पाउँदी(लमजुङ)– तनहुँको आबुखैरेनी नारीघाटमा बस र मोटरसाईकल दुर्घट्नामा पेका छन् । बस र मोटरसाईकलाई ठक्कर दिदा भदौ २६ गते एक युवकको निधन भएको छ । उनी आबुखैरेनी नगरपालिका– २ बस्ने २७ बर्षीय आस्विन सुनार भएको प्रहरी भनाइ छ ।
काठमाडौबाट लमजुङको दुराँडाडा आउँदै गरेको ग १ ख ७१४५ नम्बरको बसले नारिघाटबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा २१ प २४५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुबेदीले बताउनु भयो । उहाँका अनुसार दिउँसो २ बजेर १५ मिनेट जाँदाको समयमा बसले मोटरसाईकललाई ठक्कर दिएको हो ।
उहाँले भन्नुभयो, ‘सोही अवस्थामा पछाडिबाट आएको बि ए बि ४६५० नम्बरको कार अनियन्त्रित भई बसमा ठोक्किन पुगेको हो ।’ सो घटना लगत्तै घाइते मोटरसाईकल चालकलाई स्थानीय आबुखैरेनी अस्पतालमा उपचारका लागि पुर्याईएको थियो । तर चिकित्सकको टोलीले साढे २ बजे उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक सुबेदीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मृतक मोटरसाइकल चालक आबुखैरेनी नगरपालिका– २ बस्ने २७ बर्षीय आस्विन भन्ने ईश्वर सुनार हुन् ।’ दुर्घटनामा परेका सवारी साधनहरू र तिनका चालकलाई प्रहिले नियन्त्रणमा लिएको जनाएको छ । सो बसमा यात्रा गरिरहेका २० जना यात्रुहरूको अवस्था सामान्य रहेको हुँदा उनीहरूलाई अर्को सवारीबाट आ–आफ्नो गन्तब्यमा जानका अनुरोध गरी पठाएको प्रहरी निरीक्षक सुबेदीले उल्लेख गर्नु भएको छ ।
उहाँका अनुसार दुर्घटनाको प्रकृती अनुसार सावारी साधनहरूको गति बढी भएको प्रारम्भिक अनुमान रहेको छ । सो बारेमा थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक सुबेदीले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०८१ भाद्र २६, बुधबार १७:५३ गते