजका लागि आवश्यक सुझाव संकलन गर्नका आयोजित गण्डकी प्रदेशस्तरको सो विस्तारित बैठक हो । सो बैठकमा गण्डकी प्रदेशको १० जिल्लाका करिब १५ सय
नेता तथा कार्यकर्ताको सहभागिता रहेको सो दलको प्रदेश समितिले जनाएको छ ।

प्रकाशित मिति २०८१ भाद्र २५, मंगलवार २१:२६ गते
हजुरको प्रतिक्रिया